NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द  शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा शुक्रबार पुस २५ , २०८२
काँग्रेस संस्थापन पक्ष मुठभेडमा उत्रिदै शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

सोमवार मंसिर ८ , २०८२
Reading Time: 1 min read
A A
बलिउड अभिनेता धर्मेन्द्रको निधन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ मंसिर , काठमाण्डौ ।

भारतका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा उनको मुम्बईस्थित आफ्नै निवासमा सोमबार दिउँसो १ बजे निधन भएको हो। यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्।

उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई श्रद्धाञ्जली अर्पण गर्न बलिउड सेलिब्रेटीहरू उनको निवास पुगेका छन्। बलिउड फिल्म निर्माता करण जौहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि गत साता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यसबेला नै उनको निधनको अफवाह फैलिएपछि परिवारका सदस्यहरुले झुटो खबरहरुप्रति दुःख ब्यक्त गरेका थिए ।

त्यहाँ उनलाई तीन दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए। र, घरमै उनको उपचार भइरहेको थियो। सोमबार भने उनले घरमै अन्तिम सास लिए।

सन् १९३५ डिसेम्बर ८ मा पञ्जाब राज्यमा पर्ने नसराली गाउँमा जन्मिएका धर्मेन्द्र भारतीय फिल्म उद्योगका ‘सबैभन्दा ह्यान्डसम अभिनेता’ भनेर चिनिन्छ। उनको व्यक्तित्व र आकर्षण यति प्रभावशाली थियो कि बलिउडका सदाबहार अभिनेता देव आनन्दले समेत उनलाई देखेर भनेका थिए, ‘हे भगवान्, यस्तो अनुहार मलाई किन दिएनौ ?’

हिन्दी फिल्मका निकै लोकप्रिय कलाकार रहेका धर्मेन्द्रले ७ दशक लामो अभिनय करिअरमा ३ सयभन्दा बढी फिल्ममा काम गरेका छन्। ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’, ‘दोस्त’, ‘प्रतीज्ञा’ जस्ता फिल्म उनका सर्वाधिक लोकप्रिय छन्।

उनले पछिल्लो पटक सन् २०२४ मा रिलिज भएको फिल्म ‘तेरी बातों मे ऐसा उलझा जिया’मा काम गरेका थिए। सन् १९६० मा प्रदर्शन भएको फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट धर्मेन्द्रले अभिनय करिअर सुरु गरेका थिए।

तर, फिल्मसम्मको यात्रा तय गर्न उनका लागि सहज भने थिएन। मुम्बईमा टिक्नका लागि उनले सुरुमा ग्यारेज र ड्रिलिङ फर्ममा काम गरे, जहाँ उनले महिनाको २ सय रुपैयाँ पाउँथे। यतिले खर्च धान्न नसक्ने भएपछि उनले ‘ओभरटाइम’ पनि गरे।

मुम्बईमा संघर्ष गरिरहँदा धर्मेन्द्रले १९५० दशकको अन्त्यतिर ‘फिल्मफेयर ट्यालेन्ट हन्ट’मा भाग लिएका थिए। यो प्रतियोगिताको विजेता बनेपछि उनले निर्देशक अरजन देसाईको फिल्म ‘दिल भी तेरा हम भी तेरे’बाट डेब्युको अवसर पाए।

तर, यो फिल्म व्यावसायिक रुपमा असफल हुन सकेन। सन् १९६६ मा आएको फिल्म ‘फूल और काटे’ले भने उनलाई रातारात स्टार बनायो।धर्मेन्द्रले फिल्ममा आउनुभन्दा अगाडि नै प्रकाश कौरसँग सन् १९५४ मा विवाह गरेका थिए।

प्रकाशसँग उनका चार सन्तान छन्, सनी देओल, बबी देओल, विजेता देओल र अजिता देओल। सन् १९८० मा उनले ‘शोले’की अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गरेका थिए। उनीहरूका ईशा देओल र आहना देओल छन्।

यो वर्षको शुरुवातमा नै धर्मेंद्रको आँखाको पनि सर्जरी भएको थियो । जब पापराजीले उनको आँखामा पट्टी बाँधेको देखेर उनको स्वास्थ अवस्थाको बारेमा सोधे, सो बेला धर्मेंद्रले भनेका थिए कि ‘म ठिक छु । म मेरा दर्शकहरुलाई माया गर्छु’ ।

धर्मेंद्रलाई पछिल्लो पटक ‘रकी और रानीकी प्रेम कहानी’ मा देखिएको थियो । उनी अब आगामी फिल्म ‘इक्कीस’मा देखिनेछन् । जसमा उनी अमिताभ बच्चनका नाती अगस्त्य नंदाका साथ काम गरेका छन् ।

धर्मेंद्र भारतीय सिनेमाका लीजेंड हुन् । उनी सुन्दर व्यक्तित्वका लागि बलीवुडमा प्रख्यात छन् । उनले ६० को दशकमा डेब्यू गरे र ७० को दशकमा हिंदी सिनेमाको टप स्टार बने ।

धर्मेंद्र र हेमा मालिनीले आफ्नो विवाहका लागि इस्लाम धर्म अपनाएको भन्ने खबर पनि आएको थियो, यद्यपि एक राजनीतिक अभियानका क्रममा जब यी अफवाहहरु तीव्र फैलिन थाले, सो बेला धर्मेंद्रले आफू हिंदू नै रहेको र उनको परिवार आर्य समाजको भएको प्रष्टीकरण पनि दिए ।

उनले र हेमा मालिनीले १९७० को दशकमा ’शोले’ सहित कयौं फिल्महरुमा साथमा काम गरे । यो विवाहबाट उनका ईशा देओल र अहाना देओल दुई छोरीहरु छन् । उनले १९८७ मा एकै वर्षमा लगातार सात हिट र नौ सफल चलचित्र दिएका थिए ।

Tags: #बलिउड अभिनेता धर्मेन्द्रको निधन

लोकप्रीय

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

विचार

थप समाचार

राजनीति

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा
समाचार

एनआरएनए अमेरिका विभाजित हुँदा मन्त्री बब्लु विवादमा

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.