×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

चितवनको जंगलमा मध्यरातमा ट्रकसँग २ बस ठोक्किए

१५ कार्तिक २०८२

१४ कार्तिक , काडमाण्डौ ।

चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा मध्यरातमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ।

Advertisement
Advertisement

गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।

ट्रकसँग ठोक्किएर अनियन्त्रित भएपछि अर्को बसले पनि ठक्कर दिएपछि सुरूवातमा ठोक्किएको बस सडकमा पल्टिएको थियो। लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ । क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो ।

बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । दुर्घटनामा घाइतेहरुको विवरण

१. उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।

२. धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया ।

३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।

४. धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी ।

५. धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा ।

६. धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।

७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।

८. सोही ठाउँ बस्ने आरुष कर्ण ।

९. धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी ।

१०. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।

११. रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र ।

१२ रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह ।

१३. रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।

१४. महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव ।

१५. महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ ।

यिनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

१. धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।

२. धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।

३. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।

४. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।

५. रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।

६. रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।

७. रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह ।

८. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।

९. रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।

१०. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।

११. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।

१२. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।

१३. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवालको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

१. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।

२.रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।

३. रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।

४. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।

Advertisement
Advertisement

५. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेबको भने भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top