कस्तो हुनेछ २४ घण्टाको मौसम ?

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

२१ कार्तिक , काठमाण्डौ ।

देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागले बताएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.