२१ कार्तिक , काठमाण्डौ ।
देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागले बताएको छ ।










