×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

२० कार्तिक २०८२

१९ कार्तिक , काठमाण्डौ ।

पाकिस्तानको शहबाज शरीफ सरकारले संविधानको २७औं संशोधन गर्ने भएकोछ । अब पाकिस्तान नागरिक शासनको सट्टा सिभिल–मिलिट्री कानूनका लागि पूर्ण तयार रहेको बताइएको छ । पाकिस्तानमा यसैपनि सेनाको सरकारमा छायाँ रहँदै आएको थियो ।

Advertisement
Advertisement

तर अब यसलाई संवैधानिक स्वीकृति दिन लागिएको हो । यो कदम पाकिस्तानको सेना प्रमुख असीम मुनीरका रिटायरमेंटलाई ध्यानमा राखेर चालिएको विश्लेषण भइरहेको छ, जसले उनलाई असीमित शक्ति प्राप्त हुने र उनले सिभिल सरकारका साथ मिलेर पाकिस्तानमा शासन गर्ने बताइएको छ ।

सीएनएनको रिपोर्ट अनुसार, संविधानको २७औं संशोधन प्रस्तावलाई ७ नोभेम्बरमा पाकिस्तानको संसदमा पेश गर्ने तयारी छ । यो संशोधनको पाकिस्तानी सेना प्रमुख असीम मुनीरको कार्यकालका साथै न्यायिक स्वतंत्रता, पाकिस्तानमा प्रांतहरुको शक्तिमा महत्वपूर्ण असर पर्न सक्छ ।

विश्लेषकहरुको भनाइ छ कि यो संशोधन फील्ड मार्शल असीम मुनीरको अवस्थालाई थप बलियो बनाउनका लागि डिजाइन गरिएको हो । यसअघि पाकिस्तानको सरकारले संविधान संशोधनलाई अस्वीकार गर्दै आएको थियो ।

पाकिस्तान पीपुल्स पार्टी (एएए)का प्रमुख बिलावल भुट्टो जरदारीको ट्वीटले त्यसबारे संकेत गरेको थियो । बिलावलले खुलासा गरेका थिए कि प्रधानमंत्री शहबाज शरीफले संविधान संशोधनमा समर्थनका लागि उनको पार्टीसंग संपर्क गरेका थिए ।

बिलावलले प्रस्तावित संशोधनमा संवैधानिक न्यायालयहरु र न्यायाधीसहरुको ट्रांसफरसंग संबंधित प्रावधान उल्लेख गरेका थिए । तर सबैभन्दा महत्वपुर्ण कुरा, धार २४३ मा परिमार्जनको छ, जसले मानिसहरुको चिन्ता बढाइदिएको छ ।

अनुच्छेद २४३ पाकिस्तानी सशस्त्र बलको कमान र नियंत्रणसंग् संबंधित छ । यसले सशस्त्र बलहरुमा संघीय सरकारको नियंत्रण र कमांड हुने उल्लेख गरेको छ । शहबाज शरीफ सरकार यो कदमलाई लिएर अहिलेसम्म मौन देखिएपनि अनुच्छेद २४३ मा संशोधन प्रस्तावलाई असीम मुनीरको स्थिति थप बनाउने कदमका रूपमा हेरिएको छ ।

यसले नागरिक मामलामा सेनाको दबदबा थप बढ्ने भनिएको छ । यसैवर्ष मे महिनामा भारतसंगको सैन्य संघर्षपछि शहबाज शरीफ सरकारले पाकिस्तानका सेना प्रमुख असीम मुनीरलाई फील्ड मार्शलको उपाधि दिएको थियो ।

यो उपाधि लिनेमा अयूब खानपछि उनी दोस्रो पाकिस्तानी जनरल हुन् । तर पाकिस्तानको संविधान र पाकिस्तानी सैन्य सिस्टममा फील्ड मार्शल पदका लागि कुनै मानक व्यवस्था गरिएको छैन । यस्तोमा शहबाज सरकारले फील्ड मार्शललाई संवैधानिक ढांचामा ल्याएर मुनीरलाई पुरस्कार दिन लागेको चर्चा छ ।

