नारायण घाट–मुग्लिङ सडक खण्डमा सात गाडी आपसमा ठोकिए

१ कात्तिक ८२, शनिबार

१ कार्तिक , काठमाण्डौ ।

Advertisement

नारायण घाट–मुग्लिङ सडक खण्डको गाई घाट भन्ने ठाउँमा आज बिहानै ७ वटा गाडी एक आपसमा ठोकिदा २१ जना घाइते भएका छन्। । दुर्घटनापछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार बिहान साढे सात बजेतिर मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२९ नम्बरको बसमा ठक्कर खाएका थिए।

Advertisement

त्यसपछि बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि रहेको बा।प्र ०६००१ ग ०४८४ नम्बरको माइक्रो, त्यसको पछाडि रहेको ग २ ख १६२६ नम्बरको बस, त्यसको पछाडि रहेको ना ३ च ३२५६ नम्बरको भ्यान, त्यसको पछाडि रहेको बिएबी ८४७० नम्बरको कार ठोक्किएको थियो।

दुर्घटनामा सात वटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइते सबैको उद्धार गरी भरतपुर स्थित विभिन्न अस्पताल ल्याएको जनाइएको छ । घाइते मध्ये १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पताल ल्याइएको डिएसपी खनालले बताए ।

Advertisement

घटनाको अझ थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top