NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ? बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन बुधबार मंसिर २४ , २०८२
ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ? बुधबार मंसिर २४ , २०८२
काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता बुधबार मंसिर २४ , २०८२
पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी बुधबार मंसिर २४ , २०८२
Next
Prev

समाचार

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

बुधबार मंसिर २४ , २०८२
Reading Time: 1 min read
A A
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२४ मंसिर , काठमाण्डौ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले बनाएको स्याटलाइट ‘स्लिपर्स टु स्याट’ चीनको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । बुधबार दिउँसो ११औँ काइनेटिका–१ वाहक रकेटको सफल प्रक्षेपण गरिएको हो ।

यसले नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), इजिप्टका तीनसहित कुल नौ उपग्रहहरू अन्तरिक्षमा तैनाथ गरेको चाइना डेलीले जनाएको छ। प्रमुख व्यावसायिक रकेट निर्माता कम्पनी ’क्यास स्पेस’ द्वारा सञ्चालित यो प्रक्षेपण उत्तर–पश्चिमी चीनको गोबी मरुभूमिमा अवस्थित ज्युक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः०३ बजे भएको थियो।

LS Auto

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, रकेटमा रहेका ६ वटा चिनियाँ बहुउद्देश्यीय उपग्रह, यूएईद्वारा सञ्चालन गरिने एउटा पृथ्वी अवलोकन उपग्रह, इजिप्टको एउटा वैज्ञानिक उपग्रह र नेपालको एउटा शैक्षिक उपग्रह सफलतापूर्वक आ–आफ्नो निर्धारित कक्षमा प्रवेश गरेका छन्।

स्याटेलाइट प्रक्षेपणका लागि नेपालबाट स्लिपर्स टु स्याटका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीसहित चार जना चीन गएका छन् । सामान्यतया ट्युब ढाँचाको स्याटलाइट डेढ किलोग्राम भन्दा धेरै हुन पाउँदैन ।

त्यसैले स्लिपर्स टु स्याटको तौल १ किलो २० ग्राम छ । यो स्याटलाइटमा २ वटा क्यामेरा जडान गरिएका छन् । यी क्यामेराले नेपालका वनस्पति र पानीको विवरण दिनेछ। त्यस्तै, भूकम्पको पूर्व सूचना अध्ययन गर्ने प्रविधि पनि यसमा रहेको छ ।

भूकम्प जानुअघिका सूक्ष्म तरङ्गलाई नाप्ने र जानकारी दिने प्रविधि स्याटलाइटमा रहेको छ र त्यस्तै विद्युतीय चुम्बक पनि यसमा राखिएको छ । पृथ्वीको वरिपरि घुमिरहेको अवस्थामा यसलाई यहीँबाटै रोक्न सकिने र दिशा परिवर्तन गर्न सकिने प्रविधि पनि जडान गरिएको छ ।

स्लिपर्स टु स्याट ५ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको थियो । तर ११÷११ वर्षमा सूर्यको किरण कम चहकिलो र धेरै चहकिलो हुने चक्र चल्ने गर्छ । यस पटक सूर्यको किरण धेरै चहकिलो हुने चक्र चल्ने भएकाले स्याटलाइटमा चाँडै असर पुग्ने अनुमान छ ।

त्यसैले कम्तीमा डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान छ । एमेच्योर रेडियो डिजिटल कम्युनिकेसनले यो परियोजनामा सहयोग गरेको थियो । यो परियोजनामा चितवनका चेपाङ बालबालिकालाई पनि सहभागी गराइएको थियो ।

यो स्याटलाइटबाट प्रवाह हुने डेटा संसारभर एमेचोर रेडियो फ्रिक्वेन्सीको लाइसेन्स पाएका सबैले प्राप्त गर्न र उपयोग गर्न पाउनेछन् । यस्तै यूएईको ’८१३’ नाम दिइएको उक्त उपग्रह चिनियाँ विज्ञान एकेडेमीको सांघाईस्थित सहायक संस्था ’इनोभेसन एकेडेमी फर माइक्रोस्याटेलाइट्स’ ले संयुक्त अरब इमिरेट्स विश्वविद्यालयको ’राष्ट्रिय अन्तरिक्ष विज्ञान तथा प्रविधि केन्द्र’ का लागि विकास गरेको हो।

