×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा

१५ कार्तिक २०८२

१४ कार्तिक , काडमाण्डौ ।

नेपालसँग सीमा जोडिएको भारतको दोस्रो ठूलो प्रान्त विहारमा एक सातापछि हुन लागेको विधानसभा निर्वाचनमा प्रमुख दलहरु गठबन्धनका रुपमा मतदातालाइ आफूतर्फ आकर्षित गर्न जुटिरहेका छन् ।

Advertisement
Advertisement

जनमत सर्वेक्षणहरूले राज्यको राजनीतिक प्रतिस्पर्धा फेरि एकपटक पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी यादव र प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र नीतिश कुमारबीच केन्द्रित भएको देखाएका छन्।

लालु यादवका छोरा तेजस्वीलाई कांग्रेस आई र कम्युनिस्ट पार्टीहरुको समर्थन छ भने हालका मुख्यमन्त्री नितिशलाई सत्तारुढ भाजपासहितको समर्थन छ ।भारतीय मिडिया मिन्टका अनुसार, पछिल्ला ओपिनियन पोलहरूले मुख्यमन्त्रीका लागि पहिलो रोजाइ तेजस्वी यादव छन् तर नीतिश अझै बलियो आधारमै छन् ।

राज्यभरका ३८ जिल्लाका करिब २५ हजार मतदातामाझ गरिएको जनमत सर्वेक्षणमा ४३ प्रतिशतले तेजस्वी यादवलाई आफ्नो पहिलो रोजाइ भनेका छन्। तर, नीतिश कुमार अझै पनि ३९% समर्थन सहित बलियो प्रतिस्पर्धीको रूपमा उभिएका छन्।

बाँकी १८% मतदाताहरू भने अन्य विकल्पमा विभाजित छन् । यहि मत निर्णायक हुने अनुमान गरिएको छ । ओपिनियन पोलहरुका अनुसार इन्डिया गठबन्धन (राजद, कांग्रेस, वामपन्थी दलहरू) अहिले ४८देखि ५० जनसमर्थमा देखिएका छन् ।

जबकी इन्डिया गठबन्धन (भाजपा, जेडीयू, लोजपा) ४५% समर्थनमा झरेको देखिन्छ। तर बिहारको जातीय समीकरण र स्थानीय गठजोडका कारण अन्तिम परिणाम अझै फरक रहन सक्ने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

यादव र पिछडा समुदायका मानिसहरू खुलेर लालुलाई समर्थन गर्ने कुरा गरिरहेका छन्। यहाँ मानिसहरूले ’जाति छोडेर हामी कहाँ जाने?’ भनेको सुनिन्छ। जातिलाई लिएर जहाँ तस्बिर स्पष्ट छ, त्यहाँ युवा र महिलाको भोटले चुनावको दिशा निर्धारण गर्नेछ।

गयादेखि नालंदा र पटनादेखि वैशालीसम्म महिलाहरूको खातामा आएको १० हजार रुपैयाँको चर्चा रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । जसको खातामा अहिलेसम्म पैसा आएको छैन, तीमध्ये केहीलाई पैसा आउने आशा छ भने केही रिसाएका छन्।

मुख्यमन्त्री महिला रोजगार योजना अन्तर्गत बिहार सरकारले चुनावभन्दा ठीक अघि १ करोड महिलाको खातामा १० हजार रुपैयाँको पहिलो किस्ता हस्तान्तरण गरेको थियो। महिलाहरूको खातामा आएको पैसाको असर अन्य राज्यका चुनावमा देखिसकेको छ।

यस्तै, युवा मतदाताहरू रोजगार र विकासको कुरा गरिरहेका छन्। धेरै युवाले रोजगारका लागि तेजस्वी यादवमा भरोसा गर्ने कुरा गरिरहेका छन्। तेजस्वी यादवले युवामाझ नयाँ ऊर्जा ल्याएका छन्, तर नीतिश कुमारको प्रशासनिक अनुभव र ग्रामीण भोट बैंक अझै निर्णायक हुन सक्छ। लालु यादव र रावणीदेवी दम्पतीले नब्बेको दशकमा पालैपालो राज गरेको बिहारमा पछिल्ला दशक नीतिशकुमारको वर्चश्व रहेको छ ।

हाल लालुका कान्छा छोरा तेजस्वीले राष्ट्रिय जनता दलको कमाण्ड लिएका छन् । जनता दल नेतृत्वको गठबन्धनले पछिल्लो समय बेरोजगारी, भ्रष्टाचार र शिक्षा सुधारका विषयलाई चुनावी मुद्दा बनाउँदै ‘नयाँ बिहार, नयाँ सोच’ नारा अघि सारेको छ।

तेजस्वी यादवले हरेक जनसभामा युवाहरूमाझ रोजगार, स्वास्थ्य र सुशासनका वाचा दोहोर्याइरहेका छन्। उता, जनता दल (युनाइटेड) का प्रमुख नीतिश कुमारले भने आफ्नो सुशासन र विकास मोडेललाई मुख्य चुनावी मुद्दा बनाएका छन्।

गठबन्धनका सबै वरिष्ठ नेताहरूको उपस्थितिमा भारतीय जनता पार्टी (भाजपा) ले आज आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ । पटनामा द नेशनल डेमोक्रेटिक अलाइन्स (एनडीए) को चुनावी ¥यालीमा केन्द्रीय गृहमन्त्री अमित शाहमार्फत विधानसभा चुनाव अघि आधिकारिक रूपमा आफ्नो घोषणापत्र जारी गरेको छ ।

