×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

भेनेजुएला नजिकै ५ वटा एफ–३५ : मादुरो भन्छन् ‘डराउँदैनौ’

१७ आश्विन २०८२

१७ असोज , काठमाण्डौ ।

अमेरिकाको स्टील्थ फाइटर जेट एफ–३५ भेनेजुएलाको सीमा नजिक पुगेका छन् । यसलाई लिएर भेनेजुएलाको सरकार अमेरिकामाथि भड्किएको छ ।

Advertisement
Advertisement

विहीबार भेनेजुएलाका रक्षा मंत्री जनरल भ्लादिमीर प्याड्रिनोले भने कि अमेरिकी एफ–३५ फाइटर जेट्सले उनको देशको सीमा नजिकै ‘अवैध घुसपैठ’ गर्यो ।

उनले यसलाई ‘सैन्य उत्पीडन’ पनि भनेका छन्, जसले देशको सुरक्षालाई खतरामा पारेको छ । प्याड्रिनोले एक एयरबेसबाट भने, ‘कम से कम पाँच एफ–३५ जेट्स देखिएका छन्, जुन हाम्रो क्यारेबियन सागरको तट रेखा नजिकै भएर उडेका थिए । उनले अगाडि भने, अमेरिकी साम्राज्यवादले हिम्मत देखाउँदै यति नजिकै आएको छ । तर हामी डराउनेवाला छैनौ । भेनेजुएलाका जनतालाई यसको कुनै डर छैन’ ।

यता पेंटागनले भने यसबारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । भेनेजुएलाको एयर डिफेंस सिस्टम, माइक्वेटिया इंटरनेशनल एयरपोर्टको कंट्रोल रूम र एक कमर्शियल एयरलाइनले यी जेट्सलाई डिटेक्ट गरेका हुन ।

विदेश र रक्षा मंत्रालयहरुको जोइंट स्टेटमेंटमा भनिएको छ कि जेटहरु ७५ किलोमीटर पर थिए, अर्थात हवाई क्षेत्र जुन तटबाट २२ किलोमीटरसम्म छ यसलाई उल्लघंन गरिएको छैन ।

तर यसपछि भेनेजुएलाले भनेको छ कि यो इंटरनेशनल लको उल्लंघन हो र कयारेबियनमा सिविल एभिएशनलाई पनि खतरा हो। भेनेजुएला सरकारले अमेरिकी ‘वार सेक्रेटरी’ पीटर हेगसेथलाई चेतावनी दिदै भनेको छ, ‘आफ्नो लापरवाह, रोमांचक र युद्धप्रिय हरकतहरु बन्द गर नत्र क्यारेबियनको शांति विथोलिने छ’ ।

यी घटनाक्रमहरु यस्तो बेलामा भइरहेका छन् जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले हालै कंग्रेसमा भनेका थिए कि अमेरिका ड्रग कार्टेलका साथ ‘गैर–अंतर्राष्ट्रिय सशस्त्र संघर्ष’ मा छ । यसलाई ‘नार्को–टेररिस्ट’ भन्दै उनले ड्रग्स तस्करीले अमेरिकालाई अस्थिर बनाइरहेको पनि बताएका छन् ।

ट्रंपले ल्याटिन अमेरिकाका कयौं कार्टेललाई पनि आतंकवादी घोषणा गरेका छन् । यसै संदर्भमा क्यारेबियनमा सबैभन्दा ठूलो मिलिट्री तैनाथ गरेका छन् ।

१० वटा एफ–३५ जेट्स पोचुगल रिको (अमेरिकी क्षेत्र) पठाइएको छ यस्तै ८ युद्धपोत र एक न्यूक्लियर पनडुब्बी पनि तैनाथ गरिएको छ ।

उता भेनेजुएलाको तटमा ड्रग्स लगिरहेको भन्दै कयौं जहाजहरुमा पनि हमला भएको छ । जसमा १४ जना मारिएका छन् । ट्रंपको भनाइ छ कि यो ड्रग्सविरुद्धको अपरेशन हो, जसले अमेरिकालाई विषबाट बचाउने छ ।

तर अमेरिकाले ड्रग्सको बहानामा आफ्नो शासन फाल्ने षडयन्त्र त गरिरहेको छैन भन्नेमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई आशंका छ ।

यता जर्मनीमा पनि ड्रोन आतंक जारी छ । म्यूनिख एयरपोर्ट, जुन देशको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल हो, शुक्रवार ड्रोन देखिएपछि बन्द गर्नु परेको छ ।

एयरपोर्ट प्रशासनका अनुसार, यो घटनामा १७ फ्लाइट्स रद्द भएका छन् र करीब ३,००० यात्रीहरु फसेका थिए । यो घटना यस्तो समयमा भएको छ जब हालैका दिनहरुमा यूरोपका कयौं नेटो देशहरुमा ड्रोन देखिएको घटनाहरु लगातार बढीरहेका छन् ।

गत सातामात्रै डेनमार्क र पोल्याण्डका हवाई क्षेत्रमा अज्ञात ड्रोन देखिएका थिए, जसले हवाई यातायात घण्टौंसम्म अवरुद्ध भएको थियो ।

म्यूनिख एयरपोर्ट, जुन जर्मन एयरलाइन लुफ्थांसाको हब हो, यसले यसैवर्ष पहिलो छ महिनामा करीब २ करोड यात्रिहरुलाई सम्हालेको छ ।

यति ठूलो संख्याका यात्रिहरुका बीच अचानक ड्रोन अलर्टबाट न केवल एयरपोर्ट बरु सिंगो एयरलाइंस व्यवस्था प्रभावित हुन पुग्यो । म्यूनिख एउटा उदाहरण मात्रै हो ।

गत साता डेनमार्कमा कयौं एयरपोटहरुमा ड्रोन देखिए, जसले दशौं हजार यात्री प्रभावित भए । त्यसपछि डेनमार्कले सबै नागरिक ड्रोन उडान रोक लगाएको छ ।

यी ड्रोन घटनाहरुलाई लिएर यूरोपेली संघका नेताहरुको बैठक विहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा भएको थियो । जहाँ सुरक्षा एजेंसिहरुले स्पष्टसंग भने कि यी घटनाहरु रूसको चुनौतीका हिस्सा हुनसक्छन् ।

यद्यपि डेनमार्कले सिधा आरोप लगाएको छैन तर प्रधानमंत्री मेटे फ्रेडरिकसनले संकेत गर्दै रूसतर्फ औंला उठाएका छन् । उनले भने ‘यूरोपले अब आफ्नो सुरक्षा स्वयं नै बलियो बनाउनु पर्छ ।

हामीले ड्रोन बनाउने क्षमता बढाउने मात्रै होइन बरु एंटी–ड्रोन सिस्टम पनि तयार पार्नु पर्छ’ । यस्तै यूरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले ‘ड्रोन वाल’ बनाउने प्रस्ताव पेश गरिन् ।

यसको मतलब हो कि यूरोपको पूर्वी सीमाहरुमा एक यस्तो सुरक्षा जालो तैयार गर्ने जसमा सेंसर, रडार र हतियार तैनाथ हुन्छन्, ताकी कुनै पनि संदिग्ध ड्रोनलाई तत्कालै पहिचान गरेर खसाल्न सकियोस ।

नेटोका महासचिव मार्क रुटेले पनि यो विचारको समर्थन गर्दै भने यो निकै आवस्यक र समयमा लिनै पर्ने कदम हो ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top