NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी आइतवार कार्तिक ९ , २०८२
वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध आइतवार कार्तिक ९ , २०८२
आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री आइतवार कार्तिक ९ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने आइतवार कार्तिक ९ , २०८२
Next
Prev

समाचार

जेनजी आन्दोलनमा कलाकारले हिं सा भ ड्का एकै हुन त ?

आइतवार कार्तिक ९ , २०८२
Reading Time: 1 min read
A A
‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ 
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ कार्तिक, काठमाण्डौ ।

पुरानो सत्ता फ्याँक्ने गरी भदौ २३ र २४ गते भएको जेनटजी आन्दोलनका क्रममा नेपालमा भएका राजनीतिक परिवर्तनका धेरै आन्दोलन मध्ये सबै भन्दा ठुलो भौतिक क्षति हुन पुग्यो । २ दिनमा ७६ जनाको ज्यान गयो र अरबौँको भौतिक संरचना मात्र क्षति भएन ऐतिहासिक सिंहदरबार देखि सर्वोच्च अदालत सम्म जलेर खरानी भयो।

जेनजीको आन्दोलनमा देशी मात्र हैन विदेशी घुसपैठ सम्मका कुराहरु बाहिर आइ रहेका छन् । एउटा छिमेकीको घर जलाएको आरोपमा अर्को छिमेकी पक्राउ परी रहेको छ । सामाजिक सञ्जालमा आन्दोलनका क्रममा भएका हिंसाका भिडियोहरू एक पछि अर्को गर्दै बाहिर आइ रहेका छन् ।

पछिल्लो समय नेपाली कलाकारहरू समेत आन्दोलनलाई भड्काउन, आगजनी गर्ने जस्ता आपराधिक क्रियाकलापमा सहभागि भएका भिडियोहरू बाहिर आएका छन्।
भदौ २४ को साँझ नयाँ बानेश्वरको संसद् भवन वरिपरि भीड बाक्लिँदै जाँदा ढुंगामुढा सुरु भयो।

केही बेरमै संसद् भवनतर्फको भीडले नाराबाजी गर्दै पर्खाल नाघ्यो, र क्षणभरमै आगलागी फैलियो। देशको शक्ति–केन्द्र जलिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो— “दिस इज हाउ संसद् भवन वाज टेकेन डाउन” भन्ने क्याप्सनसहित। यो भिडियो निर्देशक, कवि र पूर्व फुटबल खेलाडी अमन प्रताप अधिकारीको थियो।

भिडियोमा उनले अश्लील शब्द प्रयोग गर्दै नेताहरूलाई गाली दिएका छन्, र जलिरहेको संसद् भवनअगाडि “देखिस्, जल्यो तेरो देश” भन्दै खुसी मनाएको देखिन्छ। यो भिडियो अधिकारीको आफ्नै खाताभन्दा अरू ह्यान्डलबाट भाइरल बनेपछि उनी तीव्र आलोचनाको सिकार बनेका छन्।

भदौ २३ को दिन राज्य पक्षबाट भएको गोली प्रहारपछि आक्रोशित अधिकारीले “अबोध बालबालिकाको हत्यारा सरकार” भन्दै भिडियो बनाएका थिए । उनले आन्दोलनका क्रममा धेरै भिडियो आफैले बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

अमन प्रताप अधिकारी पूर्व शिक्षा सहायक मन्त्री तथा चर्चित कवि क्षेत्र प्रताप अधिकारी का छोरा हुन्। । अधिकारीलाई २०४६ सालको जनआन्दोलन छानबिन सम्बन्धी मल्लिक आयोगले दोषी ठहर गरेको थियो ।

तर, दरबारनिकट भएकाले नै जोगाइएको आरोप उनीमाथि लागेको थियो । त्यसैले नेपो बेबी ट्रेन्डकै जगमा सुरु भएको जेनजी आन्दोलनमा सहभागी क्षेत्र प्रताप आफैँ सबैभन्दा ठुलो ‘नेपो बेबी’ रहेको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

