×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

विश्वकप छनोटमा नेपालको शानदार इन्ट्री,कुवेत ५८ रनले पराजित

२३ आश्विन २०८२

२३ असोज , काठमाण्डौ ।

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । ओमानमा बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।

Advertisement
Advertisement

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो । नेपाली बलर चम्किदा कुबेती ब्याटर निरीह सावित भएका थिए । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए ।

कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।

भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार शानदार रुपमा ३ छक्का प्रहार गरेर नेपालको स्कोर माथि उठाएका थिए ।

कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १–१ विकेट लिए । नेपालका कुशल भुर्तेल म्यन अफ द म्याच घिसित भए ।

यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ । आइसीसी वरीयतामा जापान नेपाल भन्दा कमजोर राष्ट्र हो । नेपाल र कुवेतसहित समूह ‘बी’ मा जापान रहेको छ ।

समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन् । सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।सुपर सिक्सका दुबै प्रमुख टोलीलाई यस खेलको नतिजा निकै महत्वपूर्ण हुनेछ ।

छनोटको नियम अनुसार समूहमा आफूले हराएको टोली सुपर सिक्समा पुग्दा सुपर सिक्समा दुई अंक मिल्नेछ । हालसम्म विश्वकपमा पुगेका देशहरुमा आयोजकका तर्फबाट भारत र श्रीलंका यस्तै अफगानिस्तान, पाकिस्तान, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेष्टइण्डिज,आयरल्यान्ड, जिम्बावे, नामिबिया, अमेरिका, क्यानडा, नेदरल्यान्ड्स, इटाली जुन पहिलो पटक विश्वकपमा पुगेको हो र न्युजिल्यान्ड रहेका छन् ।

आइसिसी टि ट्वान्टी वरीयताको १८ औं स्थानमा रहेको नेपाल सन २०१४ र २०२४ गरी दुई पटक विश्वकप सहभागी भइसकेको छ भने अब तेस्रो पटक सहभागी हुने लक्ष्यमा छ ।

यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै बनाइएको हो । जसले गर्दा जापान, सामोआ र पपुवा न्युगिनी एसिया क्षेत्रकै टोलीसँग खेल्न आइपुगेका हुन् । नेपाललाई प्रतियोगिताको दाबेदारमा हेरिएको छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top