NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’ शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी शुक्रबार अशोज १७ , २०८२
टी–२० विश्वकप छनोटका लागि १५ सदस्यीय टोली घोषणा शुक्रबार अशोज १७ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्रीले खुलाइन् जेन–जी पुस्ताको ज्यान जानुको कारण

शुक्रबार अशोज १७ , २०८२
Reading Time: 1 min read
A A
प्रधानमन्त्रीले खुलाइन् जेन–जी पुस्ताको ज्यान जानुको कारण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ असोज , काठमाण्डौ ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेनजी पुस्ताका युवाहरुको ज्यान जानुको कारण खुलाएकी छन् ।

उनका अनुसार तत्कालिन सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी युवाहरूको ज्यान गएको हो । शुक्रबार बडादशैंको टीकाका दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन् ।

नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन् ।

राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाइन् । ’दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो।’

प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताएका छन् ।

प्रधानमन्त्रीसँगै आफूले पनि विजया दशमीमा टीका नलगाएको उनले बताएका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको छ ।

सयौं मानिस घाइते भएका छन् । यस्तो दुखदको समय भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका पनि नलगाएकी हुन् । तर सोही दिन उनी जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई भेटेकी हुन् ।

यसक्रममा प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन–३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा बस्ने मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी सचिवालयले जनाएको छ ।

यसअघि अन्तरिम सरकारका अन्य मन्त्रीहरुले पनि अस्पताल पुगेर घाइतेहरुलाई भेटेका थिए । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका नेपाली नागरिकका परिवारलाई प्रतिपरिवार १० लाख र अन्य खर्च ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

तर कारागार छाडेर भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीले यो राहत पाउने छैनन् । यस्तै जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई सरकारले परिचयपत्र वितरण गरेको छ ।

त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गरेको समेत मन्त्रालयले बताएको छ ।

पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । हिजो टीकाका दिन प्रधानमन्त्री र संचारमन्त्री मृतक जेनजीका परिवारलाई भेट्न पुग्दा यता भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ भने बिपी राजमार्ग र मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलको निरीक्षण तथा अनुगमनमा निस्किएका थिए।

मन्त्री घिसिङ बडादसैँ पर्वको बिदाका अवसरमा पनि सम्बद्ध मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिई स्थलगत निरीक्षणसहित निर्देशन दिएका हुन् ।

उनले काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका बिग्रेभत्केका भौतिक संरचना र अलपत्र अबस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौंबाट विपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप आएका मन्त्री घिसिङले विपी राजमार्गसहित खैरेनी घाटको पुल र निर्माणाधिन मध्यपहाडी लोकमार्गको कार्यप्रगतिका वारेमा जानकारी लिएका छन् ।

बाढी–पहिरोलगायतका कारण बिग्रे–भत्केका संरचनाहरुको अस्थायी रुपमा भने पनि जतिसके छिटो मर्मत गर्नुपर्ने बताउँदै उनले भत्केका पक्कीपुलहरुको स्थानमा ‘बेली बृज’ र ‘कल्भटर्’ निर्माण गर्न र सडकमा देखिएका खाल्टाखुल्टी पुरी सहजरुपमा यातायात सञ्चालन तथा व्यवस्थापन गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको बताए ।

Tags: #जेन–जी पुस्ताको ज्यान जानुको कारण#मृतक जेन–जीका परिवार

लोकप्रीय

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२

विचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२

थप समाचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी
अन्तर्राष्ट्रिय

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’
अन्तर्राष्ट्रिय

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक
ताजा समाचार

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
अन्तर्राष्ट्रिय

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

World News: Ukraine खस्यो ५९५ ड्रोन–४८ मि*साइल, पोल्यान्डको वायुक्षेत्र बन्द || Nepal Times

00:15:30

World News: नेपाल नजान अमेरिकी एडभाइजरी, अवैध आप्रवासन रोक्न स्टारमरको प्रस्ताव || Nepal Times

00:17:22

World News: औषधिमा १०० प्रतिशत कर, रूसी तेल निर्यातमा प्रतिबन्ध || Nepal Times

00:19:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

आइतवार अशोज १२ , २०८२
जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

अब कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने !

शनिबार अशोज ११ , २०८२
३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

३९ जनाको चिहानमा कसरी बदलियो थलापतिको ¥याली ?

आइतवार अशोज १२ , २०८२

हालका पोस्टहरू

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

शुक्रबार अशोज १७ , २०८२
भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

शुक्रबार अशोज १७ , २०८२
बर्दियामा ‘सखिया नाच’ को रौनक

बर्दियामा ‘सखिया नाच’ को रौनक

शुक्रबार अशोज १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.