जेनजी आन्दोलनको दोस्रो दिनको विध्वंसपछि कलाकार दीपकराज गिरी पनि विवादमा परेका छन् । काँग्रेस नेता विमलेन्द्र निधिको खरानी बनेको घर नजिकको उनको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीमाथि आरोप लागेको छ ।

गिरीले भने उक्त आरोप अस्वीकार गर्दै लेखे, “त्यो बाटो हुँदै म भेला हुने ठाउँमा जाँदै थिएँ, कसको घर थियो थाहा थिएन। फोटो खिचेर कथा बुनेका हुन्।” तर आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको उनले स्वीकारे।

त्यसै गरी, निश्चल बस्नेत को संसद् भवन अगाडिको भिडियो पनि भाइरल बन्यो। उनी जलिरहेको पृष्ठभूमिमा “जेनजीले गरेर देखाएको छ” भन्दै युवालाई जोस्याइरहेका देखिन्छन्। यसै कारण उनीमाथि प्रत्यक्ष संलग्नताको आरोप लागेको छ ।

बस्नेतले भने स्पष्टीकरण दिँदै भनेका छन्, “मैले ढुङ्गा हानेको प्रमाणित गर्नुस्, म सजाय भोग्न तयार छु। म रोक्दै थिएँ, हानेर होइन।” आन्दोलनपछिका वार्ता र छलफलमा पनि उनी सक्रिय रहँदै वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लागेका छन्।

इन्फ्लुएन्सर इष्टु कार्की, करिश्मा केसी लगायतले पनि आन्दोलनमा सक्रियता देखाए। कार्कीले भदौ २३ मा “रगतको हिसाब निकालिन्छ” भन्दै लेखेकी थिइन्, तर अर्को दिन सरकारी संरचनामा आगजनी हुँदा “निराशा” व्यक्त गरिन्।

अन्तरिम सरकार बनेपछि भने उनले “इतिहास लेख्ने सबै हातहरूलाई बधाई” भन्दै सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनेकोमा शुभकामना दिएकी थिइन् ।यसै बिच भदौ २३ र २४ गते हिंसा भड्काउनेहरूलाई प्रहरीले धमाधम पक्राउ गरी रहेको छ । अहिले सम्म देशभरबाट २३७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

तीमध्ये धेरै काठमाडौँ उपत्यकाका हुन्। काभ्रे, चितवन, र सुदूरपश्चिममा पनि हतियार लुटपाट र अभद्र व्यवहारका मुद्दा चलाइएका छन्। भदौ २४ मा काठमाडौँका विभिन्न स्थानमा प्रहरीमाथि समेत आक्रमण भयो। महाराजगन्जका असई मिलन राय र जवान उत्तम थापा, असई होमबहादुर विक लगायतका प्रहरीको मृत्यु भयो। प्रहरीका अनुसार यी घटनामा संलग्न नौ जनामध्ये चार जना पुर्पक्षका लागि थुनामा छन्।

उनीहरू विरुद्ध ज्यान र आपराधिक उपद्रव को मुद्दा दायर भएको छ। त्यस्तै, जनसेवा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गर्ने र बैङ्क लुटपाटमा संलग्नहरू समेत पक्राउ परे। राष्ट्रिय वाणिज्य बैङ्कको शाखाबाट करिब ४ करोड रुपैयाँ र १७ किलो सुन लुटिएको छ।

Tags: #जेनजी आन्दोलन#हिंसा भड्काउने पक्राउ

लोकप्रीय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

विचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२

थप समाचार

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान
अन्तर्राष्ट्रिय

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित
ताजा समाचार

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम
अन्तर्राष्ट्रिय

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Breaking news

आज मन्त्रिपरिषद् विस्तार, थपिँदै छन् ४ मन्त्री

आइतवार कार्तिक ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२
ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

ट्रम्प–जेलेन्स्कीबीच फेरि ह्वाइटहाउसमा कटुतापूर्ण वार्ता

मङ्लबार कार्तिक ४ , २०८२

हालका पोस्टहरू

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

आइतवार कार्तिक ९ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

वार्ता असफल भए पाक–अफगानबीच खुला यु द्ध

आइतवार कार्तिक ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.