×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

युवा सङ्घको सुरक्षा घेरामा एमालेको बैठक बस्दै

२९ आश्विन २०८२

२९ असोज , काठमाण्डौ ।

राष्ट्रिय युवा सङ्घ नेपालको विशेष सुरक्षा सुरक्षा दस्ताको घेरा भित्र आज नेकपा एमालेको बैठक बस्दै छ । जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे धारणा बनाउन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

Advertisement
Advertisement

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ । बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालय स्रोतले जनाएको छ ।

उक्त प्रतिवेदनमा समसामयिक राजनीति, जिएन–जी आन्दोलन, घुसपैठ, व्यक्ति तथा सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिने छन् । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीको प्रतिवेदनमा हालको अन्तरिम सरकारको गठन, संसद् विघटनको प्रक्रिया र त्यसका असरका विषयमा विस्तृत विश्लेषण हुनेछ ।

त्यस्तै सरकारले ‘निर्वाचनको हौवा पिटाउँदै संवाद नगरेको’ र त्यसका कारण राजनीतिक स्थायित्व कमजोर भएको टिप्पणी समेत रहने छ । बैठकमा पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने तयारी गरेको छ ।

सो महाधिवेशनमार्फत ‘फ्रेस म्यान्डेट’ लिएर जनतामाझ जाने र लोकतन्त्र रक्षाका लागि संविधान पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै आन्दोलनको कार्यक्रम घोषणा गर्ने योजना एमालेले बनाएको छ ।

बैठकमा अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरेपछि धारणा राख्ने सदस्यलाई देवनागरी वर्णानुक्रमको उल्टो क्रममा बोल्न दिइनेछ । अर्थात् ‘ज्ञ’ बाट सुरु भएर ‘अ’ सम्म जाने गरी पालो तोकिएको छ ।

प्रत्येक सदस्यलाई तीन मिनेट समय दिइने कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् । आज हुने बैठक स्थल रामबाग महल र वरिपरि राष्ट्रिय युवा सङ्घ नेपालको विशेष सुरक्षा दस्ता परिचालित गरिएको छ ।

संघका उपाध्यक्ष विनय शाहका अनुसार १०० जनाको सुरक्षा टोलीले स्थलमा पहरा दिनेछ । नेताहरूको स्कर्टिङका लागि त्यति नै सङ्ख्यामा मोटरसाइकल र ५० वटा चार पाङ्ग्रे सवारी साधन तयारी अवस्थामा राखिएको छ ।

तीन दिनसम्म चल्ने बैठकमा दिउँसोको खाजा र पानीबाहेक अन्य खानपिनको व्यवस्था छैन । काठमाडौँ बाहिरबाट आएका केन्द्रीय सदस्यहरूले आफ्नो बसोबास र बिहान–बेलुकीको खानाको व्यवस्था आफैँ गर्नुपर्ने केन्द्रीय कार्यालयले जनाएको छ ।

यसै बिच राष्ट्रिय प्रजातान्त्रिक पार्टी ९राप्रपा०को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आज बिहान साडे दश बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्दै छ । बैठकमा हालको राजनीतिक परिस्थिति, स्थानीय तथा जिल्ला अधिवेशनको प्रगति समीक्षा र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top