×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

९ कार्तिक २०८२

८ कार्तिक , काठमाण्डौ ।

प्राकृतिक विपत् होस या राजनीतिक उथलपुथल आम नेपाली सर्वसाधारणलाई वर्षौँदेखि आतङ्कित पार्दै आएको छ । दश बर्षे माओवादी जनयुद्धका कहाली लाग्दा तिन दिनदेखि चैत्र १५ गतेको काठमाण्डौं विध्वंस हुँदै भदौ २३ र २४ गतेको नरसंहार सम्म आइ पुग्दा नेपाली मनहरू पिडाले छ्या छ्या मात्र भएका छैन अब फेरी के हुन्छ भन्ने त्रासमा पनि उतिकै कापी रहन्छन् ।

Advertisement
Advertisement

बजारमा फेरी एउटा हल्ला चल्दै आएको छ । महान् चाड दसँए तिहार र छठपछि फेरी देशमा उथलपुथल हुन्छ । चाडबाडहरू सकिँदै आएका छन् । हामी यो वर्षको अन्तिम ठुलो पर्व छठको छिलीमीलीमा रम्दै छौँ ।

एका तिर चाडबाड बिदा हुँदै छन् भने अर्को तिर अब के हुन्छ रु भन्ने चासो र चिन्ता सबैमा देखिन्छ । बजारमा आएको अफवाहको आगोमा घ्यु थप्ने काम मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरी रहेको आरोप सुरक्षा निकायको छ ।

त्यही भएर यति बेला सुरक्षा निकायको ध्यान प्रसाईँ तिर केन्द्रित भएको छ । चैत्र १५ होस या भदौ २३ र २४ गतेका कार्यक्रमलाई सामान्य रूपमा लिएको सुरक्षा निकाय यस पटक बेलैमा चनाखो बनेको देखिन्छ ।

गणतन्त्रको खारेजी, हिन्दु राष्ट्र र राजा फर्काउने एजेन्डा सहित सडकमा आएका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकै लामो समयदेखि सुरक्षा निकायका लागि टाउको दुखाइ बन्दै आएका छन् ।

केही युट्युब च्यानल, सामाजिक सञ्जाल र केही टेलिभिजनलाई समेत प्रयोग गर्दै व्यवस्था र व्यक्ति प्रतीक अनेक आरोप लगाउँदै चर्चामा आएका प्रसाईँलाई प्रहरीले साइवर अपराध देखि ज्यान मार्ने उद्योगमा समेत पटक पटक पक्राउ गरी सकेको छ ।

पछिल्लो पटक प्रसाईँले चैत्र १५ गते काठमाण्डौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि २ जनाको ज्यान समेत गएको थियो । त्यसपछि दुर्गा प्रसाईँ भागेर

सिक्किम पुगेका थिए । १५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैङ्किङ कसुर दुवैमा गएको साउन महिनामा उनलाई धरौटीमा छाड्ने आदेश उच्च अदालत पाटनले गरेपछि कारागारबाट रिहा भएका थिए ।

२५ लाख धरौटीमा छुटेका प्रसाईँको मुद्दा अहिले पनि किनारा लागेको छैन । राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौँमा उनी विरुद्ध मुद्दा दर्ता भएको थियो ।

कारागारबाट छुटेपछि प्रसाईँ केही समय मौन नै बसे । भदौ २२ गते जेनजीहरुले आन्दोलन घोषणा गरे सँगै प्रसाईँले समर्थन गरे । त्यही दिन जेनजी अभियन्ता मिराज ढुङ्गाना सहितले उनलाई घरमै गएर आन्दोलनमा नआउन आग्रह समेत गरे ।

त्यो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो । भदौ २४ गते आन्दोलन सफल भएपछि नेपाली सेनाका प्रधान सेनापति सँग नयाँ सरकार गठनका बारेमा छलफल गरिएको भन्दै अर्को तस्बिर सार्वजनिक भयो । प्रसाईँले प्रधानमन्त्री पाए देश चलाउने अभिव्यक्त पनि दिए ।

