×

NEPAL TIMES UPDATES

Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026

प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी

१२ कार्तिक २०८२

११ कार्तिक , काठमाण्डौ ।

जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १ घर भई हाल काठमाडौं सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठलाई पक्राउ गरिएको हो ।

Advertisement

उनी प्रहरी जवानको हत्या तथा वृत्तमा आगजनीमा संलग्न थिए । त्यस्तै, जवान थापाकै हत्यामा संलग्न रसुवाको उत्तरगया गाउँपालिका घर भएका २७ वर्षीय सौरभ तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सिसि क्यामेराको फुटेजका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जवान थापाको हत्यामा संलग्न ६ जना यसअघि नै पक्राउ परिसकेका छन् । यता प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्याको आरोपमा एक १९ वर्षीय युवा पक्राउ परेका छन् ।

अनुपम भण्डारी नामका ती युवा क्रिकेट सिक्दै गरेको व्यक्ति रहेको पाइएको छ । कैलालीको लम्मीचुहा नगरपालिका–४ घर भएका १९ वर्षीय भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलालीबाटै पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

भण्डारीलगायतका व्यक्तिले जेनजी आन्दोलनको दिन २४ भदौमा सहायक हवल्दार गुरुङको हत्या गरेका थिए । आरोपित भण्डारी करिब तीन महिनाअघि भारतको बैंग्लोरमा गएर क्रिकेट सिकेका थिए ।

यो कुरा उनले बयानमा समेत खुलाएका छन् । दुई हप्ता भारतमा ट्रेनिङ लिएर फर्केका उनी जेनजी आन्दोलनमा भन्दा केही दिनअघि मात्रै काठमाडौं आएका थिए । काठमाडौंको शान्तिनगरमा रहेको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भर्ना भएर उनी क्रिकेट सिक्दै थिए ।

२३ भदौको सुरक्षाकर्मीको गोली लागेर विद्यार्थीहरूको हत्या गरिएको घटनाले रिस उठेको उनले बताएका छन् । २३ भदौको आन्दोलनमा आफ्नो साथीको साथीको मृत्यु भएको त्यसले झनै आक्रोशित बनाएको उनले बयानमा उल्लेख गरेका छन् ।

सोही क्रममा २४ भदौको आन्दोलनको क्रममा प्रहरीमाथि आक्रमण भएको र रिसले आफूले पनि चक्कुले हानेको उनले बयानमा बताएका छन् । प्रहरीमाथि प्रहार गरेपछि भागेको केही व्यक्तिले प्रहरीलाई घिसार्दै लगेको भण्डारीको बयानमा उल्लेख छ ।

प्रहरी सार्वजनिक भिडिओको आधारमा भण्डारीलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्दा उनको घरबाट प्रहरीले घटना भएका बेला लगाएको कपडा समेत बरामद गरेको छ ।

भण्डारीलगायतको आक्रमणबाट एक प्रहरीको मृत्यु हुनुका साथै अन्य प्रहरी पनि घाइते भएकाले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा गरिएको छ ।

प्रहरी प्रभाग कोटेश्वरमा रहेको ५९ दरबन्दीमध्ये १३ जना प्रहरी घाइते भएका थिए । प्रहरीको बर्दी फुकालेर हुलिया बदलेर भागेकाले उनीहरू ज्यान जोगाउन सफल भए। आन्दोलनकारीले प्रभागलाई तोडफोड र आगजनी गरेर तहसनहस बनाएका थिए ।

उनीहरुले हतियार लुटेका थिए । जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । २३ भदौमा २२ जना आन्दोलनकारी, २४ भदौमा ४१ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र तीन जना प्रहरी मारिएका थिए ।

प्रहरीको मृत्यु प्रदर्शनकारीको कुटपिटबाट भएको थियो भने कैदीबन्दी भाग्ने क्रममा प्रहरी र सेनाले चलाएको गोली लागेर मारिएका थिए । यसबीच अझैसम्म पनि १२ वटा शवको भने पहिचान खुल्न सकेको छैन ।

भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, धरान ८ र मोरङको भाटभटेनी सुपरमार्केटमा भेटिएका १२ वटा शवको डेढ महिनासम्म पहिचान खुल्न सकेको छैन ।

जलेको अवस्थामा मानव कंकाल भेटिएकाले पोस्टमार्टम र डीएनए परीक्षणसमेत हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती शव आफन्तको भनेर दाबी गर्न कोही पनि सम्र्पकमा पनि आएका छैनन् ।

चुच्चेपाटीमा भेटिएका ७ वटा शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । धरानमा ४ र मोरङमा १ शव भेटिएको थियो । ती शवको डीएनए परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

चुच्चेपाटीस्थित भाटभटेनीमा फेला परेका कंकाल त्रिवि शिक्षण अस्पतालमा ७ वटा प्लास्टिकका पोकामा राखिएको छ । उनीहरूको अस्थिपञ्जर मात्र फेला परेको र मृत्युको कारणसमेत खुल्न नसकेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईको भनाइ छ ।

लगभग पूर्ण रुपमा शवहरु जलेकाले स–साना प्लास्टिकका पोका बनाएर छुट्टाछुट्टै शिक्षण अस्पताल फरेन्सिक विभागले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इटहरीमा फेला परेका ४ वटा शवको पनि पहिचान हुन नसकेको बताए ।

एउटा शवको दाबी गर्न आए पनि रिपोर्ट नआउँदा पुष्टि हुन सकेको छैन । व्यक्तिगत घर र निजी भवनमा जलेर देशभर २० जनाभन्दा बढीको मृत्यु भए पनि अन्यको पहिचान खुलेपछि पोस्टमार्टम गरी परिवारले शव बुझिसकेका छन् ।

Advertisement

कोटेश्वर भाटभटेनी, ललितपुरस्थित एक निजी घर, काठमाडौं थानकोटस्थित एक निजी व्यापारिक भवन, कास्की र चितवनमा व्यक्तिका घर र भवनमा जलेर प्रर्दशनकारीको मृत्यु भएको प्रहरीको तथ्यांक छ । व्यक्तिका घर र भवन जलाउने क्रममा ती घटना भएका प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top