×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

१८ आश्विन २०८२

१८ असोज , काठमाण्डौ ।

२ वर्षदेखि हमासले बन्धक बनाएका नेपालका विपिन जोशी लगायतका ४७ बन्धक अब मुक्त हुने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहाइका लागि सम्झौता नगरे ध्वस्त बनाइदिने चेतावनी दिएपछि हमास बन्धक मुक्त गर्न सहमत भएको हो ।

Advertisement
Advertisement

प्यालेस्टिनी विद्रोही समूह हमास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफ्नो नियन्त्रणमा राखेका सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबारसम्म २० बुँदे शान्ति योजनालाई स्वीकार गर्न हमासलाई अल्टिमेटम दिएका थिए । शुक्रबार जवाफ पठाउँदै हमास गाजापट्टीको प्रशासन प्यालेस्टिनी प्रविधिज्ञहरूलाई सुम्पन र सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ ।

उसले मध्यस्थहरूमार्फत शान्ति वार्तामा ’तत्काल प्रवेश’ गर्न इच्छुक रहेको बताएको छ । नेपाली युवा विपिन जोशीसहित ४७ जनालाई हमासले बन्धक बनाएको छ ।

जसमा २० जना मात्रै सकुशल रहेको विश्वास गरिएको छ । हामासको विज्ञप्तिपछिको एउटा भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले यो प्रगतिलाई ’अभूतपूर्व’ भएको टिप्पणी गरेका छन् ।

उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको एक पोस्टमा इजरायललाई ’गाजामा बमबारी तुरुन्त रोक्न’ आग्रह गरेका छन् । ’यो ठूलो दिन हो । यसको कस्तो नतिजा निस्कन्छ, हामी हेर्छौं । हामीले अन्तिम कुरा ठोस रूपमा तय गर्नुपर्छ,’ उनले लेखेका छन्, ’धेरै महत्वपूर्ण कुरा के छ भने, बन्धकका आमाबुबा तिनीहरु घर फर्केर आउने दिनको प्रतीक्षामा छन् ।’

ट्रम्पले गाजामा बमबारी तुरुन्त रोक्न आग्रह गरेलगत्तै इजरायली सेनाले गाजा जित्ने अभियानमा जारी राखेको अप्रेसनलाई न्यूनीकरण गर्न थालेको छ ।

इजरायलको सैनिक रेडियोका अनुसार त्यहाँको सरकारले गाजामा युद्ध रोक्न इजरायली सेनालाई आदेश दिएको छ। इजरायलले गाजामा घातक बमबारीबाट शुक्रबार गाजापट्टीभर कम्तीमा ७२ प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।

अक्टोबर २०२३ देखि इजरायलले गाजामा चलाएको युद्धमा कम्तीमा ६६ हजार २८८ मानिसको मृत्यु भई १ लाख ६९ हजार १६५ घाइते भएका छन् ।

७ अक्टोबर, २०२३ का दिन इजरायलमा भएको आक्रमणमा कुल १,१३९ मानिसहरूको मृत्यु भएको थियो र करिब २०० बन्धक बनाइएका थिए।

यसअघि ट्रम्पले शुक्रबार ट्रुथ सोसलमार्फत हमास आइतबार वासिङ्टन, डीसी समयअनुसार साँझ ६ बजेसम्ममा सम्झौतामा पुग्नुपर्ने बताएका थिए ।

ट्रम्पको योजनाअनुसार इजरायल–हमास युद्ध तुरुन्त अन्त्य हुनुपर्नेछ। थुनामा रहेका सयौँ गाजावासी छाडेको बदलामा ७२ घण्टाभित्र हमासले इजरायली बन्धकहरूको रिहाइ गर्नुपर्नेछ।

अरब देश र टर्कीएले हमासलाई यो प्रस्ताव स्वीकार गर्न दबाब दिइरहेको विश्वास गरिएको छ। आफ्नो पोस्टमा ट्रम्पले प्रस्तावलाई यो ‘अन्तिम मौका’ भनेका छन्।

