NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ? बुधबार मंसिर १० , २०८२
बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ? बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
Reading Time: 1 min read
A A
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

Minister for Foreign Affairs Pradeep Kumar Gyawali speaks at a meeting of the National Assembly’s National Concern and Coordination Committee to discuss the Millennium Challenge Corporation Compact Programme, in Singha Durbar, Kathmandu, on Thursday, December 26, 2019. Photo: RSS

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० मंसिर, काठमाण्डौ ।

नेकपा एमाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसंग रुष्ट बनेको छ । भण्डारीको एक अभिव्यक्तिले एमाले आगो भएको हो । हतियारहरु बाहिरै रहेका बेला पनि चुनाव गराउँन सकिन्छ, विगतमा पनि त्यो गराएको भन्ने उनको अभिव्यक्तिमाथि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रश्न उठाएका छन् ।

ज्ञवालीले कार्यवाहक आयुक्त भण्डारीको ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

LS Auto

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उपमहाचिव ज्ञवालीले एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना हास्यास्पद भएको टिप्पणी समेत गरेका छन् ।

‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो÷देखियो । एउटा राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ’, ज्ञवालीले लेखेका छन् ।

साथै उनले त्यसवेला माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको तथा २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य प्रमुख आयुक्तलाई थाहा हुनुपर्ने समेत बताएका छन् ।

‘भलै संविधान सभाको पहिले निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगका अनेकौँ घटना घटित भए’, ज्ञवालीले भनेका छन्,‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

यता महासचिव शंकर पोखरेलले पनि निर्वाचन आयोगमा दल दर्ता भएको आधारमा फागुन २१ गते नियोजित निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण भएको टिप्पणी गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत वर्तमान सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको बेला निर्वाचन सुनिश्चित भएको दाबी भ्रमपूर्ण भएको बताएका हुन् ।

‘राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी १०औँ बैठकको निर्णयअनुसार भएको हो । अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो’, उनले लेखेका छन् ।

‘लोकतन्त्रलाई जीवन पद्धति मान्ने पार्टी भएकाले हामी नियमित अद्यावधिकका प्रक्रियामा छौँ,’ उनले आफ्नो फेसबुकमा लेखेका छन् । वर्तमान सरकार न निर्वाचनतर्फ उन्मुख छ, न त आवश्यक वातावरण निर्माण गर्न इच्छुक देखिन्छ ।

बरु विघटनपछिका कदम र सरकारले अपनाउँदै आएको व्यवहारले दलगत क्रियाकलापलाई दबाउने र समाजमा भय, अस्थिरता र अराजकता फैलिने स्थिति बनाएको उनको आरोप छ ।

महासचिव पोखरेलले प्रतिनिधि सभा विघटनका कारण संविधान ‘घाइते’ बनेको उल्लेख गर्दै ‘२३ र २४ गतेका विध्वंसात्मक घटनाले कमजोर बनाएको संविधानलाई पुनः सक्रिय बनाउन संसद् पुनः स्थापना अपरिहार्य’ भएको बताएका छन् ।

लोकतन्त्रलाई सही मार्गमा फर्काउने एक मात्र उपाय प्रतिनिधि सभाको पुनस्र्थापना भएको उनको दाबी छ । सुरूदेखि नै संसद पुनस्र्थापनाको माग राख्दै आएको एमाले तोकिएको समयसीमा सकिनु एक दिनअघि मंगलबार दल दर्ता गर्न गएको हो ।

यस्तै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरु समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका हुन् ।

निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशङ्‍का नगर्न उनले आग्रह गरे । मन्त्री खरेलले मतदाता नामावली सङ्‍कलनलाई हेर्दा जनता पनि निर्वाचनमा होमिइसकेको र सुरक्षा योजना समेत तयार भइसकेको बताए ।

यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले समेत अधिकांश फरार कैदी र हतियार समेत नियन्त्रणमा लिइसकेको भन्दै शान्तिपूर्ण रुपमा निर्वाचन हुनेमा ढुक्क हुन् आग्रह गर्दै आएका छन् ।

