NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

मङ्लबार कार्तिक ४ , २०८२
Reading Time: 1 min read
A A
प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ कार्तिक , काठमाण्डौ ।

निर्वाचन मुख्य म्यान्डेड लिएर बनेको र फागुन २१ कालागि मिति पनि तय गरिसकेको सरकारले सोही अनुसारको वातावरण बनाउन नसकेको, दलहरुलाई विश्वासमा लिन र संवादसम्म नगरेको भन्दै आलोचना भइरहेका बेला आज प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछन् ।

कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । यो छलफल आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा केन्द्रित हुने छ ।

रावलका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन प्रधानमन्त्रीले औपचारिक पत्र लेखेकी छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन् ।

कतिपय राजनीतिक दलहरूले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण नबनाएको, राजनीतिक दलसँग कुनै छलफल र संवाद नगरेको, निषेधको राजनीति गरेको भन्ने आरोप लगाउँदै आएका बेला आज भने दलहरुले सरकारसंग वार्ता गर्न लागेका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा राजनीतिक दलहरूसँग छलफल र संवाद गरेका थिए । तर, प्रधानमन्त्री कार्कीले यसअघि निर्वाचनबारे राजनीतिक दलसँग कुनै संवाद गरेकी थिइनन् ।

अब आज उनले सात दलहरुलाई वार्तामा बोलाउँदा सबैको ध्यान एमाले बालुवाटार वार्तामा सहभागि हुन्छ कि हुँदैन र भए को को सहभागी हुन्छन्, उनीहरु कसरी प्रस्तुत हुन्छन् भन्नेमै केन्द्रित भएको छ ।

यसैबीच आजको छलफफलमा नेकपा एमाले सहभागी हुने जानकारी प्राप्त भएको छ । एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने सूचना छ ।

‘प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा हाम्रो पार्टीबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘उहाँहरूले बैठकमा पार्टीको स्पष्ट धारणा राख्नु हुनेछ।’

सरकारले आगामी फागनु २१ गतेको लागि प्रतिनिधसभा निर्वाचन मिति तोकेको छ । तर, एमालेले भने निर्वाचन हुने वातावरण मुलुकमा नरहेको भन्दै विघटित संसद् नै पुनःस्थापना हुनुपर्ने अडान राख्दै आएको छ ।

एमालेको केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले पनि संसद् पुनःस्थापनाको पक्षमा अभियान अघि बढाउने निर्णय गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको हो ।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेड पाएको छ । त्यसैका लागि आज छलफल राखिएको हो । आजको छलफलका लागि सबै दललाई पत्र पठाइएको र फोन गरेरसमेत जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सञ्चारमन्त्री जगदिश खरेलले सातै दलका नेतालाई खबर गरेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन् । प्रधानमन्त्री कार्कीले अनौपचारिक रूपमा राजनीतिक दलहरूसँग छलफल गरे पनि मंगलबार औपचारिक रूपमा पहल सुरु गर्न लागेकी हुन् ।

पहिलो चरणमा सात दललाई बालुवाटार बोलाएको हो । अब दोस्रो चरणमा निर्वाचन आयोगमा दर्ता भएका अन्य दललाई छलफलमा बोलाउने तयारी छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका र निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेपछि दर्ता भएका सबैसँग छलफल गर्ने प्रधानमन्त्रीको कार्यसूची छ ।

राजनीतिक दलसँगै प्रधानमन्त्रीले पूर्वनिर्वाचन आयुक्त, पूर्व आयुक्त, निर्वाचन पर्यवेक्षणमा अनुभव भएका विज्ञ र नागरिक समाजसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले ३० कात्तिकसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दल दर्ताको क्रम चल्दै गर्दा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन यस्तो छलफल थालेको गृहमन्त्री ओमप्रकाश अर्यालको दाबी छ ।

यस्तै निर्वाचन तोकिएकै समयमा हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरेका छन् । सरकारले आयोगसँग विभिन्न चरणमा छलफल गरिरहेको र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र सरकारका सबै तहले आ–आफ्नो स्थानबाट पहल गरिरहेको उनले दाबी गरेका छन् ।

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग–अलग वार्ता गरिसकेकी छन् । केही दिनअघि माओवादीका दोस्रो तहका नेताहरूसँग पनि छलफल गरेकी थिइन् । उनले शुक्रबार माओवादीका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग बालुवाटारमा छलफल गरेकी थिइन् ।

माओवादी नेताले पहिले नै चुनावमा जाने निर्णय गरिसकेकाले त्यसका लागि वातावरणचाहिँ उपयुक्त बन्नुपर्ने सुझाव दिएका थिए । चुनावका लागि अहिले सुरक्षाको भरपर्दो अवस्था नरहेको भन्दै दलहरूले चासो जनाइरहेका छन् ।

राष्ट्रपतिले पनि दलहरूको यो चासो मुख्य भएकाले सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्रीले यसअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूसँग अनौपचारिक रूपमा सम्पर्क र कुराकानी गर्दै आएकी थिइन् । यस्तै नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने तय भएको छ ।

माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

Tags: #प्रधानमन्त्रीले बोलाएको वार्ता#बालुवाटार वार्ता

लोकप्रीय

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

विचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

थप समाचार

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.