×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

४ मंसिर २०८२

३ मंसिर, काठमाण्डौ।

नेकपा एमालेका महासभिव शंकर पोखरेल र नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कफ्र्यु आदेश जारी गरिएको छ । बाराको सिमरा क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता र जेन–जी समूहबिच भएको झडपपछि कफ्र्यू आदेश जारी भएको हो ।

Advertisement
Advertisement

झडपको क्रममा सिमराचोकमा स्वागतद्वार भत्काउने र सार्वजनिक स्थानमा तोडफोड गर्ने घटनासमेत भएपछि स्थानीय प्रशासनले तत्काल कदम चालेको छ। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गरेको आदेशअनुसार ०८२ मंसिर ३ गते मध्याह्न १२ः३० बजेबाट राति ८ बजेसम्म कफ्र्यु लागू गरिएको छ।

यस अवधिमा सार्वजनिक स्थानमा आवागमन र सवारी साधनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रमुख जिल्ला अधिकारी मिश्रले बताएअनुसार कफ्र्युको मुख्य उद्देश्य सुरक्षा व्यवस्था सुदृढ गर्नु, सामाजिक दुरुत्साहन नियन्त्रण गर्नु र थप हिंसात्मक घटनालाई रोक्नु हो।

उनले भने, ‘कफ्र्युको समयमा आपतकालीन सेवाहरू र अत्यावश्यक कार्यका लागि मात्रै विशेष अनुमति दिइएको छ। आदेशको उल्लंघन गर्नेहरूविरुद्ध कानुनी कारबाही गरिनेछ ।’

स्थानीय प्रशासनले सिमरा विमानस्थल र सिमराचोकमा ठुलो मात्रामा प्रहरी परिचालन गरेको छ। प्रहरीको उपस्थिति र नियन्त्रण बढाएको भए पनि प्रशासनले आमनागरिकलाई सतर्क रहन र कफ्र्यु पालन गर्न आग्रह गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरा घटनाका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले घटनालाई दुःखद् भन्दै त्यो जेनजी भावनाबाट नभएको दाबी गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जाल एक्समा मेन्सन गर्दै चुनावको वातावरण नबनाए चुनाव हुन नसक्ने भन्दै ध्यानाकर्षण गरेका हुन् । “एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?,” प्रधानमन्त्री कार्कीलाई ध्यानाकर्षण गर्दै शर्माले भनेका छन्, “सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको ‘समाज भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो ।”

उनले निषेधको राजनीति कसैले पनि नगर्न आग्रह गरेका छन् । यस्तै जेनजी युवाहरुले सिमरामा उत्रिन नै नदिने भन्दै प्रर्दशन गरेपछि भएको झडप र त्यसपछि कफ्र्यू लगाइएको अवस्थामा एमाले नेता महेश बस्नेतले भने जेनजीको प्रर्दशन विपक्षी दलहरुले गरेको टिप्पणी गर्दै सरकारमाथि प्रश्न गरेका छन् ।

उनले भनेका छन्, राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कफ्र्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो। सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ। हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ।”

बारामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली बारा जाने तयारीमा थिए ।

सोही जानकारीपछि जेनजी युवाले बाराको सिमरा विमानस्थलमा धर्ना दिएका थिए । उनीहरु हिजोदेखि यसको तयारीमा थिए । सोही विषयमा जेनजी र एमाले समर्थक युवाबीच झडप भएको हो । झडपपछि सिमरा बजार तनावग्रस्त बनेको छ ।

स्थानीयले विमानस्थलको गेट तोडफोड गरेका छन् । पोखरेल र बस्नेत भने काठमाडौं विमानस्थलमै रोकिएका थिए । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास असफल भएपछि जिल्ला प्रशासन कार्यालयले राति ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।

मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कफ्र्यु आदेश जारी गरिएको हो ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले भनेका छन् ।

कफ्र्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने सूचनामा उल्लेख छ ।

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ । यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो । आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो ।

सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको छ । अहिले बारामा कफ्र्यु आदेश जारी भएको छ । जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

यता प्रशासनले कफ्र्यू आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी छ । महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भनिएको उक्त भेलाअगावै सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले बताएका छन् ।

जनप्रदर्शन भने स्थगित भएको छ । जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कफ्र्यूका कारण बाटैमा रोकिएको उनले बताएका छन् ।

यस घटनालाई विश्लेषकहरूले पछिल्लो समय मुलुकमा राजनीतिक दलहरूको विरोध–प्रदर्शन र समर्थन गतिविधि तीव्र भएसँग सम्बन्धित तनावको संकेतको रूपमा व्याख्या गरेका छन्।

झडपपछि सिमरा क्षेत्र पूर्ण रूपमा तनावग्रस्त भएको र प्रशासनले तत्काल सुरक्षा सुनिश्चित गर्न कफ्र्यु लागू गर्नु परेको बताइएको छ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top