२६ असोज ,काठमाण्डौ ।
नेपालबाट पूर्ण रुपमा मनसुन बाहिरिसकेको अवस्थामा आज कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आंशिक बदली भनेको ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो ।
२५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
“हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,” महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।