×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त

२५ कार्तिक २०८२

२४ कार्तिक , काठमाण्डौ ।

अमेरिकी सिनेटरहरूले देशको इतिहासमै सबैभन्दा लामो सरकारी बन्द (सटडाउन) अन्त्य गर्न सक्ने सम्झौता अनुमोदन गरेका छन्। डेमोक्र्याटिक सांसदहरूको समूहले सिनेटमा रिपब्लिकन नेताहरूसँग भएको सम्झौतालाई समर्थन गरेको हो।

Advertisement
Advertisement

४० दिनको गतिरोधपछि सरकारी बन्द अन्त्य गर्ने दिशामा यो पहिलो पाइला हो। यो सम्झौताले सरकारी सेवा पुनः सुरु गर्ने बाटो खोल्न सक्छ। तर यो सम्झौता अमेरिकी कंग्रेसले पारित गर्न बाँकी छ र सिनेटमा यसको विरोध गर्ने डेमोक्र्याटहरूले प्रक्रिया ढिला गर्न सक्छन्।

विगत केही हप्तामा सरकारी बन्दले लाखौँ सरकारी कर्मचारी तलबबिना काम गरिरहेका छन् भने अमेरिकाभरि सेवा अवरुद्ध छ। बीबीसीका अनुसार यो मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी खुसी भए पनि डेमोक्र्याटहरूभित्र थप विभाजन सिर्जना गर्न सक्छ।

‘यस्तो देखिन्छ कि हामी शटडाउन अन्त्य गर्ने निकै नजिक पुगेका छौँ । हामी कैदीहरू वा देशमा अवैध रूपमा देशमा आउनेहरूलाई पैसा दिने कुरामा कहिल्यै सहमत भएनौँ । डेमोक्रेटहरूले अब यो बुझिसकेका छन्, र आशा छ कि शटडाउन चाँडै समाप्त हुनेछ ।’ ट्रम्पले पत्रकारहरूलाई भनेका छन् ।

आठ डेमोक्र्याटिक सिनेटरहरूले रिपब्लिकन नेता र ह्वाइट हाउससँग सरकार पुनः खोल्न र केही प्रमुख एजेन्सीहरूलाई बजेट उपलब्ध गराउन सहमत भएको भन्दै सीएनएनले समाचार छापेको छ ।

यो सम्झौताले अमेरिकी इतिहासको सबैभन्दा लामो बन्द अन्त्य गर्नेछ र जनवरीसम्म सरकारी कामकाज चलाइराख्न चाहिने बजेट दिनेछ । आइतबार राति भएको सम्झौतामा ह्वाइट हाउसका प्रतिनिधि सिनेटका बहुमत नेता जोन थुन र तीन पूर्व गभर्नरहरूः जीन शाहीन (न्यू ह्याम्पशायर), एङ्गस किंग (मेन), र म्यागी हसन (न्यू ह्याम्पशायर) समावेश थिए यद्यपि, समाचारमा यो पनि भनिएको छ कि सम्झौतामा रिपब्लिकन नेताहरूले स्वास्थ्य अनुदान बढाउने कुनै ग्यारेन्टी दिएका छैनन् ।

तैपनि, आगामी हप्ताहरूमा सम्झौतामा पुग्न सकिन्छ कि भन्ने आशामा डेमोक्रेट छन् । सिनेटले यो प्रस्तावमा मतदान गर्ने अपेक्षा गरिएको छ । त्यसपछि विधेयक सदनमा जानेछ र ट्रम्पको हस्ताक्षर पछि प्रभावकारी हुनेछ ।

डेमोक्र्याट नेताहरूले यस सम्झौतामा आफ्नो आधिकारिक अडान अहिलेसम्म बताएका छैनन् । यद्यपि, केही हाउस डेमोक्र्याटहरूले यसलाई असन्तोषजनक सम्झौता भनेका छन् । अमेरिकामा जारी सरकारी बन्द (सटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ ।

सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् ।

सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका छन् । देशका व्यस्त विमानस्थलहरूमा देखिएको अव्यवस्थाले लामो समयदेखि चलिरहेको सङ्घीय बन्दको असर झन् गहिरो बनाएको छ ।

यात्रुहरूका गुनासा बढिरहेका छन् । विश्लेषकहरूका अनुसार यदि रद्द हुने दर यस्तै बढ्दै गयो भने आगामी थ्याङ्क्सगिभिङ हप्तामा स्थिति अझ भयावह हुन सक्छ र यसले केवल हवाई यातायात मात्र नभई समग्र अर्थतन्त्रमा पनि असर पार्नेछ ।

