×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

३० आश्विन २०८२

३० असोज , काठमाण्डौ ।

नेपाली क्रिकेट टिमले ओमानमा उत्कृष्ट खेल प्रस्तुत गर्दै आगामी वर्ष हुने आईसीसी टी २० विश्वकपको ढोका खोलेसँगै नेपाली खेलप्रेमी मात्रै होइन नेपाली क्रिकेटका डाइहार्ट विदेशी फ्यानहरु समेत नेपाललाई विश्वकपको क्रिकेट मैदानमा हेर्न आतुर छन्, त्यो पनि नेपाल भर्सेस भारतको खेल विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा।

Advertisement
Advertisement

धेरै भारतीय खेलाडीहरुले नेपाललाई बधाई दिँदै विश्वकपका लागि स्वागत गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने निश्चित भएसँगै अस्ट्रेलियाका मध्यक्रमका ब्याटर टिम डेभिडको नामका खोलिएको एउटा फ्यान पेजमा लेखिएको काल्पनिक स्टाटसले धेरै नेपालीको ध्यान खिचेको छ ।

त्यो हो नेपाल भर्सेस भारतको संभावित खेल । एआईको काल्पनिक तस्विरसहित लेखिएको छ, अहमदाबादको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा हुने यो भारत र नेपालको खेलको वातावरण कस्तो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ?  यी दृश्यहरू २०२६ को टी–२० विश्वकपका हुनेछन् , जहाँ भारतले नेपालसँग प्रतिस्पर्धा गर्नेछ र मलाई थाहा छ हरेक नेपाली क्रिकेट प्रशंसक यी दृश्यहरू हेर्न चाहन्छन् ।

नेपाल क्रिकेटको भविष्य धेरै उज्ज्वल छ र मलाई पक्का छ कि केही वर्षमा, नेपाली क्रिकेटरहरू र टोलीले सबै आईसीसी वरीयतामा प्रभुत्व जमाउनेछन्। शुभकामना, नेपालका च्याम्पियनहरू ! यी काल्पनिक अपेक्षा र सपनाहरु सामाजिक संजालमा काल्पनिक मात्रै होइनन् लाखौं नेपालीहरुका वास्तविक सपना बनेका छन् ।

२०२६ को आईसीसी टी२० विश्वकप भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुदैछ । यसमा कुल २० टोलीले भाग लिनेछन्। मुख्य प्रतियोगिताका लागि केही टोलीको नाम पहिले नै तय भइसकेको थियो भने केहीलाई क्षेत्रीय क्वालिफायर राउन्ड खेलेर मेगा इभेन्टमा आफ्नो स्थान बनाउने मौका मिलेको थियो।

अक्टोबर महिनाको सुरुसम्ममा कुल १७ टोलीको नाम तय भइसकेको थियो। बाँकी तीन टोलीको निर्णय एसिया–इस्ट प्यासिफिक क्वालिफायर राउन्डबाट हुने थियो। यसमध्ये २ टोलीको नाम हिजो तय भइसकेको छ।

अब मेगा इभेन्टमा कुल १९ टोलीले आफ्नो स्थान पक्का गरिसकेका छन्। यसमा नेपालको नाम पनि समावेश छ। दोस्रो टोली ओमान हो । एसिया–इस्ट प्यासिफिक क्वालिफायर राउन्डमा नेपाल र ओमान दुवैको समूह चरणपछि सुपर सिक्समा उत्कृष्ट प्रदर्शन देखियो।

नेपालको टोलीले सुपर सिक्स राउन्डमा तीन खेल खेल्यो र तीनै खेलमा जित हासिल गर्यो। साथै, नेपालले टी२० विश्वकप २०२६ का लागि पनि आफ्नो टिकट लिन सफल भए।नेपालले २०२४ को टी२० विश्वकपका लागि पनि आफ्नो स्थान पक्का गरेको थियो।

नेपाल अब तेस्रो पटक यस टूर्नामेंटको इतिहासमा खेल्दै देखिनेछन्। नेपालका अलावा ओमानको टोलीले पनि विश्वकपका लागि छनोट भएको छ। ओमान गएरातिको खेलमा नेपालसँग पराजित भएरपनि विश्वकपमा छनोट हुन् सफल भएको छ।

२०२६ को टी२० विश्वकपका लागि १९ टोलीको नाम तय भइसकेको छ भने अब एउटा मात्र स्थान खाली छ। यसका लागि तीन टोली प्रतिस्पर्धामा छन्। एसिया–इस्ट प्यासिफिक क्वालिफायर राउन्डलाई हेर्दा, सुपर सिक्सको अंक तालिकामा यूएई, जापान र कतारसँग मौका रहेको छ ।

आज यूएइ र जापान तथा कतार र समाओबीच खेल हुर्दैछ । यसको नतिजापछि विश्वकप पुग्ने एक टोलीको टुंगो लाग्नेछ । यूएईका ४ खेलमा ४ अंक छ भने जापानका ३ खेलमा २ अंक। कतारको पनि २ अंक छ। यूएईको जापानसँग खेल हुँदैछ।

यदि उक्त खेलमा यूएईले जित्यो भने उ पनि टी–२० विश्वकपमा पुग्नेछ। तर जापानले आफ्ना दुवै खेल जितेर पहिलो पटक विश्वकपमा स्थान बनाउन सक्छ। अहिलेसम्म २०२६ टी२० विश्वकपका लागि छनोट हुने टोलीहरुमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, क्यानडा, इटाली, नेदरल्यान्ड्स, नामिबिया, जिम्बाब्वे, नेपाल र ओमान रहेका छन् ।

२०२६ मा भारत र श्रीलंकामा आयोजना हुने पुरुष क्रिकेटको आइसीसी टी २० विश्वकप प्रतियोगिता ७ फेब्रुअरी २०२६ देखि सुरु भएर ८ मार्च २०२६ सम्म हुनेछ। यो १०औं संस्करण हो र २० टोली सहभागी हुनेछन्।

प्रारम्भिक चरणमा टोलीहरू चार समूहमा विभाजित हुनेछन्, प्रत्येक समूहमा पाँच टोली रहनेछन्। समूह चरण र सुपर ८ पछि नकआउट खेलहरू हुनेछ। भारत र श्रीलंका दुबैले सह–आयोजन गर्नेछन्।

खेल आयोजना स्थलहरुमा भारतका मुख्य मैदानहरूमा नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद)सहित अन्य भारतीय ठूला शहरहरू समावेश छन् । श्रीलंकाको प्रमुख स्थलहरूमा आर. प्रमदासा स्टेडियम (कोलम्बो) जहाँ केही सेमिफाइनल वा पाकिस्तानी टोलीका खेलहरू यहीँ हुनेछ ।

Advertisement

कुल ५९ खेल हुने अनुमान छ। फाइनल खेल नरेन्द्र मोदी स्टेडियममा हुने थियो तर पाकिस्तानले क्वालिफाइ गरेमा फाइनल कोलम्बोको आर. प्रमदासा स्टेडियममा सार्ने सम्भावना छ । पाकिस्तानका खेलहरू सबै श्रीलंकामा हुनेछन् किनभने भारत र पाकिस्तान बीचको घरेलु समस्या यसको कारण रहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top