यसवर्ष दशैं हिलै हुने, टीकाको भोलिपल्टदेखि भारी वर्षा

१३ असोज ८२, मंगलबार

१४ असोज , काठमाण्डौ ।

देशका विभिन्न भागमा अझै पनि प्रचण्ड गर्मी रहँदा केही दिनपछि भने राहत मिल्ने सम्भावना मौसमविद्हरुले देखाएका छन् । किनभने यो वर्षको मनसुन बाहिरिने क्रम तत्काललाई रोकिएको छ ।

मनसुन बाहिरिँदै भारतको उत्तराखण्ड, उत्तर प्रदेशसम्म आइपुगेको छ । अब भने कम्तीमा एक साता मनसुन बाहिरिन रोकिने सम्भावना उच्च रहेको जलवायुविज्ञले बताएका छन् ।

अर्थात्, समुद्रमा उत्पन्न नयाँ प्रणालीका कारण मनसुन बाहिरिने क्रम रोकिएको हो । यो कुरा भारत मौसम विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख्य गरेको छ ।

समुद्रमा उत्पन्न त्यही नयाँ प्रणालीका कारण बडादसैँ टीकाको भोलिपल्ट (असोज १७)देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको हो ।

असोज १८ देखि असोज २१ सम्म नेपालमा पनि (वर्षा गराउने प्रणाली) सक्रिय हुने सम्भावना रहेको मौसदविद्ले बताएका छन् । भारत मौसम विभागले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरेको छ ।

“विभिन्न मोडेलको सूक्ष्म अध्ययन गर्दा नेपालमा भने असोजको १७ गते रातिदेखि कोसी प्रदेशबाट वर्षा प्रवेश गरी असोज १९–२० सम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखाउँछ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले उक्त अवधिमा भारी वर्षाको सम्भावना औँल्याएका छन् ।

“अहिलेको फोरकास्ट (पूर्वानुमान) हेर्दा अक्टोबर ४ देखि अक्टोबर ७ (असोज १८–२१)सम्म भारी वर्षाको सम्भावना देखाएको छ,” उनले फेसबुकमा लेखेका छन्, “ प्रार्थना गरौँ, यो फोरकास्ट नमिलोस् ।”

पोहर साल असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेको उनले बताएका हुन् । हाल तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनले स्पष्ट पारेका छन् ।

उनले यसअघि पनि यस्तो सम्भावना औँल्याएका थिए । “भोलि (असोज १५)देखि वर्षा हल्का÷मध्यम हुँदै बिहीबार (असोज १६) रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ,” उनले लेखेका छन् ।

उनले बडादसैँको टीकापछि यात्रा गर्दा विशेष ध्यान दिन सचेत गराएका छन् । भारी वर्षा तीन–चार दिनसम्म हुने देखिएको उनले जनाएका छन् । हिले दसैँ हुने उनको भनाइ छ ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशमा ठूलो पानी परेको थियो । कतिपय स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएको थियो । काठमाडौंसहित धेरै स्थानमा बाढीपहिरोबाट ठूलो क्षति भएको थियो ।

आज विहान पनि सूदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम बर्षा भएको छ । आज सबै प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ ।

यसैगरी बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन÷चट्याङ सहितमध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top