NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड

आइतवार अशोज २६ , २०८२
Reading Time: 1 min read
A A
पेनाल्टीमा फेरि चुके रोनाल्डो, बनाए पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ असोज , काठमाण्डौ ।

दुई महिनाअघि भएको दुर्घटनामा डिएगो जोटाको निधन भएपछि पहिलो पटक आफ्नै घरेलु मैदानमा खेलेको पोर्चुगलले शनिबार राति आयरल्यान्डलाई १–० ले हराउँदै भावनात्मक जित हासिल गरेको छ ।

विश्वकप छनोटको युरोपेली क्षेत्र समूह ‘एफ’को खेलमा पोर्चुगलले सुरुदेखि अन्त्यसम्म खेलमा प्रभुत्व जमायो । ७० प्रतिशत बल पजेसन राख्दै ३० वटा शट हाने, जसमा ६ लक्षित थिए । तर, गोलको बाटो खुल्न निकै ढिलो भयो ।

खेलमा धेरै अवसर सिर्जना भए पनि पोर्चुगलले गोल गर्न सकेन । कप्तान क्रिस्टियानो रोनाल्डो पनि खासै प्रभावशाली देखिएनन् । उल्टै दोस्रो हाफमा पाएको पेनाल्टी मिस गरेर उनी केही समयका लागि खलनायक बने ।

७५औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । रोनाल्डोले गोलरक्षक कोइभिन केलेहरलाई विपरीत दिशामा पठाएका थिए । तर, आयरिस गोलरक्षकले अन्तिम क्षणमा खुट्टा उठाएर बल रोक्दै सानदार बचाउ गरे ।

यो पेनाल्टी मिससँगै रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड बनाए । यद्यपि, सबैभन्दा धेरै पेनाल्टी लिनेको कीर्तिमान पनि उनको नाममै छ ।

खेल निर्धारित ९० मिनेटसम्म गोलरहित रह्यो । तर, इन्जुरी समयको पहिलो मिनेटमा रुबेन नेभेस नायक बने । दिवंगत साथी जोटाको २१ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका अल हिलालका यी मिडफिल्डरले हेडरमार्फत निर्णायक गोल गरे ।

यस जितसँगै पोर्चुगलले विश्वकप छनोटको तीनै खेल जित्दै पूर्ण ९ अंकसहित समूह ‘एफ’को शीर्ष स्थान कायम राखेको छ । दोस्रो स्थानमा रहेको हंगेरीले समान खेलबाट ४ अंक जोडेको छ ।

यता रोनाल्डोले पेनाल्टी मिस गर्दा धेरैलाई सन् २०२५ मा अर्जेन्टिनी कप्तान लिओनेल मेसीसँगको तुलना गर्न बाध्य बनायो । यो रोनाल्डो यस वर्षको तेस्रो पेनाल्टी मिस हो। यसका विपरीत मेसीले सन् २०२५ मा एक मात्र पेनाल्टी मिस गरेका छन् ।

साउदी क्लब अल– नसारका कप्तानसमेत रहेका रोनाल्डोले यसअघि साउदी प्रो–लिगमा रेद ओजायबीविरुद्ध २–० जितमा पेनाल्टीमा गोल गर्न असफल भएका थिए । युइएफए नेसन्स लिगमा डेनमार्कविरुद्धको ५–२ जितमा पनि गोल गर्न सकेनन् ।

मेसीको एक मात्र पेनाल्टी मिस भने इन्टर मायामीको चार्लट एफसीविरुद्धको ३–० हारमा भएको थियो । यस वर्ष मेसीले तीनमध्ये दुई पेनाल्टीमा सफलतापूर्वक गोल गरेका छन् ।

रोनाल्डोले ११ पेनाल्टीमध्ये ८ मा गोल गरेका छन् । यता इन्टर मायामीका कप्तान लिओनल मेसीले दुई गोल र एक असिस्ट गर्दै आइतबार बिहान एटलान्टा युनाइटेडमाथि ४–० को फराकिलो जित दिलाएका छन् ।

यस जितसँगै इन्टर मायामीले प्लेअफको पहिलो चरणका लागि होम–फिल्ड एडभान्टेज सुनिश्चित गरेको छ । खेलको ३९औं मिनेटमा बाल्तासार रोड्रिग्वेजको पासमा मेसीले पहिलो गोल गर्दै मायामीलाई अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफ सुरु भएको सात मिनेटमै जोर्डी आल्बाले दोस्रो गोल गरे । ३६ वर्षीय स्पेनी डिफेन्डर आल्बाले यसअघि नै सिजनको अन्त्यसँगै सन्न्यास लिने घोषणा गरेका छन् ।

क्लबले उनको अन्तिम घरेलु खेलमा बिदाई समारोहको आयोजना पनि ग¥यो । मेसीले आल्बाको गोलमा असिस्ट दिँदै आफ्नो १८औं असिस्ट पूरा गरे । योसँगै उनले सान डिएगो एफसीका एन्डर्स ड्रेयरसँग लिगको असिस्ट सूचीमा बराबरीमा गरेका छन् ।

६१औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै स्कोरलाई ३–० पु¥याए । त्यसपछि खेलको ८१औं मिनेटमा आल्बाको पासमा मेसीले दोस्रोपटक जाली चुमाउँदै स्कोरलाई ४–० बनाए ।

यो मेसीको सिजनको २६औं गोल हो, जसले उनलाई लस एन्जलस एफसीका डेनिस बुआङ्गा भन्दा दुई गोल र न्यासभिलका स्याम सर्जभन्दा तीन गोलले अघि राखेको छ। नियमित सिजनमा अब एक मात्र खेल बाँकी छ ।

मेसीको यस सिजनमा कुल ४४ गोल योगदान (२६ गोल र १८ असिस्ट) पुगेको छ, जुन मेजर लिग सकर लिग इतिहासमा दोस्रो सर्वाधिक हो । यसअघि २०१९ मा एलएएफसीका कार्लोस भेलाले ४९ योगदान (३४ गोल र १५ असिस्ट) गर्दै रेकर्ड बनाएका थिए ।

इन्टर मायामीका गोलकिपर रोको रियस नोभोले तीन बचाउ गर्दै यस सिजनको तेस्रो क्लिन सिट कायम गरे। यस जितपछि इन्टर मायामी र एफसी सिनसिनाटी दुवैको अंक संख्या ६२ पुगेको छ, जसले पूर्वी सम्मेलनको दोस्रो स्थानका लागि प्रतिस्पर्धा अझ रोचक बनाएको छ ।

मायामीले अब नियमित सिजनको अन्तिम खेल न्यासभिल एससीविरुद्ध खेल्नेछ ।

Tags: #पेनाल्टीमा फेरि चुके रोनाल्डो

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.