×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

५ कार्तिक २०८२

४ कार्तिक , काठमाण्डौ ।

निर्वाचन मुख्य म्यान्डेड लिएर बनेको र फागुन २१ कालागि मिति पनि तय गरिसकेको सरकारले सोही अनुसारको वातावरण बनाउन नसकेको, दलहरुलाई विश्वासमा लिन र संवादसम्म नगरेको भन्दै आलोचना भइरहेका बेला आज प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछन् ।

Advertisement
Advertisement

कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ । यो छलफल आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा केन्द्रित हुने छ ।

रावलका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन प्रधानमन्त्रीले औपचारिक पत्र लेखेकी छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन् ।

कतिपय राजनीतिक दलहरूले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण नबनाएको, राजनीतिक दलसँग कुनै छलफल र संवाद नगरेको, निषेधको राजनीति गरेको भन्ने आरोप लगाउँदै आएका बेला आज भने दलहरुले सरकारसंग वार्ता गर्न लागेका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा राजनीतिक दलहरूसँग छलफल र संवाद गरेका थिए । तर, प्रधानमन्त्री कार्कीले यसअघि निर्वाचनबारे राजनीतिक दलसँग कुनै संवाद गरेकी थिइनन् ।

अब आज उनले सात दलहरुलाई वार्तामा बोलाउँदा सबैको ध्यान एमाले बालुवाटार वार्तामा सहभागि हुन्छ कि हुँदैन र भए को को सहभागी हुन्छन्, उनीहरु कसरी प्रस्तुत हुन्छन् भन्नेमै केन्द्रित भएको छ ।

यसैबीच आजको छलफफलमा नेकपा एमाले सहभागी हुने जानकारी प्राप्त भएको छ । एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने सूचना छ ।

‘प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा हाम्रो पार्टीबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने तय भएको छ,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘उहाँहरूले बैठकमा पार्टीको स्पष्ट धारणा राख्नु हुनेछ।’

सरकारले आगामी फागनु २१ गतेको लागि प्रतिनिधसभा निर्वाचन मिति तोकेको छ । तर, एमालेले भने निर्वाचन हुने वातावरण मुलुकमा नरहेको भन्दै विघटित संसद् नै पुनःस्थापना हुनुपर्ने अडान राख्दै आएको छ ।

एमालेको केही दिनअघि सकिएको केन्द्रीय समिति बैठकले पनि संसद् पुनःस्थापनाको पक्षमा अभियान अघि बढाउने निर्णय गरेको थियो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको हो ।

कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेड पाएको छ । त्यसैका लागि आज छलफल राखिएको हो । आजको छलफलका लागि सबै दललाई पत्र पठाइएको र फोन गरेरसमेत जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सञ्चारमन्त्री जगदिश खरेलले सातै दलका नेतालाई खबर गरेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएका छन् । प्रधानमन्त्री कार्कीले अनौपचारिक रूपमा राजनीतिक दलहरूसँग छलफल गरे पनि मंगलबार औपचारिक रूपमा पहल सुरु गर्न लागेकी हुन् ।

पहिलो चरणमा सात दललाई बालुवाटार बोलाएको हो । अब दोस्रो चरणमा निर्वाचन आयोगमा दर्ता भएका अन्य दललाई छलफलमा बोलाउने तयारी छ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका र निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेपछि दर्ता भएका सबैसँग छलफल गर्ने प्रधानमन्त्रीको कार्यसूची छ ।

राजनीतिक दलसँगै प्रधानमन्त्रीले पूर्वनिर्वाचन आयुक्त, पूर्व आयुक्त, निर्वाचन पर्यवेक्षणमा अनुभव भएका विज्ञ र नागरिक समाजसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले ३० कात्तिकसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दल दर्ताको क्रम चल्दै गर्दा प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन यस्तो छलफल थालेको गृहमन्त्री ओमप्रकाश अर्यालको दाबी छ ।

यस्तै निर्वाचन तोकिएकै समयमा हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरेका छन् । सरकारले आयोगसँग विभिन्न चरणमा छलफल गरिरहेको र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म र सरकारका सबै तहले आ–आफ्नो स्थानबाट पहल गरिरहेको उनले दाबी गरेका छन् ।

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग–अलग वार्ता गरिसकेकी छन् । केही दिनअघि माओवादीका दोस्रो तहका नेताहरूसँग पनि छलफल गरेकी थिइन् । उनले शुक्रबार माओवादीका नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग बालुवाटारमा छलफल गरेकी थिइन् ।

माओवादी नेताले पहिले नै चुनावमा जाने निर्णय गरिसकेकाले त्यसका लागि वातावरणचाहिँ उपयुक्त बन्नुपर्ने सुझाव दिएका थिए । चुनावका लागि अहिले सुरक्षाको भरपर्दो अवस्था नरहेको भन्दै दलहरूले चासो जनाइरहेका छन् ।

राष्ट्रपतिले पनि दलहरूको यो चासो मुख्य भएकाले सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्रीले यसअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूसँग अनौपचारिक रूपमा सम्पर्क र कुराकानी गर्दै आएकी थिइन् । यस्तै नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने तय भएको छ ।

माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top