जसमा युवा रोजगारी, महिला सशक्तीकरण र पिछडिएका वर्गलाई सहयोग गर्ने उद्देश्यले महत्वाकांक्षी प्रतिज्ञाहरूको दस्तावेज तयार गरिएको छ । गठबन्धनका सबै वरिष्ठ नेताहरूको उपस्थितिमा बिहान पटनामा घोषणापत्र जारी गरिएको थियो ।

जसमा बिहारमा १ करोडभन्दा बढी सरकारी जागिरहरू सिर्जना गरिने , युवाहरूको सीप विकासको लागि बिहारको प्रत्येक जिल्लामा ‘मेगा सीप केन्द्र’ सञ्चालन गरिने, तालिम पछि बिहारका युवाहरूलाई कामको लागि विश्वभर पठाइने र महिलाहरूको लागि २ लाख भारतीय रुपैयाँसम्मको आर्थिक सहयोग गरिने वाचा गरिएको छ ।

वाचा पत्रमा भनिएको छ, १ करोड ‘लखपति दिदीहरू’ योजनाअन्तर्गत महिलाहरुले १ लाख रुपैयाँ कमाउने वातावरण सिर्जना गरिने । महिलाहरूलाई करोडपति बन्न मद्दत गर्न ‘मिसन करोडपति’ अभियान सञ्चालन गरिने ।

यस्तै अति पिछडिएका वर्ग (ओबीसी) का लागि १० लाख भारतीय रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गर्ने, अत्यन्त पिछडिएका वर्गका लागि कल्याणकारी योजनाहरू तयार गर्न समर्पित समिति निर्माण गर्ने र किसानहरूको लागि न्यूनतम समर्थन मूल्यको लागि कानूनी ग्यारेन्टी गरिने घोषणा पत्रमा उल्लेख गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

यस्तै नयाँ पटना ग्रीनफिल्ड सिटीको निर्माण, दरभंगा, पूर्णिया र भागलपुरमा अन्तर्राष्ट्रिय विमानस्थलहरू, एआई, टेक्सटाइल, खाद्य प्रशोधन, फिनटेक सिटी जस्ता क्षेत्रहरूमा १ लाख करोड रुपैयाँभन्दा बढी लगानी।

५ वर्षमा बिहारलाई बाढीमुक्त बनाउने र ’फ्लड टु फॉच्र्यून मोडेल’ अन्तर्गत विकास गर्ने संकल्प लिइएको छ। उता तेजस्वीको महागठबन्धनले सरकार गठन भएको २० दिनभित्र प्रत्येक परिवारको एक सदस्यलाई सरकारी जागिर दिने, महिलालाई प्रति महिना २,५०० रुपैयाँ आर्थिक सहयोग दिने र वक्फ (संशोधन) ऐनलाई स्थगित गर्ने वाचा गरेको छ ।

यस्तै प्रत्येक परिवारलाई २०० युनिट निःशुल्क बिजुली र गरिब परिवारलाई रु ५०० मा ग्यास सिलिन्डर, प्रत्येक व्यक्तिलाई रु २५ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा, प्रतिस्पर्धी परीक्षा फारम शुल्क र यात्रा खर्च पूर्ण रूपमा छुट दिइने वाचा गरिएको छ ।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई निःशुल्क ट्याब्लेट र ७० किलोमिटरको दायरा भित्र नयाँ विश्वविद्यालय खोल्ने, समुदाय परिचालनकर्ता दिदीबहिनीहरूको लागि स्थायी स्थितिमा ३० हजार मासिक तलब, निषेध कानूनको समीक्षा र आप्रवासी कामदारहरूको लागि समर्पित विभागको गठन गर्ने समेत घोषणा पत्रमा उल्लेख छ ।

राष्ट्रिय जनता दलको नेतृत्वमा रहेको महागठबन्धन र कांग्रेस पार्टी, दीपंकर भट्टाचार्यको नेतृत्वमा रहेको भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) (सीपीआई (एमएल) र अन्य दलहरू समावेश गरी मंगलबार ‘बिहार का तेजस्वी प्राण’ शीर्षकमा आफ्नो घोषणापत्र जारी गरिएको छ।

गत हप्ता, आरजेडी नेता तेजस्वी यादवलाई बिहार विधानसभा चुनावको लागि महागठबन्धनको मुख्यमन्त्री उम्मेदवारको रूपमा घोषणा गरिएको थियो । बिहार विधानसभाको २४३ सिटमा नोभेम्बर ६ र ११ तारिखमा दुई चरणमा मतदान हुनेछ। नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए), जसमा मुख्यमन्त्री नितिश कुमारको जनता दल (संयुक्त) ले शुक्रबार आफ्नो चुनावी घोषणापत्र जारी गरेको हो ।

एनडीएमा भारतीय जनता पार्टी, जनता दल (संयुक्त), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा (सेक्युलर), र राष्ट्रिय लोक मोर्चा छन् । पहिलो चरणको चुनावमा १२१ निर्वाचन क्षेत्रमा मतदान हुनेछ र दोस्रो चरणमा १२२ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top