चीनलाई १५५% ट्यारिफ लगाउने ट्रम्पको ध म्की

४ कार्तिक , काठमाण्डौ ।

एसियादेखि युरोपसम्म ट्यारिफ बढाएपनि चीनको जवाफी ट्यारिफपछि कर नीतिमा पर्ख र हेरको अवस्थामा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चीनलाई ट्यारिफको धम्की दिएका छन् ।

राष्ट्रपतिस्तरमा पनि भेटवार्ताका केही तयारीहरु भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने फेरि चीनलाई १५५ प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका छन् ।

Advertisement

सोमबार उनले चीनलाई नोभेम्बर १ भित्र व्यापार सम्झौता गर्न निर्देशन दिएका छन् । ट्रम्पले यो अभिव्यक्ति ह्वाइट हाउसमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजसँगको भेटवार्ताका क्रममा दिएका हुन् ।

उनले पहिले धेरै देशहरूले अमेरिकाको फाइदा लिँदै आएको तर अब त्यसो हुन नदिइने बताएका छन् । ट्रम्पले आफू छिट्टै दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने जानकारी दिएका छन् ।

यो भेट दुवै देशका लागि फाइदाजनक सम्झौता बन्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, “हाम्रोबीच राम्रो सम्बन्ध छ र मलाई लाग्छ, हामी यस्तो सम्झौता गर्नेछौँ, जुन दुवै देशका लागि लाभदायक हुनेछ । म उनीहरूले हाम्रो भटमास खरिद गरून् भन्ने चहान्छ् । यो दुवै देश र सम्पूर्ण विश्वका लागि उत्कृष्ट हुनेछ ।”

ट्रम्पले अर्को वर्षको सुरुमा चीन भ्रमणको निम्तो पाएको र त्यसलाई आफूले स्वीकार गरिसकेको जानकारी पनि दिए । अमेरिकाले अक्टोबर १० मा चीनमाथि १०० प्रतिशत अतिरिक्त महसुल लगाउने धम्की दिएको थियो ।

यसैबीच, चीनले आफ्ना शीर्ष व्यापार वार्ताकार ली चेङग्याङलाई पदबाट हटाएको छ । उनी हालै अमेरिकासँगको चार चरणको वार्तामा संलग्न थिए । उनलाई विश्व व्यापार संगठनमा चीनका स्थायी प्रतिनिधि पदबाट हटाइएको र उनको ठाउँमा ली योङजीएलाई नियुक्त गरिएको छ ।

यो परिवर्तन यस्तो समयमा भएको छ जब अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले ली चेङग्याङको व्यवहारको आलोचना गरेका थिए । यसैबीच चीनले पनि अमेरिकामाथि आफ्नो नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गरेको आरोप लगाएको छ ।

यस्ता कार्यहरूले देशको सञ्चार सञ्जाल, वित्तीय प्रणाली र विद्युत् आपूर्तिको स्थिरतामा खतरा उत्पन्न गर्नसक्ने चीनले चेतावनी दिएको रोयटर्सले जनाएको छ ।

चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीच्याटमा आइतबार पोस्ट गरिएको वक्तव्यमा, सरकारी सुरक्षा मन्त्रालयले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले २०२२ मा टाइम सेन्टरका कर्मचारीहरूको उपकरणबाट संवेदनशील डेटा चोरी गर्नका लागि एउटा अपरिचित विदेशी मोबाइल फोन ब्रान्डको मेसेजिङ सेवाको कमजोरीहरूको फाइदा उठाएको दाबी गरेको छ ।

मन्त्रालयले अमेरिकी एजेन्सीले सेन्टरका धेरै आन्तरिक सञ्जालहरूमा घुसपैठ गर्न ४२ प्रकारका विशेष साइबर आक्रमण हतियारहरू तैनाथ गरेको र २०२३ र २०२४ को बीचमा एक आवश्यक टाइमिङ प्रणालीसँग सम्झौता गर्ने प्रयास गरेको पनि आरोप लगाएको छ ।

चिनियाँ सरकारले आफूसँग प्रमाण रहेको बताएको छ । तर, सामाजिक संजाल पोस्टमा उक्त प्रमाणहरू उपलब्ध गराएको छैन । बक्तव्यमा टाइम सेन्टरले चीनको स्ट्यान्डर्ड समय बनाउने र वितरण गर्ने, साथै सञ्चार, वित्त, विद्युत्, यातायात र रक्षाजस्ता उद्योगहरूलाई टाइमिङ सेवाहरू पनि प्रदान गर्ने भनिएको छ ।

मन्त्रालयले जोखिमहरूलाई अन्त्य गर्न केन्द्रलाई मार्गनिर्देश गरिएको बताएको छ । बेजिङमा रहेको अमेरिकी दूतावासले चीनको आरोपहरूको जवाफ नदिए पनि चीनमा रहेको साइबर अपराधीहरूले व्यापक र महत्वपूर्ण साइबर जासुसी अभियानहरू सञ्चालन गर्न अमेरिका र विश्वभरका प्रमुख दूरसञ्चार प्रदायकहरूको सञ्जालमा घुसपैठ गरेको बताएको छ ।

दूतावास एक प्रवक्ताले रोयटर्सलाई इमेलमार्फत भने, “अमेरिकी सरकार, निजी क्षेत्र र महत्वपूर्ण पूर्वाधार सञ्जालहरूका लागि सबैभन्दा सक्रिय र निरन्तर साइबर खतरा चीन हो ।” हालका वर्षहरूमा पश्चिमी देशहरूले चिनियाँ सरकारसँग जोडिएका ह्याकरहरूले आफ्ना देशका अधिकारीहरू, पत्रकारहरू, निगमहरू र अन्यलाई निशाना बनाएका आरोप लगाएका छन् ।

मन्त्रालयको यो बक्तव्यले व्यापार, प्रविधि र ताइवानसँग जोडिएका मुद्दाहरूबाहेक अमेरिका र चीनबीचको तनावलाई थप बढाउन सक्ने बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top