×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

महाशक्ति अमेरिकासँग मैदानमा भिड्दै नेपाल

१० कार्तिक २०८२

९ कार्तिक, काठमाण्डौ ।

तेस्रोपटक टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीले आजदेखि यूएईमा आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई र अमेरिकासँग एकदिवसीय शृंखला खेल्दै छ । लिग २ को यस शृंखला आज २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ ।

Advertisement
Advertisement

नेपालले पहिलो खेलमा आज अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा फेरि अमेरिका र ५ नोभेम्बरमा यूएईसँग खेल्दै छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली टोली यसपालि उच्च लयमा छ। त्यसकारण आजको खेलमा अमेरिकालाई कडा टक्कर दिने सम्भावना रहन्छ। लिग–२ का बाँकी खेलहरूमा जित निकाल्नुपर्ने दबाब पनि नेपाली टोलीलाई छ।

टी–२० विश्वकपमा छनोट प्रतियोगिताको उपाधि नै जितेको नेपाली टोली ओमानबाटै यो सिरिज खेल्नका लागि युएई प्रस्थान गरेको थियो। यो सिरिजपछि नेपाली टोली स्वदेश फर्किनेछ ।

लिग–२ मा नेपालले १६ खेल खेल्दा १२ अंक मात्र जोड्न सकेको छ। आठ टोलीको यो प्रतियोगितामा स्कटल्यान्ड २४ खेलबाट ३० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको २० खेलबाट २८ अंक छ भने नेदरल्यान्ड्स पनि २४ खेलबाट २८ अंक जोडेर तेस्रो स्थानमा छ।

चौथो स्थानको ओमानको २० खेलबाट २४ अंक, पाँचौ स्थानको क्यानडाको २४ खेलबाट २१ अंक र छैटौं स्थानको नामिबियाको समान खेलबाट १९ अंक छ। नेपाल १२ अंक जोडेको सातौं स्थानमा रहँदा युएई ६ अंकसहित आठौं स्थानमा छ।

गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूलाई खुसी दिएको नेपाली टोलीले अब लिग २ मा गरेको पुनरागमनको बाटोमा अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा हुनेछ । टी–२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग २ को उक्त शृंखला खेल्दैछन् ।

जसका लागि अन्तिम टोली घोषणा भइसकेको छ । विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा भित्रिएका छन् ।

अधिकांश खेलाडी निरन्तर खेलमा सक्रिय नै रहेको हुँदा नेपालका लागि ती खेलाडीहरूको लय राम्रो हुनु फाइदाको विषय पनि हो । त्यही कारण पनि हालको लयलाई अब लिग २ का खेलहरूमा पनि निरन्तरता दिने नेपालको लक्ष्य हुनेछ ।

नेपालले सबै खेल जितेमा पनि २० अंकमा पुग्नेछ जुन् अवस्थामा नेपाल १९ अंक रहेको नामिबियालाई पछि पारेर सातौंबाट छैटौंमा उक्लन सक्छ । नेपालले पछिल्लो ४ महिनादेखि ५० ओभरको कुनै खेल एवम् अभ्यास खेलेको छैन ।

असारमा लिग २ खेलेपछि निरन्तर टी–२०मा सक्रिय रहेका खेलाडीहरू केही दिनकै अन्तरमा ओडिआईमा स्वीच हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि ३ खेलाडीबाहेक अन्य खेलाडी टी–२० कै टोलीबाट निरन्तरता पाएकाले त्यहाँ नेपालले ध्यान दिनुपर्ने विषय बन्न सक्छ ।

त्यस्तै नेपाली टोलीले ब्याटिङमा पनि ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लोपटक लिग २ खेल्दा ब्याटिङमा निकै सुधार भएको देखिएको थियो । सोही लयको खेल नेपालले सोही स्थानबाट सुचारु गर्नुपर्ने हुन्छ ।

लिग २ को तालिकामा हाल अमेरिका २० खेलमा २८ अंक जोडेर दोस्रो स्थानमा छ भने १६ खेलमा ६ अंकसहित यूएई पुछारमा छ । अमेरिकाले हालसम्म १४ जित र ६ हारको नतिजा निकालेको छ ।

नेपाल र यूएईसँग यसअघि पनि खेलिसकेको अमेरिकाले यस लिग २ साइकलमा दुवै टोलीसँग हार बेहोरेको छैन । यस्तै यूएईले भने ३ जित निकाल्दा १३ हार बेहोरेको छ। नेपालले ओडिआईमा अमेरिकासँग हालसम्म ८ पटक खेलेको छ ।

जहाँ नेपालले ४ खेलमा जित निकाल्दा अमेरिकाले ३ खेल जितेको छ । एक खेल टाइ भएको थियो । त्यस्तै यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ। नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

Advertisement

लिग टु खेल्ने नेपाली टोलीमा रोहित पौडेल कप्तानसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा, शाहब आलम रहेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top