‘८१३’ नामक उपग्रह माटो, जलवायु तथा वातावरणीय अवस्थाको अवलोकनका लागि बनाइएको हो। यसै प्रक्षेपणमार्फत चीनले ऊर्जा क्षेत्रमा प्रयोग हुने आफ्नो पहिलो रिमोट–सेन्सिङ उपग्रह ‘जिक्सिङ हाई–रिजोलुसन पनि कक्षमा पठाएको छ।

०.५ मिटरभन्दा राम्रो स्थानिक रिजोलुसनसहित, यो उपग्रहले प्रसारण लाइन र पाइलन (टावर) जस्ता विद्युत् ग्रिड संरचनाको अवस्थाको अत्यन्त सूक्ष्म निगरानी गर्न सक्षम बनाउने उल्लेख छ ।

इलेक्ट्रिक पावर इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटका अनुसार यो उपग्रहले पूर्व–पश्चिम दिशामा निरन्तर रूपमा पट्टी मोडमा अवलोकन गर्न सक्छ, जसअन्तर्गत एकैपटकमा २०० किलोमिटरभन्दा बढी प्रसारण करिडोर क्षेत्र कभर गर्न सकिन्छ ।

विद्यमान उपग्रह प्रणालीहरूको तुलना नयाँ उपग्रहले प्रसारण परियोजना सर्वेक्षण र लाइन निरीक्षणको सटीकता पाँच गुणाभन्दा बढी वृद्धि गर्ने अपेक्षा गरिएको छ।

उपग्रहले अतिद्रुत भोल्टेज परियोजना व्यवस्थापनदेखि लिएर प्रसारण नेटवर्कका वातावरणीय प्रभाव मूल्यांकन, महत्वपूर्ण ऊर्जाको करिडोर निरीक्षण, विपद् पूर्व–चेतावनी तथा विपद् पश्चात् मूल्यांकनसमेतका विभिन्न अनुप्रयोगहरूमा सहयोग पु¥याउनेछ।

यसै प्रक्षेपणमा पूर्वी चीनको आन्हुई प्रान्तको राजधानी हेफेई सहरको एक जिल्लाको जलस्रोत निगरानी, सहरी व्यवस्थापन तथा डिजिटल रूपान्तरणका लागि समर्पित दुईवटा रिमोट–सेन्सिङ उपग्रहहरू समेत समावेश गरिएको छ ।

Tags: #चेपाङको सहभागितामा निर्माण#नेपाली सेटेलाइट#नेपाली सेटेलाइट अन्तरिक्षमा पुग्यो

लोकप्रीय

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

बुधबार मंसिर २४ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

बुधबार मंसिर २४ , २०८२

विचार

थप समाचार

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?
अन्तर्राष्ट्रिय

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन
ज्ञान-बिज्ञान

गगन अडानमै–पार्टी पुनर्गठनका लागि साधारण सदस्य बन्न तयार
ताजा समाचार

काँग्रेसका उमेद्वार, पुरानै क्षेत्रमा पुरानै नेता

बुधबार मंसिर २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

ब्ल्याक होलमा पनि रेकर्ड बनाउने भारतको तयारी, के गर्दै छ ?

विशाल ब्ल्याक होलमा विस्फोट, के हो संकेत ?

बुधबार मंसिर २४ , २०८२
नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

नेपाली सेटेलाइट चीनले अन्तरिक्षमा पठायो, भूकम्पको पूर्वसूचना अध्ययन

बुधबार मंसिर २४ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पका मन्त्रीको ४० मिनेटको गोप्य भिडियोमा के छ ?

बुधबार मंसिर २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.