NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप सोमवार मंसिर ८ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन सोमवार मंसिर ८ , २०८२
Next
Prev

समाचार

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
Reading Time: 1 min read
A A
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

९ मंसिर , काठमाण्डौ ।

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले आजदेखि अनिवार्य अवकाश पाउने भएसँगै सरकारले सोमबार मात्रै नयाँ मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ ।

अर्याल ५८ वर्षे उमेर हदका कारण आजबाट अनिवार्य अवकास भएका हुन् । एकनारायणले करिव १५ महिना मुख्यसचिवको रुपमा काम गरे । अर्याल विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा नियुक्त भएका थिए ।

मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरेका छन् । उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पारे । यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ ।

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो । त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ ।

योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ ।

उनको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ ।

उनको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ।एकनारायण अर्यालले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै मुख्यसचिवमा रक्षा सचिव सुमनराज अर्याल नियुक्त गरेको हो ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागु हुनेगरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । एकनारायणसँगै पहिलो नम्बरमा रहेका सचिव गोकर्णमणी दुवाडी पनि अवकास हुनेछन् ।

दुवाडी सचिवको ५ वर्षे पदावधिका कारण मंगलबार रातिदेखि नै अनिवार्य अवकास हुने भएपछि पहिलो वरीयतामा रहेका सुमनराज अर्याल मुख्यसचिव बन्ने बाटो सहज भएको थियो । २०५३ साल वैशाख १९ गते तथ्यांक अधिकृतबाट सेवा प्रवेश गरेका अर्याल साढे २९ वर्षपछि निजामती सेवाको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् ।

२०६६ साल वैसाखमा उपसचिवमा बढुवा भएका अर्याल २०६८ माघमा सहसचिव भएका थिए । २०७७ माघ १९ गते सचिवमा बढुवा भएका अर्याल पाँच वर्ष पूरा हुनु दुई महिना पहिले निजामतीको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् ।

माघ १९ गतेसम्म पनि मुख्य सचिव नबनेको भए सचिवको पाँच वर्षे पदावधिका कारण अनिवार्य अवकासमा जाने थिए ।निजामतीमा प्रवेश गरेपछि तथ्यांक विभागमा काम गरेका अर्यालले महालेखा नियन्त्रक हुँदै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभव छ ।

कोसी प्रदेशको प्रमुख सचिव, सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री कार्यालयको सचिव, राष्ट्रिय योजना आयोगको सचिव हुँदै रक्षा मन्त्रालयको सचिवको जिम्मेवारी अर्यालले सम्हालेका छन् ।

काठमाडौँको जोरपाटी घर भएका अर्यालले एमएस्सी गरेका छन् । मुख्य सचिवमा नियुक्त भएका अर्यालको कार्यअवधि करिब साढे सात महिना मात्रै रहनेछ । अर्याल २०८३ असार २६ गतेसम्म सेवामा रहनेछन् ।

त्यसपछि उनी पनि मुख्यसचिवको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन् । मुख्य सचिवको प्रतिस्पर्धामा अरु सचिवहरु पनि थिए । तर उनीहरुभन्दा अर्याल ५ महिना महिना सिनियर हुन् ।

अर्याल पछि दोस्रो नम्बरमा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, तेस्रोमा नम्बरमा राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी र चौथोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुस्कर थिए ।

पाँचौँ नम्बरमा प्रधानमन्त्री कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल र छैठौँ नम्बरमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे छन् । उनीहरु ६ जना भने २०७८ असार १७ गतेदेखि साउन ४ गतेको बिचमा सचिवमा बढुवा थिए ।

Tags: #मुख्यसचिवमा सुमनराज अर्याल

लोकप्रीय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२

विचार

थप समाचार

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर
ताजा समाचार

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सोमवार मंसिर ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने

मङ्लबार मंसिर ९ , २०८२
तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

तथ्यांकशास्त्री बने मुख्यसचिव, साढे सात महिना मात्रै जागिर

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.