×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

१ कार्तिक २०८२

३१ असोज , काठमाण्डौ ।
ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

जेनजी आन्दोलनमा दमन गरेको भन्दै नेतृत्व छाड्नु पर्ने चौतर्फी दबाबलार्इं विभिन्न बहाना र तर्क प्रस्तुत गर्दै पन्छाउँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि नेताहरूले नेतृत्व हस्तान्तरणका लागि राजीनामा दिने एजेन्डालाई जोडजोडले उठाएका छन्।

Advertisement

शुक्रबार विहानसम्म केन्द्रीय कमिटी बैठकमा धारणा राख्नेमध्ये कयौँ नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गरेर पुस्तान्तरण गर्नुपर्ने धारणा राखेका हुन्।

बुधबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकपछि अर्का नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि फेसबुकबाट नभई केन्द्रीय कमिटिबाट राजीनामा माग हुनु पर्ने र त्यसरी राजीनामा माग भए आफू पदमा नबस्ने अभिब्यक्ति दिएका ओली आफ्नै अगाडि राजीनामा मागिएपछि कालोनिलो बन्नु पर्ने अवस्था निम्तिएको छ।

बैठकको अन्तिम तथा तेस्रो दिन आज एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै उनले भने, ‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ। कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ। हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ, हामीसँग ठोस निर्णय थिएन। वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम–लोकतान्त्रिक सरकार पनि ढल्यो, यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न।  म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु।’

यस्तै केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै नसकिने प्रष्ट पारेकी हुन्।

‘हरेक समयमा देशको एउटा कार्यभार हुन्छ। आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ। कांग्रेसमा त्यो सुरु भइसक्यो। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन। यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली,’ उनले बैठकमा भनिन्।

केन्द्रीय सदस्य तिम्सेनाले विध्वंश, विनाश र वियोगान्तपछि केन्द्रीय कमिटी बैठक बसिरहेको तर बैठकमा नेतृत्व पंक्तिका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहँदा असफल भएको हो? भन्दै प्रश्न गरिन्। उनले भदौ २३ गतेको जेनजी विद्रोहमा मारिएका २४ जनाको जिम्मा कसले लिने भन्दै पनि प्रश्न गरिन्।

‘बैठकमा नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौं। उसो भए अहिले असफल भएको चाहिँ को हो? अस्ति भर्खर ससाना नानीहरूको कत्लेआम भयो। खर्बाैंको सार्वजनिक र निजी सम्पत्तिमा आगजनी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो?

गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी प्रमुखलाई भागीदार बनाउने हो? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड?,’ उनले प्रश्न गरिन्।
बैठकमा भदौ २३ र २४ गतेको विद्रोह षड्यन्त्र भनिरहँदा एमालेविरूद्ध लाग्ने शक्तिहरू किटान हुनुपर्ने पनि धारणा राखिन्।

‘यतिखेर हामी कुन षड्यन्त्रको कुरा गरिरहेका छौं? कुनकुन वैदेशिक निकायहरू हुन् एमाले विरुद्ध लागेका? के हामी तिनलाई किटान गर्न सक्छौं? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौं?,’ उनको प्रश्न थियो।

अध्यक्ष ओलीले ११ वर्षदेखि पार्टी आन्दोलनको नेतृत्व गरिहेको भन्दै ११ वर्षका भएका अभ्यासहरूले पार्टी, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलन कहाँ पु¥यायो भन्दै प्रश्न गरेकी थिइन्। ‘कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो ।

यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पु¥यायो? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ताकस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास ग¥यौं? एक पल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो। मास फ्रस्टेन छ र थियो। स्विकारौं,’ उनले भनिन्।

त्यस्तै उनले पार्टीको चुनाव चिह्न सूर्य लिएर कस्ता मानिसहरू उठे भनेर त्यसको समीक्षा हुनुपर्ने पनि धारणा राखिन्। २०७९ को निर्वाचनपछाडि सक्किने की सच्चिने भन्ने बहस चर्चामा रहेको भन्दै उनले अहिले भदौ २३ र २४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको पनि उनले बताइन्।

जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने भएको बताउँदै त्यसलाई अनदेखा गर्न नमिल्ने बताइन्। ‘देशमा बरबादी छ, काम चलाऊ सरकार छ। संविधान संकटमा छ।

छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ। त्यसैले अब संसद्को पुनःस्थापना होइन, निर्वाचनमा जानुपर्छ। यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनःस्थापना हुन पर्छ भनेर भनेको छैन

अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौं भने एमाले खरानी टकटक्याएर बौरनेछ,’ उनले भनिन्। केन्द्रीय सदस्य तिम्सेनाले मीनबहादुरबाट दान वापत लिएको जग्गा फिर्ता गर्न आग्रह गरिन्।

उनले यसअघि पनि उक्त जग्गा लिन नहुने भनेकी थिइन्। त्यसवापत् ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन भएकी थिइन्। ‘अन्यथा नलिनु होला, मीनबहादुर गुरूङको सम्पत्तिमाथि हमला भयो, क्षती भयो, त्यसैले सहयोग फिर्ता गर्ने निर्णय गरौं,’ उनले भनिन्।

उनले भदौ २४को घटना राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न रहेको बताइन्। यसअघि नै केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले ओलीलाई देश र पार्टीको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा दिन सुझाव दिइसकेका छन् ।

नेताहरूका अनुसार रविन कोइराला, गणेश पाण्डे, केशव पाण्डे, ठम्मर विष्ट, कृष्ण केसी, रचना खड्का, केदार न्यौपाने, कृष्णभक्त पोखरेल, गणेश पहाडी, नरेन्द्र श्रेष्ठ, नवीना लामा, युवराज बास्कोटा, रमेश पौडेल, रामलाल साह, ममता गिरी, टंक कार्की, प्रकाश शाह, माधव अर्याल, तुलसा दाहाल, दीपा शर्मा, मनोजजंग थापा र मञ्जु गुरुङ लगायत २३ भन्दा बढी नेताले नै बिहीबारसम्म पार्टी पुनर्संरचना गर्दै नेतृत्वको हेरफेर गर्नुपर्ने धारणा राखेका छन् ।

बिहीबारको बैठकमा १४६ जनाले बोलेका थिए। ओलीको राजीनामा माग गर्ने संख्या निकै बढेको नेताहरूको भनाइ छ। सचिवालय बैठकमा पनि बहुमत पदाधिकारीले ओलीको राजीनामा मागेका थिए। यही कुरा बुझेर अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले वर्णानुक्रमअनुसार ‘ह’बाट धारणा राख्न दिइएको थियो।

सचिवालयका नेताहरूले पहिले बोलेको भए ओलीको विरोध गर्ने केन्द्रीय सदस्यहरूको संख्या अझै धेरै हुने आंकलनमा यसो गरिएको एमाले नेताहरुले ने आशंका गरेका छन् । बैठकमा बोलेका कुरा बाहिर मिडियामा सार्वजनिक भएको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए।

उनले केन्द्रीय सदस्य समाचारदाता भएको आरोप लगाए। ३४२ सदस्यीय केन्द्रीय कमिटीमा अब डेढसय जनाले बोल्न बाँकी छ। बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले ६ पृष्ठमा रहेको १५ बुँदे विशेष राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

सोही प्रतिवेदनमाथि नेताहरूले बोलेका हुन्। प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले भने अध्यक्ष ओलीको पदत्याग गर्नुपर्छ भन्नेमा थोरै नेता मात्र रहेको बताएका छन् । धेरैले भने महाधिवेशनमा पार्टी एकताबद्ध भएर जानुपर्ने धारणा राखेको उनी बताउँछन्।

बैठकमा विद्यादेवी भण्डारीको पक्षमा बोल्नेको संख्या समेत बढेकोछ । बिहीबार पनि भण्डारीको सदस्यता नवीकरण खुला गरेर काममै सक्रिय गराउनुपर्ने भन्ने पक्षमा २५ जना बढी नेताले धारणा राखेका छन्।

रचना खड्का, रामलाल साह, रामप्रीत पासवान, झपट रावल, जमिन्द्रमान घले, माधव अर्याल, नरदेवी पुन, तुलसा दाहाल, युवराज बाँस्कोटा, दीपा शर्मा, प्रभा बराल, नवीना लामा, मञ्जुदेवी गुरुङ, राम अवतार, प्रकाश शाह, ममता गिरी, केदार न्यौपाने, रविन कोइराला, युवराज बास्कोटा लगायत नेताहरू भण्डारीको पक्षमा उभिएका छन्।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top