×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

न्यूयोर्कको बलिङ पार्कमा नेपालको राष्ट्रिय झण्डा, नेपालीको सम्मान

१० कार्तिक २०८२

९ कार्तिक, काठमाण्डौ ।

नेपमलीहरुको सम्मानमा संसारको व्यापारिक राजधानी न्युयोर्क सिटीको बलिङ ग्रिन पार्कमा, न्युयोर्क सिटी मेयर कार्यालयले नेपालको झण्डा फहराएको छ। न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा न्युयोर्कमा रहेको नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराइएको हो।

Advertisement
Advertisement

अमेरिकी झण्डाको समान उचाइ र हैसियतमा नेपालको झण्डा फहराइएको हो। जसमा नेपाली महावाणिज्यदूतावास र नेपाली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। यो झण्डा अबको केही दिनसम्म न्युयोर्क सिटीको अत्यन्तै महत्त्वपूर्ण फाइनान्सियल डिस्ट्रिक्टमा फहराइरहनेछ।

हरेक दिन हजारौं पर्यटकहरूले भ्रमण गरेर तस्वीर खिच्ने ‘चार्जिङ बुल’ अगाडि यो झण्डा आगामी केही सातासम्म फहराइनेछ। यस पार्कमा सन् १९९६ देखि नै झण्डाहरू फहराइँदै आए पनि सन् २०२३ देखि हरेक वर्ष नेपालको झण्डा पनि फहराइँदै आएको छ।

कार्यक्रममा बलिङ ग्रिन एसोसिएसनका अध्यक्ष आर्थर पिकोलोले पार्कको क्रान्तिकारी विरासत र अमेरिकी स्वतन्त्रताको जन्मस्थलको रूपमा यसको महत्त्वलाई स्मरण गर्दै नेपालले नयाँ चुनौतीहरूको सामना गरिरहेका बेला कुनै राष्ट्रको शक्ति शान्त दिनहरूले होइन, यसले कत्तिको आँधीबेहरी सहन्छ भन्ने कुराले नापिने कुरा यो झण्डाले सम्झाउने बताएका थिए।

उनले नेपाली जनताको भावना र साहसको प्रशंसा गर्दै झण्डाको अनुपम दुई चुचुराहरूलाई हिमालय पर्वतसँग तुलना गरेको नेपयोर्कले उल्लेख गरेको छ । सन् २०२३ मा पहिलो पटक नेपालको झण्डा फहराउने कार्यक्रमकी युवा संयोजक श्रीया तुलाधरले सन्देश पठाउँदै नेपाली अमेरिकी समुदायको प्रगतिको चर्चा गरेकी थिइन्।

बलिङ ग्रिन एसोसिएसनले श्रीया तुलाधरलाई उनको नेतृत्व र समुदायप्रतिको सेवाका लागि ‘न्यूयोर्क शहर हिरो अवार्ड’ प्रदान गरेको थियो। मेयरको कार्यालयको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली सम्पर्क अधिकारी सुक्रानी धनपतले न्यूयोर्कको बहुसांस्कृतिक परिदृश्यमा नेपाली समुदायको योगदानलाई जोड दिइन्।

उनले भनिन्, “यो झण्डा यसका मानिसहरू जस्तै अद्वितीय छ। यसले बहादुरी, शान्ति र नेपालको चिरस्थायी भावनाको प्रतिनिधित्व गर्दछ।” यस्तै मेयरको अध्यागमन मामिला कार्यालयका सहायक आयुक्त एरिक साल्गाडोले नेपाली डायस्पोरासहित आप्रवासी समुदायहरूप्रति शहरको प्रतिबद्धता व्यक्त गरेका थिए।

मेयरको अन्तर्राष्ट्रिय मामिला कार्यालयका उप आयुक्त दिलीप चौहानले मेयर एरिक एडम्सको तर्फबाट शुभकामना व्यक्त गर्दै नेपाली समुदायको लचकता र साझेदारीको प्रशंसा गरेका थिए ।

समारोहमा न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत दधिराम भण्डारीले नेपाल र न्यूयोर्क शहरबीचको साझेदारीको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले मानिसहरूलाई एकसाथ ल्याउँने बताए ।

उनले हालैका राजनीतिक परिवर्तन र रूपान्तरणका बाबजुद पनि नेपाल सुरक्षित, खुला र स्वागतयोग्य रहेको भन्दै दुई राष्ट्रबीच अझ गहिरो मित्रताको लागि तत्पर रहेको बताएका थिए ।

अमेरिका र नेपालको राष्ट्रिय झण्डा एकैसाथ फहराइँदा दुई राष्ट्रबीचको एकता, गर्व र शान्तिको प्रतीकको रूपमा अमेरिका र नेपालका राष्ट्रिय गानहरू बजाइएका थिए।

न्यूयोर्क शहरमा नेपालको झण्डा फहराउने परम्परा सन् २०२३ मा सुरु भएको थियो, जब मेयर एरिक एडम्सले आफैंले बोलिङ ग्रीन पार्कमा पहिलो पटक नेपाली झण्डा फहराएका थिए।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top