जनकपुर झडपः प्रहरी र व्यवसायीबीच आरोपप्रत्यारोप

१ कात्तिक ८२, शनिबार

१ कार्तिक , काठमाण्डौ ।

जनकपुरमा प्रहरी र व्यवसायीबीच भएको झडपमा घाइते हुनेहरुको संख्या ११ पुगेको छ । घाइते हुनेमा दशजना प्रहरी र एक व्यवसायी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहेका छन् । जनपुरधामको सोनारपट्टीमा रहेको सञ्जय ठाकुरको ज्वलर्समा गएराति प्रहरीले छापा मार्नेक्रममा झडप भएको हो ।

“भारतबाट अवैधरूपमा चाँदी ल्याएको सूचनाका आधारमा हामी छापा मार्न गएका थियौँ,” जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमले भने, “प्रहरीलाई व्यापारीले अवरोध गरेपछि झडपको अवस्था आएको हो ।”

‘सोनारपट्टिमा अवैध रुपमा चाँदीको कारोबार भइरहेको सूचना आएको थियो, सम्बन्धित निकायसँग समन्वय गरेर त्यहाँ जाँदा चाँदी बरामद गरेका थियौं, बिल बिजक ल्याउन सक्नुभएको थिएन,’ उनले भने, ‘सुनचाँदी व्यवसायी संघका अध्यक्षलाई समेत बोलाएर मुचुल्का गर्ने प्रक्रियामा नै थियौं, उच्छृंख भएर सुरेन्द्र भण्डारी भन्ने मान्छे आइपुग्नुभयो, आएर पुलिसलाई तानेर लछारपछार गरेर हंगामा गरेपछि दुईपक्षबीच झडप भयो।’

बिल नभएको करिब सात किलो चाँदी बरामद गरिएको उनले जानकारी दिए । झडपका क्रममा ६÷७ राउन्ड हवाई फायर र ३÷४ सेल अश्रुग्यास प्रहार गरिएको डीएसपी बमले बताए ।

“दुईजना प्रहरीको टाउकोमा चोट लागेको छ, अवस्था मध्यम रहेको छ,” डीएसपी बमले भने । उनले राजश्व अनुसन्धान विभागसँग समन्वय गरेर छापा मारेको प्रष्ट पारेका छन् । ‘पसलको नाम पनि थिएन, भर्खरै खोलेको भनिएको छ, के कसो हो बाँकी अनुसन्धान राजश्वले गर्छ,’ उनले भने ।

डिएसपी बमकै नेतृत्वमा प्रहरी टोलीले छापा हानेको थियो । धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ, अर्को एसपी जिल्ला आइपुगेका छैनन् । यता नयाँ खुलेको व्यवसायमा छापामारी गरेर धनतेरशको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको व्यवसायीहरुको भनाइ छ ।

कालीगढकै काम गर्दै आएका ठाकुरले नयाँ ज्वेलर्स खोलेका हुन् । धनतेरशको अवसर पारेर शनिबार ज्वेलर्सको उद्घाटन गर्ने तयारी भइरहेको थियो । उनीहरुले घटनामा दोषी प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीले चाडवाडको समयमा व्यवसायीलाई आतंकित पार्ने काम नगर्नुस भनेर आग्रह गर्दा प्रहरीले पछाडिबाट आफ्नो टाउकोमा लाठी प्रहार गरेको बताए ।

‘छापा हान्ने कुनै टोली थिएन, बल प्रयोग गरेर जर्बजस्ती सामान लैजान खोजियो, दिपावली छठको समयमा यसो नगर्नुस्, यदि गर्नुहुन्छ भने पनि संघका पदाधिकारी चाहियो, राजश्व अनुसन्धानका कर्मचारी हुनुपर्छ, भनेर आग्रह ग¥यौं,’ उनले भने, ‘ तर क्राइमका सइ मनोज यादवले पछाडिबाट लाठी चार्ज गर्नुभयो, हवाई फायर र अश्रुग्यास हानेर लुटेरा शैलीमा चाँदी लगेका छन्।’

आफ्नो खुट्टा र ढाडमा समेत चोट लागेको उनले बताए । बिल बिजक नभएको भन्ने प्रहरीको आरोप सही नभएको उनको भनाइ छ ।  ‘पसलमा किन बिल बिजक हुँदैन ? उनीहरु खाली बिल बिजक छैन भनेर फसाउने काम गर्छन्,’ उनले भने, ‘धन तेरशको दिन उद्घाटन हुँदै थियो, अघिल्लो दिन आएर त्यसो गर्ने हो ?’

सम्बन्धित निकायलाई खबर नै नगरी प्रहरीले गएर कसैको व्यवसायमा त्यतिकै छापा हान्नु गलत भएको उनको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top