पर्यटन र छुट्टीका सामान ढुवानीमा नकारात्मक प्रभाव पर्न थालिसकेको बताइएको छ । उडान ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार शनिबार मात्र एक हजार ५०० भन्दा बढी उडान रद्द भएका थिए । यसको अघिल्लो दिन सङ्ख्या एक हजार पुगेको थियो ।

आइतबारका लागि पनि थप एक हजारभन्दा बढी उडान रद्द गरिएको अमेरिकी एयरलाइन्सहरूले जनाएका छन् । एटलान्टा, शिकागो, नर्थ क्यारोलिनाको शार्लोट र न्युजर्सीको नेवार्क विमानस्थलमा दिनभर अवरोधका समाचार आएका छन् ।

विशेषगरी न्युयोर्क वरपरका विमानस्थलहरूमा हवाई नियन्त्रकहरूको अभावले ढिलाइ र रद्द बढाएको हो । एफएएले सबै व्यावसायिक एयरलाइन्सहरूमा ४० प्रमुख विमानस्थलमा प्रारम्भिक रूपमा चार प्रतिशत उडान कटौती गरेको थियो ।

यो शुक्रबारसम्म बढ्दै १० प्रतिशत पुगेको हो । मङ्गलबार फेरि उडान कटौतीमा वृद्धि हुने अपेक्षा गरिएको छ । यातायात मन्त्री सिन डफीले यदि सरकारी बन्द लामो समयसम्म जारी रह्यो भने अझ धेरै हवाई यातायात नियन्त्रकहरू तलब बिना काम गर्न अस्वीकार गर्न सक्ने र त्यसले थप उडान कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् नियन्त्रकहरूले लगभग एक महिनादेखि तलब बिना काम गरिरहेका छन् ।

धेरैजसो कर्मचारीहरू बिरामीको बहानामा काममा उपस्थित हुन सकेका छैनन् । नेसनल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएसनका अनुसार अधिकांश नियन्त्रकहरूले हप्ताको छ दिनसम्म तलब बिना ओभरटाइम काम गर्न बाध्य छन् र कतिपयले बिल तिर्न दोस्रो रोजगारी लिनुपरेको छ ।

सङ्घीय बन्द अन्त्य गर्न माग गर्दै उक्त सङ्घले शनिबार अमेरिकी काङ्ग्रेसका सदस्यहरूलाई एक हजार ६०० हस्तलिखित पत्र पठाएको बताएको छ । उडान रद्द भएका धेरै यात्रुहरूले शुक्रबारको तालिका केही सामान्य देखिएपछि राहत महसुस गरे पनि उनीहरू पुनः बुकिङ गर्न लामो प्रतीक्षामा छन् ।

लामो अन्तर्राष्ट्रिय उडानहरू अहिलेसम्म प्रभावित भएका छैनन्, तर यात्रुहरू अनिश्चितताबाट त्रसित छन् । भाडाका सवारी कम्पनीहरूले एकतर्फी आरक्षणमा तीव्र वृद्धि भएको जनाएका छन् । केही यात्रुले उडान रद्द गर्दै वैकल्पिक यात्रा विकल्प रोजिरहेका छन् ।

उडान रद्दले केवल यात्रुहरूलाई नभई अर्थतन्त्रका अन्य क्षेत्रमा पनि असर पार्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकाको झण्डै आधा हवाई कार्गो यात्रुवाहक विमानको पेटमा पठाइने भएकाले ढुवानी अवरोधले बजारमा मूल्य वृद्धि गराउन सक्छ ।

सिराक्युज विश्वविद्यालयका आपूर्ति शृङ्खला विज्ञ प्रा. प्याट्रिक पेनफिल्डका अनुसार यदि प्रमुख हवाई ढुवानी सेवा प्रभावित रह्यो भने उच्च ढुवानी लागत अन्ततः उपभोक्तामा सारिनेछ ।

Advertisement

एलिभेट एभिएसन ग्रुपका प्रमुख कार्यकारी ग्रेग राइफ भन्छन्, ‘यो बन्दले कार्गो विमानहरू र व्यापारिक यात्रुहरूलाई मात्र नभई, सम्पूर्ण पर्यटन उद्योग र सहरका राजस्वलाई असर पार्नेछ । होटल र स्थानीय कर आम्दानीमा समेत गिरावट आउनेछ ।’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top