वडादेखि पालिका र जिल्ला स्तरमा समेत कार्यकर्ता परिचालन गरी चुपचाप चुनावको तयारी गरिरहेको र मंगलबार चुनावी प्रयोजनकै लागि दल दर्ता गराएको एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको माग राख्दै सर्वोच्च अदालतमा रिट पनि पेस गरेर दुई डुंगामा खुट्टा राखेको छ ।

एमालेले मंगलबार पेस गरेको पुनस्र्थापनासम्बन्धी रिट दर्ता भने हुन बाँकी छ । आज रिट दर्ता हुने वा नहुनेबारे निर्णय हुनेछ । यसअघि नै प्रतिनिधि सभा पुनस्र्थापनाको मागदाबी लिएर १६ वटाभन्दा बढी रिट दर्ता भई प्रारम्भिक सुनुवाइसमेत अघि बढिसकेको छ ।

एमालेले दायर गरेको रिटमा सुशीला कार्की प्रधानमन्त्री भएको विषयमा प्रश्न उठाइएको छ । अर्थात्, कार्की प्रतिनिधिसभा सदस्य नभएको र सर्वोच्चको प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री बन्न संविधानले नै रोकेको विषय रिटमा उल्लेख गरिएको छ ।

संविधानको धारा ७६ तथा धारा १३२ (२) विपरीत गैरसंवैधानिक तरिकाले कार्की प्रधानमन्त्री नियुक्ति भएकाले प्रथम दृष्टिमै असंवैधानिक रहेको तर्क गरिएको छ । कार्कीलाई नियुक्त गर्न राष्ट्रपतिले भदौ २७ गते गरेको निर्णय, शपथ ग्रहण र अन्य नियुक्तिसमेत बदर गर्न माग गरिएको छ ।

सरकार नै गैरकानुनी भएकाले सम्पूर्ण कामकारबाही, निर्णय तथा नियुक्तिहरू समेत बदर गर्न एमालेले माग गरेको छ । त्यस्तै, प्रधानमन्त्री कार्कीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर गरी संसद पुनस्र्थापना गर्न माग गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलमार्फत धारा ७६ बमोजिम अर्को सरकार गठनका लागि परमादेशसमेत माग गरिएको छ । पुनस्र्थापना भएपछि बैठक बोलाउन सभामुख तथा संसद सचिवालयका नाममा परमादेश समेत जारी गर्नुपर्ने रिट निवेदनमा उल्लेख छ ।

यसबीच अध्यक्ष केपी शर्मा ओलीले पनि एक अन्तर्वार्तामा आफूहरू निर्वाचनमा जाने भए पनि पार्टीको बटमलाइन प्रतिनिधिसभा पुनस्र्थापना नै रहेको बताएका छन् । एमालेले पछिल्लो समय प्रतिनिधिसभा पुनस्र्थापनाका लागि जनदबाब भन्दै सडक प्रदर्शन, भेला, सभा आयोजना गरिरहेको छ।

एमालेले कात्तिक २२ गते वडास्तरीय भेला आयोजना गरेको थियो भने कात्तिक २५ गते पालिका र २९ गते जिल्लास्तरीय प्रदर्शन गरेको थियो । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि यी कार्यक्रम गरेको भनिए पनि एमाले चुपचाप चुनावको तयारीमा रहेको नेताहरू बताउँछन् ।

एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा उभिन नेपाली कांग्रेसलाई पनि आग्रह गर्दै आएको थियो । तर कांग्रेसले अहिलेसम्म यसमा खुलेर जवाफ दिएको छैन । यता कांग्रेस केन्द्रीय समितिले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गरिसकेको छ ।

यता एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसकै तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो ।

Tags: #प्रदीप ज्ञवाली#प्रमुख निर्वाचन आयुक्त

लोकप्रीय

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२

विचार

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२

थप समाचार

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?
ताजा समाचार

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.