NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ? शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले शुक्रबार मंसिर २६ , २०८२
मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

सुशीला र विद्या मिलेपछि महेश बस्नेतको सात्तो उड्यो

बिहिबार मंसिर २५ , २०८२
Reading Time: 1 min read
A A
सुशीला र विद्या मिलेपछि महेश बस्नेतको सात्तो उड्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ मंसिर , काठमाण्डौ ।

प्रधानमन्त्री सुशीला कार्की र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच तीन दिनअघि भएको भेटवार्तापछि एमाले बृत्तामा खैलाबैला मच्चिएको छ। नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा सल्लाह भएको दावी गरेका छन् ।

बस्नेतले फेसबुक मार्फत ’षड्यन्त्रको नयाँ खेल भन्दै यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्, ’दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।

उनले यो घटनालाई हिजो मात्र ’ जेनजी समूहको नाममा गरिएको नाटकीय वार्ता र सम्झौता, हिमेश पन्तलगायतका सेलिब्रिटीहरूले फैलाएको भ्रम र ’केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल सँग जोडेका छन् ।

उनले थप लेखेका छन्, ’यी सबै कुरा एउटै दिशातिर संकेत गर्छन्, एमालेको आसन्न महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्ततः अध्यक्ष ओलीको लोकप्रियता कमजोर पार्ने, उनले, ’महाधिवेशनमा चुनाव भए सके हराउने, नसके भोट घटाउने नै उनीहरूको अन्तिम उद्देश्य हो ।

बस्नेतले हिजोको पत्रकार सम्मेलनमा एमालेको अध्यक्षका उम्मेदवार तथा एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले भनेको कुरालाई पनि जोडेका छन्, ’किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन भन्ने प्रश्न पत्रकारहरूले सोध्न भुल्नुभयो । म भए जान्थेँ, उहाँ पनि जानैपर्छ । बस्नेतले एमाले यो सबै षड्यन्त्रको सामना गर्न पूर्णरूपमा सक्षम रहेको चेतावनी दिएका छन् । ’पार्टी आफ्नो अडानमा अडिग छ । अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुने छैन, उनले लेखेका छन् ।

उनले अन्त्यमा भनेका छन्, ’तिमीहरूका हरेक कर्तुत र योजना अब पूर्ण रूपमा बुझिसकिएको छ । अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको खेल नजन्मदै तुहिनेछ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्रीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबार पुगेकी थिइन । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले आगामी निर्वाचन र निर्वाचनको तयारीमा लागेको सरकारका कामका बारेमा पूर्वराष्ट्रपतिलाई जानकारी गराएकी थिइन ।

त्यस्तै जेन–जी आन्दोलन, आन्दोलनका शहीद परिवारको माग, घाइतेको माग र माग सुनुवाइका क्रममा सरकारले गरेको कामका विषयमा पनि पूर्वराष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँगको भेटपछि सिंहदरबारको अवलोकन गरेकी थिइन । प्रधानमन्त्री र पुर्वराष्ट्रपतिबीचको भेटलाई कतिपयले ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटको काउन्टरका रुपमा टिप्पणी गरेका थिए ।

प्रधानमन्त्रीले यसअघि नै पूर्वराष्ट्रपतिसँग भेटवार्ताका लागि गृहमन्त्री ओमप्रकाश अर्याल र संचारमन्त्री जगदिश खरेलमार्फत सन्देश पठाएकी थिइन । पछिल्लो समय जाँचबुझ आयोगले बयानका लागि नआए ओलीलाई पक्राउ गर्ने सम्मको तयारी गरेको भन्ने खबरहरु बाहिरिरहेका छन् ।

ओलीले आफू कुनै पनि हालतमा बयान दिन नजाने बताउँदै आएका छन् । उनले आयोग नै आफ्ना लागि मान्य नभएको दलील गर्दै आएका छन् । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ ।

आज मात्रै तत्कालीन प्रहरी प्रमुख र गृहसचिवसँग बयान लिदैछ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ ।

५ असोजमा गठित आयोगको म्याद ३ महिना अर्थात् ५ पुसभित्र सकिँदैछ । करिब २ सातामात्रै म्याद बाँकी रहँदा आयोगले बयानसमेत सकेको छैन । फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनीतिक तहमा प्रवेश गर्न थालेको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार करिब डेढ सय जनासँग बयान सकिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिन बाँकी छ ।

आयोगकै सिफारिसमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई विदेश यात्रा गर्न र अनुमतिबिना काठमाडौं उपत्यकाबाहिर जान रोक लगाइएको छ । ओलीले आयोगलाई असंवैधानिक भनेर सार्वजनिक टिप्पणी गर्दै बयानमा नजाने अडान लिँदै आएका छन् ।

ओलीले जेनजी आन्दोलन विदेश षडयन्त्रमा भएको समेत टिप्पणी गर्दै आएका छन् । यस्तै नेकपा एमालेका नेता बस्नेतले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिए नसोचेको परिस्थिति सिर्जना हुने चेतावनी दिँदै आएका छन् ।

‘सरकारलाई कडा चेतावनी । केपी शर्मा ओली र रमेश लेखकजस्ता राष्ट्रिय नेतामाथि यदि अवैध रूपमा दबाब सिर्जना गर्दै पक्राउ गर्ने प्रयास गरियो भने, त्यसपछि उत्पन्न हुने परिस्थिति कसैको नियन्त्रणमा रहने छैन ।हामी सत्य–असत्यको लडाइँमा झुक्दैनौँ । आवश्यक प¥यो भने देशको झन्डा ओढेर मर्न तयार छौं, तर अन्याय र दमनको अगाडि कहिल्यै नटेक्नेछौँ,’ उनले भनेका छन् ।

Tags: #पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी#प्रधानमन्त्री र पूर्वराष्ट्रपति#प्रधानमन्त्री सुशीला कार्की#सुशीला र विद्या

लोकप्रीय

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

विचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

थप समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले
अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.