×

NEPAL TIMES UPDATES

Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

२५ कार्तिक २०८२

२४ कार्तिक , काठमाण्डौ ।

‘विराटनगर किङ्स’ को मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । यस्तै बलिङ प्रशिक्षकमा धमिका प्रशादलाई भित्र्याइएको छ ।

Advertisement

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्सले प्रभावशाली खेलाडीसहित प्रशिक्षकलाई समेत भित्र्याएर आफूलाई प्रतियोगिताको प्रमुख विजेता दाबेदारको रुपमा उभ्याएको छ ।

पुबुदु दशानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। श्रीलङ्काली मूलका अमेरिकन प्रशिक्षक पुबुदुले पहिले नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रूपमा कार्य गरिसकेका हुन् ।

दुई पटक नेपाल राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनिसकेका पुबुदु नेपालका लागि सफल प्रशिक्षक मध्ये प्रमुख मानिन्छन् । उनले २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षण गरेका थिए ।

उनकै कार्यकालमा नेपाल पहिलो पटक विश्वकप टी २० मा छनोट भएको थियो । उनी एनपीएलमा पहिलो सिजनमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन सफल भएका थिए। यस्तै साथै, टोलीले बलिङ प्रशिक्षकको रूपमा पूर्व श्रीलङ्कन प्रशिक्षक धमिका प्रशादलाई नियुक्त गरेको छ।

पहिलो सिजन न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल ल्याएर खेलाएको विराटनगरले दोस्रो सिजनका लागि अझ धेरै चर्चा कमाइसकेको छ । मार्की सन्दिप लामिछाने रहेको टिम विराटनगरले लिग अघि नै ठूलो चर्चा कमाएको छ ।

विराटनगरले दोस्रो सिजनमा लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी जस्ता खेलाडीलाई अनुबन्ध गरेर ठूलो चर्चा बटुलेको छ । गप्टिललाई समेत फेरि अनुबन्ध गरेको विराटनगरले दक्षिण अफ्रिकाबाट फाफ डु प्लेसीसँगै फास्ट बलर मर्चेन्ट डे लाङलाई पनि अनुबन्ध गरिसकेको छ ।

फाफ डुप्लेसी र गप्टिलसँगै स्कटल्याण्डका आक्रमक ब्याटर जर्ज मुन्से अनि अस्ट्रेलियाका मिडल अर्डर ब्याटर साम हिजलेटलाई पनि अनुबन्ध गरेको छ । एनपीएलमा एक टिमले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

विराटनगरले दोस्रो संस्करणको लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मार्चन्ट डी लिग्ने, अस्ट्रेलियाका साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

विराटनगरले सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको थियो । यसैगरी, टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको छ ।

फाफ डु प्लेसी नोभेम्बर १८ देखि सुरु हुने अबुधाबी टी–१० लिगमा भिस्ता राइडर्समा अनुबन्ध भएकोले उनले एनपीएलको सुरुवाती केही खेल भने गुमाउनेछन् ।सन्दीप लामिछाने, मार्टिन गप्टिल जस्ता स्टार खेलाडीको साथ पाएको विराटनगरले पहिलो संस्करणमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन ।

पहिलो संस्करणमा विराटनगर ७ मध्ये जम्मा दुई खेल जितेर छैटौं स्थानमा रहेको थियो । पहिलो सिजनमा विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले र चितवन राइनोजलाई ५१ रनले पराजित गरेको थियो ।

बाँकी ५ खेलमा विराटनगर पराजित भएको थियो । पहिलो सिजन विराटनगरका लागि बसिर अहमदले एक अर्धशतकसहित सर्वाधिक १८१ रन बनाएका थिए भने गप्टिलले १ अर्धशतकसहित १३७ रन बनाएका थिए ।

बलिङमा प्रतिश जिसी र स्कटिस बलर क्रिस सोलले ९–९ विकेट लिएका थिए । बलिङमा मार्की तथा कप्तान सन्दीप लामिछानेको प्रदर्शन अपेक्षा अनुसार रहेन । उनले ७ खेलमा ६ विकेट लिएका थिए ।

यसैबीच नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा ‘रोबोट डग’ देख्न पाइने भएको छ । प्रतियोगितामा ओमोडो एन्ड जेइकोले ‘रोबोट डग’ ल्याउने जनाएको छ। कम्पनीका निर्देशक गौरव शारडाले इन्डियन प्रिमियर लिग (आईपीएल)सहित अरू अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल लिगमा प्रयोग गरिनेजस्तै ‘रोबोट डग’ ल्याइने बताएका छन् ।

“आईपीएलमा हामीले देखेको जस्तै रोबोट डग यसपटकको एनपीएलमा ल्याउँदै छौँ, जसको काम बललाई मैदान लैजाने ल्याउनेसँगै अरू प्रयोजनमा पनि प्रयोग गरिनेछ,” निर्देशक शारडाले भनेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने लिगमा विराटनगरसहित साबिक विजेता जनकपुर बोल्ट्स, साबिक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स छन् ।

Advertisement

प्रतियोगिता मंसिर १ देखि २७ सम्म हुँदै छ । गत वर्ष मंसिरदेखि पुस पहिलो सातासम्म आयोजित प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top