NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

शुक्रबार अशोज १७ , २०८२
Reading Time: 1 min read
A A
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असोज , काठमाण्डौ ।

जेनजी आन्दोलनका कारण प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएपछि केही व्यक्ति र समूह नयाँ दल दर्ताको गृहकार्यमा लागेका छन् ।

काँग्रेस, एमाले, माओवादी केन्द्र जस्ता ठूला र पुराना पार्टीप्रति नागरिकमा चर्को आक्रोश रहेका बेला नयाँ पार्टी गठनको होड सुरु भएको हो ।

LS Auto

केही चर्चित व्यक्ति तथा विभिन्न राजनीतिक दलबाट राजीनामा दिएका नेताहरुले समेत जेनजीका मुद्या समेट्ने भन्दै नयाँ दल दर्ताको गृहकार्यमा जुटेका छन् ।

अहिले दैनिक ३, ४ वटा समूहले नयाँ दल दर्ताका लागि आयोगमा पुगेर प्रक्रियाबारे जानकारी लिने काम गरिरहेका छन् । यसबीच धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

असोज ७ गते नै ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका हुन् । उनले चुनाव चिन्ह–माटो मागेका छन् । हर्कले आफ्नो पार्टीमा अभियन्ता पुण्य गौतमलाई पनि आबद्ध गराउने बताएका छन् ।

साम्पाङले सामाजिक सञ्जालमार्फत गौतमलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् । तर यस विषयमा गौतमको प्रतिक्रिया आइसकेको छैन ।

साम्पाङले जेन–जी आन्दोलनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी खोल्ने आशय दिइरहेका थिए । तर, आन्दोलनपछि दुवै जनाको सम्बन्ध बिग्रिएको छ ।

यसबीच बालेन साहमाथि पनि जेनजीको भावनालाई समेटेर दल दर्र्ताका लागि दबाब बढिरहेको छ । जेनजीले अन्तरिम सरकारमा बालेनलाई नै प्रधानमन्त्री बन्न अफर गरेका थिए ।

तर बालेनले अस्वीकार गरे । बालेनले अब नयाँ दल गठन गर्ने धेरैको अनुमान छ । यता अहिले सरकारमा रहेर तीन वटा मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङको पनि नयाँ दलको चर्चा चुलिएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको उज्यालो नेपाल पार्टी (उनेपा)ले मन्त्री घिसिङसँग छलफल गरिरहेको खुलेको छ ।

हाल उनेपाका अध्यक्ष रहेका ज्ञानेन्द्र कुमार तामाङले आफूहरू पार्टी विस्तारको क्रममा रहेकाले मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्न लागिएको बताएका छन् ।

‘कसरी, कुन तरिकाले जाने ? कसरी नयाँ सदस्यलाई समेट्ने भनेर छलफल चलिराखेको छ’ अध्यक्ष तामाङले भने, यही क्रममा मन्त्री कुलमान घिसिङ लगायतसँग छलफल गर्ने तय भएको उनले बताए ।

तामाङमाले भोली शनिबार साँझ ७ बजेदेखि ९ बजेसम्म भर्चुअल रुपमा छलफल गर्ने तय भएको पनि जानकारी दिए । त्यसमा उनेपाका पदाधिकारीहरू र कुलमानसहित कुलमानका तर्फबाट अन्य केही सदस्यहरू र विज्ञहरू सहभागी रहने अध्यक्ष तामाङले जानकारी दिए ।

उनका अनुसार दल निर्माणका लागि देश÷विदेशमा रहेका विज्ञहरूसँग छलफल चलिरहेको छ । यसक्रममा कुलमान घिसिङको समेत उपस्थितिमा ‘जुम मिटिङ’ गर्न लागिएको हो ।

छलफलमा पार्टीको घोषणापत्रको मस्यौदाका सम्बन्धमा समेत छलफल हुने अध्यक्ष तामाङले बताए । उनका अनुसार उज्यालो नेपाल अभियान, पार्टीको अवधारणा पत्रको पहिलो ड्राफ्ट तयार भएको छ ।

छलफलका क्रममा आएका सुझाव समेट्दै संशोधन, व्याख्या एवं पार्टीका एजेन्डा र कार्यक्रमहरू थप्दै जाने तयारी छ । उनेपाको अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन् ।

यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को कार्यालय सदस्य थिए । पछि उनले गत साउन ३१ गते विज्ञप्ति जारी गरी आम जनता पार्टी परित्याग गरेको र ‘उज्यालो नेपाल अभियान’ गठन गरेको घोषणा गरेका थिए ।

यस्तै केही समयअघि मध्यपूर्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुसँग भेटघाट गरेका कुलमान त्यहाँबाट फर्किएर अमेरिका पुगेका थिए ।

करिब २ सातामा अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गरेपछि उनी इंग्ल्याण्ड, स्कटल्याण्ड, पोर्चुगललगायतका युरोपेली देश पुगेका थिए ।

उनी विदेशमा रहेका नेपालीहरुसँग आफूले पार्टी खोल्न उपयुक्त हुन्छ कि हुँदैन र पार्टी खोलेमा उनीहरुको सहयोगका लागि सुझाव माग्न त्यहाँ पुगेका थिए ।

सो क्रममा धेरैले उनलाई अरु पार्टीमा नलागी आफै पार्टी खोल्न सुझाव दिएका थिए । नेपाललाई लोडसेडिङमुक्त गराएको श्रेय पाएर ‘उज्यालोको नायक’को बिम्ब बनाएका घिसिङ नयाँ पार्टी निर्माणको लाागि मतदाताहरुको मनोविज्ञान बुझ्न ‘उज्यालो नेपाल’ नामक अभियान लिएर यात्रामा निस्किएका थिए ।

घिसिङ देश तथा विदेशमा रहेका नेपालीहरुको सकरात्मक प्रतिक्रियाले उत्साहित छन् । ‘उज्यालो नेपाल’ अभियान नामक विभिन्न वडा कमिटीहरु पनि धमाधम निर्माण भइरहेको छन् ।

काठमाडौं लगायत मुलुकका विभिन्न शहरमा गरेर चार दर्जन बढी वडा कमिटीहरु निर्माण भइसकेको छ । कुलमानले पनि यसअघि डा. सन्दुक रुइत, महावीर पुन, बालेन, हर्क साम्पाङदेखि डा. मुकुल ढकाललगायतका व्यक्तिहरुसँग पटक पटक छलफल गरेका थिए ।

रुइत र पुनले आफूहरु पार्टीमा नलाग्ने तर आवश्यक परे आन्तरिक रुपमा सहयोग गर्न तयार रहेको आश्वासन दिएका छन् । आफै पार्टी खोल्ने प्रयासमा लागेका बालेन र हर्कले भने आफ्नै नेतृत्वमा आउन कुलमानलाई प्रस्ताव गरेको बताइएको छ ।

यता, आफै पार्टी खोल्ने सोँचमा पुगेका कुलमानलाई यसअघि रुपन्देही ३ को उप निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भइ दिन माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पटक पटक प्रस्ताव गरेका थिए ।

तर कुलमानले पनि निधो दिएका थिएनन् र अब परिस्थिति पनि बदलिसकेको छ, फागुन २१ म प्रतिनिधि सभाको चुनावको मिति तय भइसकेको छ ।

जसमा नयाँ दल मात्रै होइन त्यसको नेतृत्व नै आफूले लिने गरी कुलमान घिसिङले तयारी गरिरहेको बुझिएको छ ।

Tags: #उज्यालो नेपाल पार्टी हाक्ने तयारीमा कुलमान !#कुलमानका पदाधिकारी को–को ?

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.