५ हजार ८ सय १२ कैदीबन्दी अझै फरार,कारागार फर्किने अन्तिम दिन

१९ असोज ८२, सोमबार

२० असोज ,काठमाण्डौ ।

जेनजी आन्दोलनको मौका छोपी भदौ २४ मा कारागारबाट भागेका साढे १४ हजारमध्ये पाँच हजार ८१२ कैदीबन्दी अझै कारागारबाहिर छन्।

कारागार व्यवस्थापन विभागका अनुसार आजसम्म उपस्थित हुनेलाई थप सजाय नहुने निर्णय गरिएको छ ।

Advertisement

सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार पाँच हजार ८१२ जना अझै फरार रहेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए ।

‘आज ठुलो संख्यामा कारागारमा फर्किरहेका छन्, कतिपयले बाटोमा रहेको भनेर कारागारलाई जानकारी गराएका छन्,’ महानिर्देशक शर्मा भन्छन्, ‘पटक–पटक सूचना जारी गरेर आजसम्मको म्याद दिएका छौँ, अझै उपस्थित नहुनेको हकमा के कारबाही गर्ने भन्ने कुरा गृह मन्त्रालयको निर्देशनअनुसार अघि बढ्छौँ ।’

Advertisement

गृह मन्त्रालयको गत १० असोजमा बसेको बैठकले २० गतेसम्म उपस्थित नहुनेलाई कारागार ऐन, २०७९ अनुसार थप सजाय गर्ने निर्णय गरेको थियो ।

साथै फरार कैदीबन्दी खोज्नका लागि ७७ जिल्लामै सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको छ ।

साथै, फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरूलाई समेत कसुरदार ठानी प्रचलित कानून बमोजिम कारबाही हुने कतिपय कारागार कार्यालयहरुले जनाएका छन।

फरार रहेका कैदी तथा थुनुवाहरूलाई उक्त समय भित्र उपस्थित गराउन हुन तथा पक्राउ गरी पुनः कारागारमा बुझाइदिन हुन निजहरूको परिवार, समुदाय, नागरिक समाज, पत्रकार, सम्बन्धित सरकारी निकाय, स्थानीय तह अन्तर्गतका कार्यालयहरू, संघ संस्थाहरू तथा सरोकारवाला निकाय व्यक्तिहरू सबैमा अनुरोध पनि गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top