×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

लुम्बिनीको दोस्रो जित, पोखरालाई धक्का

१४ मंसिर २०८२
१३ मंसिर , काठमाण्डौ ।
लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । यससंगै लुम्बिनीले एनपीएलमा ‘कमब्याक’ गरेको हो ।
आज भएको पहिलो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकालेको हो ।  त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
लुम्बिनीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै निरोसश दिकेवालाले ३७ रन बनाउँदा सन्दीप जोराले नटआउट २५ रनको योगदान गरे ।
पोखराका लागि विपिन खत्री, सागर ढकाल र म्याट टेलरले दुई–दुई विकेट लिए । त्यस्तै जिम्मी निशमले एक विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो ।
पोखराका लागि रोसिङ्टनले ८१ रनको अर्धशतकीय पारी खेले । ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।  त्यस्तै जिम्मी निशमले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उलने ३ चौका र ३ छक्का प्रहार गरे ।
पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । त्यस्तै गुल्बदिन नैबले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै लुम्बिनीले ५ खेलबाट ४ अंक जोडेको छ । पराजित पोखराको चार खेलबाट २ अंक छ । यससंगै लुम्बिनीले प्लेअफ सम्भावना जिवित राखेको हो ।
लुम्बिनीसँगको हारले पोखराको प्लेअफको बाटो कठिन भएको छ । लुम्बिनीले अब प्लेअफ खेल्न बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ । लुम्बिनीले भने अब बाँकी दुई खेल जितेमा प्लेअफको यात्रा सहज हुनेछ ।
लुम्बिनीले पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेलमा हार भागेको छ । लुम्बिनीले अब विराटनगर किंग्स र जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top