कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

कुलमान घिसिङ र खगेन्द्र सुनारबीच चुनावी एकता,चुनाव चिन्ह एउटै

१० मंसिर, काठमाण्डौ ।

आगामी फागुन २१ को चुनावमा सम्पूर्ण वैकल्पिक शक्तिहरु एक हुनु पर्ने भन्दै जनदबाब समेत बढिरहेका बेला उर्जा मन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको उज्यालो नेपाल पार्टी र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टी बीच चुनावी एकता भएको छ ।

यी दुई दलले साझा चिह्नमा चुनाव लड्ने भएका छन् । हाम्रो पार्टी नेपालले पनि आगामी आमनिर्वाचनमा बिजुलीको चिम चुनाव चिह्नमा उम्मेदावरी दिन निर्वाचन आयोगमा निवेदन दिएको छ । कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइक’ चुनाव चिह्न निर्वाचन आयोगबाट लिएका थिए ।

तर, निर्वाचन प्रयोजनका लागि उनीहरुले साझा चुनाव चिह्न माग गरेका हुन् । आयोगले एउटै चुनाव चिह्नमा फरक फरक पार्टीहरुले लड्न पाउने व्यवस्था गरेको छ । त्यसका लागि बेग्लै निवेदन दिनुपर्छ ।

नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजाति पार्टीले पनि साझा चुनाव चिह्नमा चुनाव लड्न निवेदन दिएका छन् । यसअघि उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेपछि उज्यालो र हाम्रो पार्टीबीच चुनावी एकता भएको छ ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता चौधरी रहेकी छन् । उनका पति रेशम चौधरीले पार्टी परित्याग गरेपछि उन्मुक्ति कमजोर बनेको छ । उज्यालो नेपाल पार्टी पार्टी विस्तारमा समेत जुटिरहेको छ ।

उज्यालो नेपाल पार्टीले बागमती प्रदेशबाट संगठन विस्तारको औपचारिक सुरुवात गर्दै पहिलो प्रदेश कमिटी गठन गरेको छ। मंसिर ५ गते दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि पार्टीले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा केन्द्रित हुँदै संगठन विस्तारका गतिविधि अघि बढाएको हो।

सोमबार इन्द्रेणी बैंक्वेटमा बसेको प्रदेशस्तरीय भेलाले प्रविण तामाङको संयोजकत्वमा ७५ सदस्यीय बागमती प्रदेश अधिवेशन आयोजक कमिटी गठन गरिएको पार्टीका नेता जीतराम वाइबाले जानकारी दिएका छन् ।

तीन मन्त्रालयको नेतृत्व सम्हालिरहेका ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ पनि भेलामा उपस्थित रहेर कार्यकर्तालाई सम्बोधन गरेका थिए। घिसिङले आगामी निर्वाचनमा उम्मेदवारी मनोनयनको समयमा मात्र मन्त्री पदबाट राजीनामा दिएर उज्यालो नेपाल पार्टीको प्रत्यक्ष नेतृत्व सम्हाल्ने तयारी रहेको बताइएको छ।

जेनजी आन्दोलनपछि भदौ २३ र २४ गते दर्ता भएका नयाँ दलमध्ये प्रदेश कमिटीसम्म संरचना विस्तार गर्ने उज्यालो नेपाल पार्टी पहिलो दल बनेको छ। उज्यालो नेपाल पार्टीले मंसिर १७ गते प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा आयोजना गरिएको छ।

यस्तै कुलमानले रास्वपासँग समेत सहकार्यका लागि छलफल गरिरहेका छन् । रास्वपासँग पार्टी एकताका लागि तत्काल संभव नभएपनि निर्वाचनमा सकार्यका विषयमा निर्णायक छलफल भइरहेको नेताहरुले बताएका छन् ।

यसअघि कुलमानले रास्वपाको नेतृत्व दाबी गरेपछि एकताको वार्ता टुंगिएको थियो । यता नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।

आफ्नो पार्टीले गरिरहेको कार्यक्रममा बाधा पु¥याउन उनीहरूले नै षड्यन्त्र गरिरहेको उनको आरोप छ । ‘जेनजी समूहलाई अराजक र उत्तेजक बनाएर र आफूलाई जेनजीका नेता ठान्ने हाम्रो कार्यक्रममा बाधा पु¥याउन षड्यन्त्र गर्ने कुलमान घिसिङ, बालेन र सुदन गुरुङ हुन्,’ बस्नेतले भनेका छन्, ‘यिनलाई पक्राउ गरेर छानबिन गर्नैपर्छ ।’

उनले बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा जागरण अभियानमा जाँदा जेनजीका नाममा प्लेकार्ड देखाउँदै युवाहरू पुगेका थिए । उनीहरूले एमाले र युवा संघविरुद्ध नाराबाजी पनि गरेका थिए सो क्रममा युवा संघका युवाहरुले जेनजी युवाहरुमाथि आक्रमण समेत गरेका थिए ।

युवाहरुले नारा लगाउँदै शान्तिपूर्ण आन्दोलन गरेपनि एमालेका कार्यकर्ताहरु आफूहरुमाथि जाइलागेको उनीहरुले बताएका छन् । तर सो क्रममा प्रहरीले देखाएको भूमिकाको बस्नेतले प्रशंसा गरेका छन् ।

‘प्रहरी प्रशासनलाई धन्यवाद दिनैपर्छ,’ बस्नेतले भनेका छन्, ‘उनीहरूले देखाएको उच्च सतर्कता र जिम्मेवार भुमिकाले आजसम्म कुनै पनि अप्रिय घटना दिएको छैन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.