उनले लेखेका छन्, ‘यदि यो सम्झौता भएन भने हामी हमासविरुद्ध यसअघि कहिल्यै नभएको विनाश गर्नेछौँ। मध्य पूर्वमा कुनै न कुनै तरिकाले शान्ति स्थापना हुनेछ।’

अक्टोबर ३, २०२५ मा प्रस्तुत गरिएको २० बुँदे शान्ति योजनामा हमासले सबै जीवित र मृत इजरायली बन्धकहरूको रिहाइ गर्ने सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई गाजा क्षेत्रमा आक्रमण तुरुन्त रोक्न आदेश दिएका छन्। गाजा क्षेत्रको प्रशासनिक नियन्त्रण एक निष्पक्ष प्राविधिक निकायलाई हस्तान्तरण गर्ने कुरा गरिएको छ।

यस्तै इजरायलले २५० जना फिलिस्तीनी कैदीहरूलाई रिहा गर्ने सहमति जनाएको छ। यस्तै गाजा क्षेत्रको पुनर्निर्माण र मानवीय सहायता प्रवाहको व्यवस्था गर्ने कुरा गरिएको छ।

अमेरिकी नेतृत्वमा पुग्नु अघि नै ट्रम्पले युक्रेन रुस तथा इजरेल र हमासबीचको युद्ध रोक्ने दाबी गरेपनि अहिलेसम्म सफल हुन् सकेका छैनन् । यद्यपि उनले यसका लागि निरन्तर पहल भने गरिरहेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पले ऐतिहासिक भेटवार्ता गरिसकेका छन्। भने हमाससँग शान्ति सम्झौताका लागि पछिल्लो समय इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कतारसमक्ष माफी माग्न समेत लगाएका छन् ।

इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने र गाजालाई नियन्त्रणमा लिने वा त्यहाँ आफ्नो सुरक्षा उपस्थिति बढाउने रणनीति लिएको देखिन्छ। यस रणनीतिका कारण विश्वभरबाट इजरायलको व्यापक आलोचना भइरहेको छ ।

इजरायलको सैन्य कारबाहीले गाजामा ठूलो मानवीय संकट निम्त्याएको छ। लाखौं मानिस विस्थापित भएका छन्, खाद्यान्न, पानी, औषधि र इन्धनको चरम अभाव छ। गाजाका अस्पतालहरू ध्वस्त भएका छन्।

इजरायलको सैन्य अभियानमा हजारौं प्यालेस्टिनी नागरिक, जसमा ठूलो संख्यामा महिला र बालबालिका मारिएका छन्। यसले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता बढाएको छ।

कतिपय आलोचकहरूले इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानून र युद्ध अपराधका नियमहरू उल्लंघन गरेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतमा इजरायलविरुद्ध मुद्दा चलिरहेका छन्।

गाजामा इजरायलको कारबाहीले विश्वभर इजरायलको विश्वसनीयता र नैतिक अडानमाथि प्रश्नचिन्ह खडा गरेको छ। गाजाको भविष्यबारे इजरायलको स्पष्ट योजना नहुँदा र प्यालेस्टिनी राज्यको सम्भावना क्षीण हुँदै जाँदा क्षेत्रीय अस्थिरता बढ्ने चिन्ता छ।

गएको हप्ता मात्रै राष्ट्रसंघमा इजरेली प्रधानमन्त्रीको मन्तब्य विश्वका नेताहरुले बहिष्कार गरेका थिए। राष्ट्रसंघ जस्तो विश्वव्यापी मञ्चमा कुनै देशका नेताको मन्तव्य बहिष्कार गरिनु एउटा गम्भीर कूटनीतिक संकेत हो।

यसले इजरायलमाथि गाजामा आफ्नो कारबाही रोक्न वा आफ्नो नीति परिवर्तन गर्न ठूलो अन्तर्राष्ट्रिय दबाब सिर्जना गरेको छ। धेरै देशका नेताहरूले बहिष्कार गर्दा इजरायल अन्तर्राष्ट्रिय समुदायमा एक्लिँदै गएको छ भने बेलायत, फ्रान्सलगायतका देशले प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिएर इजरेलमाथि दबाब बढाउदै लगेका छन्।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top