तर जेनजीबाटै विरोध सुरु भएपछि प्रसाईँ उल्टै जेनजी विरुद्ध नै बोल्न थाले । नयाँ सरकार बनेपछि प्रसाईँको सामाजिक सञ्जालमा सक्रियता बढेको छ । प्रसाईँले केही युट्युबको प्रयोग गर्दै जेन–जी आन्दोलनलाई नै बदनाम गराउने र त्यो आन्दोलनमा सहभागी भएका विरुद्ध अफवाह फैलाउन प्रयास गरी रहेको सुरक्षा निकायको बुझाइ छ ।

छठ लगत्तै हुने आन्दोलनले देशै ठप्प पार्ने दाबी गर्दै प्रसाईँले प्रचार गर्न थालेको भन्दै सुरक्षा निकायले उनी र उनका सहयोगहरू माथि निगरानी बढाउन थालेको छ ।उनले सामाजिक सञ्जाल, केही टेलिभिजन र युट्युबमा अन्तर्वार्ता दिँदै छठपछि भीषण आन्दोलन हुने भन्दै अत्यावश्यक सामग्रीहरू प्रचारमा ल्याएको प्रहरीको बुझाइ छ।

यसलाई अधिवक्ता हुँदै राजतन्त्रको पक्षमा सक्रिय भएका स्वागत नेपालसमेत साथ दिएको स्रोतको दाबी छ । छठपछि व्यवस्था बदल्न भीषण आन्दोलनको तयारी भइरहेको भन्दै उनी पनि प्रचारमा सक्रिय रहेको प्रहरीको बुझाइ छ ।

नेपाल आफैले केही दिन अघि मात्र प्रहरीको साइवर ब्युरोले आफूलाई फोन गरेको सार्वजनिक गरेका थिए । यी दुवै गत चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनको कमान्डर र प्रवक्ता हुन्।

जेनजी आन्दोलनको दोस्रो दिनको विध्वंससँगै राज्य संयन्त्र कमजोर भएको मौका छोपेर आन्दोलन मार्फत राजतन्त्र फर्काउने रणनीतिमा उनीहरू पुन सक्रिय भएका छन्।
भदौ २३ मा संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गर्दै माहौल उत्तेजक बनाउन र २४ गते मुख्य रूपमा व्यापारिक प्रतिष्ठानमाथिको आगजनी र लुटपाटमा प्रसाईँ समूहका सदस्य देखिएको प्रहरीको दाबी छ ।

प्रसाईँले सुकुम्वासी बस्तीका केही सदस्य, राइड सेयरिङमा आबद्ध मोटरसाइकल र ट्याक्सी चालकहरूको प्रयोग गरेको प्रहरीको दाबी छ । देशको तरल अवस्थाको मौका छोप्दै फेरी नेपालमा राजतन्त्र फिर्ताको एजेन्डा बोक्ने केही समूहले छठ पर्व सकिए लगत्तै पुनः सक्रिय हुने सङ्केत देखिएको सुरक्षा स्रोतको दाबी छ ।

गृह मन्त्रालय अन्तर्गतका सुरक्षा एजेन्सीहरू त्यसलाई रोक्न पूर्व तयारीमा जुटेको स्रोतले बतायो । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा सन्दिग्ध गतिविधि, सञ्चार नेटवर्क र सहभागीहरूको प्रोफाइल तयार पार्न थालेको छ ।

सुरक्षा स्रोतहरूका अनुसार गत चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शन र त्यसपछिका भदौ २३–२४ का हिंसात्मक घटनालाईिङबाट पाए गएका कमजोरीहरू सच्याउन अहिलेदेखि नै गहिरो अनुगमन, सूचना सङ्कलन र रणनीतिक योजना बनाइएको छ।

ती घटनामा प्रयोग भएका प्रविधि र भौगोलिक संरचना पुनरावृत्ति हुन नदिन विशेष सतर्कता अपनाइने छ । प्रसाईँ यति बेला सामाजिक सञ्जाल तथा केही युट्युब र टेलिभिजन मार्फत प्रचारप्रसार गरेर छठपछि व्यापक आन्दोलन गरिने दाबी फैलाइरहेका छन्।

उनीहरूको मोबाइल अभियान, प्रत्यक्ष सम्पर्क र मिडिया अन्तर्वार्ताहरूमार्फत असत्य सूचना फैलाएर जनतालाई त्रसित बनाउने र आवश्यक सामग्री जोहो गर्न उक्साउने काम भइरहेको सुरक्षा निकायले ठान्दै आएको छ।