यसैबीच पाकिस्तान नौसेनाका प्रमुख भाइस एडमिरल राजा रब नवाजले पाकिस्तान नौसेना हर समय क्षेत्रीय खतराहरुसंग जुध्नका लागि तयार रहेको र सतर्क पनि रहेको बताएका छन् । कराची एक्सपो सेंटरमा आयोजित पाकिस्तान इंटरनेशनल मेरीटाइम एक्सपो एंड कान्फ्रेंस २०२५ का क्रममा मीडियासंग कुरा गर्दै उनले भने, “हामी सधै आफ्नो वरपर हुने गतिविधिहरुमा ध्यान राख्छौ, यस्ता काममा निगरानी र तत्परता हाम्रो निरंतर प्रक्रिया हो“ ।

यसको अलावा उनले छिटै नै पाकिस्तान नौसेनाको फ्लिटमा नयाँ पनडुब्बिहरु सामेल हुने पनि घोषणा गरे । जसले देशको समुद्री र राष्ट्रीय सुरक्षालाई नयाँ सुरक्षा दिनेछ । एडमिरल नवाजले भने पाकिस्तान नौसेनाको भूमिका रक्षासम्म मात्रै सीमित छैन, बरु यसले क्षेत्रीय व्यापार र समुद्री मार्गहरुको सुरक्षा सुनिश्चित गर्ने दिशामा अहम योगदान दिनेछ ।

भाइस एडमिरल नवाजले यस क्रममा पाकिस्तानको ब्लू इकोनोमीलाई विकसित गर्ने आवश्यकतामा पनि जोड दिए । उनले भने, समुद्री संसाधनहरुको कुशल उपयोगबाट देशको व्यापारिक र औद्योगिक अवसरहरुमा भारी वृद्धि हुनसक्छ ।

पाकिस्तान नौसेना प्रमुखको यो भनाइ यस्तो बेला आएको हो जतिबेला सर क्रीकलाई लिएर भारत र पाकिस्तानबीच विवाद तीव्र भएको छ । अरब सागरको तटीय क्षेत्रमा स्थित यो ९६ किलोमीटर लामो दलदल क्षेत्र गुजरातको कच्छ जिल्ला र पाकिस्तानको सिंध प्रांतका बीचमा रहेको छ ।

हालैका दिनमा पाकिस्तान नौसेना र तटरक्षक बलका गतिविधिहरु बढेपछि भारतले पनि यहाँ आफ्नो निगरानी र गश्ती बढाएको छ । दुवै देशका बीच यो विवाद मुख्य रूपले सीमा निर्धारण र समुद्री अधिकार क्षेत्रलाई लिएर छ, जुन १९४७ को विभाजनपछि बल्झिरहेकै छ ।

खासमा सर क्रीकमा सीमा तय गर्ने विषयलाई लिएर दुवै देशको फरक फरक धारणा छ । भारत १९१४ को मुंबई प्रेसीडेंसी रेकर्ड लाई उदृत गर्दै सीमा मध्य रेखा भएर आफ्नो हक दाबी गर्छ । भने पाकिस्तान सिंगो क्रीक उसको भएको दाबी गर्छ र सीमा पूर्वी किनारामा तय हुनु पर्ने बताउँछ ।

यो अंतर सानो देखिएपनि यसले अरब सागरमा दुवै देशको एक्सक्लूसिव इकनोमिक जोनको सीमाहरुमा निकै असर पर्छ । जसमा तेल, ग्यास र मत्स्य संसाधनहरुको संभावनाहरु रहेका छन् । हालैको महिनाहरुमा पाकिस्तानद्वारा सर क्रीक नजिक निगरानी चौकीहरुलाई बलियो बनाउँदै समुद्री क्षेत्रमा गश्ती बढाएको विषयमा भारतले कडा आपत्ति जनाएको छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top