×

NEPAL TIMES UPDATES

Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

आज विराटनगर भर्सेस लुम्बिनी, को पुग्छ फाइनल ?

२६ मंसिर २०८२

२५ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो ।

Advertisement

यता, लुम्बिनीले भने इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जित निकाल्दै दोस्रो क्वालिफायर यात्रा तय गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधि भिड्न्तमा साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो ।

यता, लुम्बिनी भने चौथो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुने तालिका छ । लुम्बिनी इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो। यही जितलाई आधार मानेर विराटनगर ढुक्क देखिएको छ । लगातार जितको लयलाई कायमै राख्दै लुम्बिनी लायन्स फाइनलको नजिक पुगेको छ ।

बुधबार भएको इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजको दबदबा अनि चुनौती समाप्त पार्दै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।यसअघि भएका दुवै भेटमा काठमान्डुले लुम्बिनीमाथि जित हासिल गरेको थियो ।

काठमान्डुले त्यो दबदबा कायमै राख्ने सोचका साथ मैदान उत्रँदा लुम्बिनीले भने बदला लिँदै काठमान्डुलाई उपाधि यात्राबाट बाहिर पठाएको हो । गत संस्करणको लिग चरण तथा यस संस्करणको लिग चरणमा भएका खेलमा काठमान्डुले नै बाजी मारेको थियो ।

यसपटक भने लुम्बिनी विजयी भयो । टस जितेर पहिले ब्याटिङ नै रोजेको काठमान्डुलाई १११ रनमै अलआउट गरेर लुम्बिनीले संयमित ढंगले लक्ष्य पूरा ग¥यो । लुम्बिनीको जितमा पछिल्लो समय महत्वपूर्ण प्रदर्शन गर्दै आएका शेर मल्लले हिजोपनि शानदार प्रदर्शन गरे ।

यस्तोमा लुम्बिनीले लगातार चौथो जितका साथ अब फाइनलतर्फ थप एक कदम अघि बढाएको छ, तर फाइनल पुग्नका लागि आज विराटनगर किङ्सको सामना गर्नेछ । लुम्बिनी लायन्सले सुरुवाती खेल जितेपछि लगातार ३ खेलमा पराजित भएर कठिन अवस्थामा पुगेको थियो ।

त्यसपछि चुनौतीका बीच लुम्बिनीले शानदार पुनरागमन गर्दै बाँकी तीनवटै खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भएको थियो । त्यो लयलाई लुम्बिनीले प्लेअफमा पनि कायमै राखेको छ र पहिलो क्वालिफायरमा काठमान्डु गोर्खाजलाई हराउन सफल भयो ।

लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको देखिएको छ ।

शेर मल्ललाई बलिङमा रुबेन ट्रम्पलमन र कप्तान रोहित पौडेलबाट पनि साथ मिलिरहेको छ । ब्याटिङमा पनि सबैबाट सानो–सानो योगदान भइरहँदा लुम्बिनी जितको लय कायमै राख्न सफल भइरहेको छ ।

यही लय लिएर लुम्बिनीले २४ घण्टाभित्रै आज महत्वपूर्ण खेल खेल्दै छ । कप्तान रोहित पौडेलले हरेक खेल नकआउट जसरी नै खेल्दै आएको र यस खेललाई पनि त्यसरी नै लिने बताएका छन् ।

Advertisement

आजको खेल दुवैलाई नकआउट हो, प्रेसर दुवैलाई बराबर हुन्छ । दुवै टोलीमा राम्रा खेलाडी छन् । जसले प्रेसर ह्यान्डल गर्न सक्छ त्यही टोलीले जित्न सक्छ’ उनले भनेका छन् । ‘हाम्रा लागि ४ वटै खेल नकआउटजस्तै थिए, हारेपछि बाहिरिने खालको थियो। अब बाँकी खेल पनि त्यस्तै हुन् । ‘उनले भनेका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top