प्रसाईँले प्रदर्शनका बेला आवश्यक जनशक्ति जुटाउन पठाओ, इन्ड्राइभ जस्ता राइडशेयर प्लेटफर्ममा आबद्ध चालक र राइडरहरूमाथि आर्थिक प्रोत्साहन दिँदै सहभागिताका लागि आकर्षित गर्ने गरेको सम्मको प्रमाण फेला परेको सुरक्षा स्रोतको दाबी छ ।

सुरक्षा निकायले यस्ता प्लेटफर्ममार्फत प्रयोग गरिएका सम्पर्कहरू र आर्थिक लेनदेनको विवरण सङ्कलन गर्न थालेको छ । प्रसाईँ समूहले आफ्नो सन्देश फैलाउन केही युट्युब तथा टेलिभिजनलाई प्रयोग गरेको र ती मिडिया तथा सञ्चालकहरूका बारेमा पनि जानकारी सङ्कलन गर्न थालेको छ ।

अराजक वातावरण सिर्जना गर्ने उद्देश्यले अन्तर्वार्ता र लाइभद्वारा त्रास फैलाउने च्यानलहरू र व्यक्तिहरू निगरानी बढाएको स्रोतको दाबी छ । स्रोतअनुसार, केही राजावादी समूह र राजतन्त्र समर्थक व्यक्तिहरू प्रसाईँ समूहसँग मिलेर काम गर्न थालेका प्रमाणहरू जुटेका छन् ।

चैत १५ मा सहभागी भएको र मुद्दा चल्ने क्रममा धरौटीमा छुटेकाहरूसमेत निगरानीमा राखेको र राजावादी तथा सम्बन्धित समूहहरूका गतिविधि निरन्तर ट्र्याक गर्न थालिएको छ ।

गृह मन्त्रालयका अधिकारीहरूले विगतका चुनौतीहरूबाट सिक्दै प्रारम्भदेखि नै सूचना सङ्कलन, अनुगमन र रणनीति तय गरेको खुलाइएको छ। सुरक्षा स्रोतले भने—“हामीले अब सूचना सङ्गठित रूपमा नियन्त्रण गरिरहेका छौँ इन्धन, आगजनी सामाग्री तथा हिंसात्मक क्रियाकलापका लागि प्रयोग हुने उपकरणको कारोबार र भण्डारणसमेत ट्र्याक गर्ने निर्णय गरिएको छ।”

प्रहरी र सुरक्षा निकायले सार्वजनिक स्थलहरूमा सुरक्षा कडा पार्ने, संवेदनशील स्थानहरूसहित परिवहन र वित्तीय संस्थाहरूको अतिरिक्त निगरानी गर्ने, र सञ्चार च्यानलहरूमा फैलिरहेका भ्रामक सन्देशहरूको तथ्य जाँचलाई तीव्र बनाउने तयारी गरेका छन्।

कानुनी रूपमा पनि राज्यविरुद्धको अपप्रचार र हिंसात्मक उक्साहट दिने व्यक्ति तथा सञ्चारमाध्यमलाई सम्बन्धित दफा अनुसार अनुसन्धानमा समावेश गरिने र आवश्यक देखिएमा कानुनी कारबाही हुने प्रक्रियामा रहेको सुरक्षा स्रोतले जनाएको छ।

चैत १५, भदौ २३–२४ जस्ता घटनाले देखाएको कमजोरी सच्याउन सुरक्षा संस्था सक्रिय हुनु सकारात्मक कदम हो। यद्यपि, कानुन र मानवअधिकारको सीमाभित्र नै सबै अनुसन्धान र अन्तरक्रियात्मक उपायहरू जारी राख्नु आवश्यक छ।

Advertisement

साथै, मिडिया हाउस र सामाजिक प्लेटफर्महरूले पनि जिम्मेवार समाचार प्रसारणमा सहयोग पुर्याकउनुपर्ने अवस्था बलियो हुन पुगेको छ नत्र अस्वास्थ्यकर अफवाह र उक्साहटले समाजमा व्यापक नकारात्मक असर पुर्यायउन सक्छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top