NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ? शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले शुक्रबार मंसिर २६ , २०८२
मन्त्रिपरिषद् चौथो पटक विस्तार, को–को बन्दैछन् मन्त्री ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
Reading Time: 1 min read
A A
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको च्याम्पियन घोषणा हुन् अब एक दिन मात्रै बाँकी छ । ८ टोली मध्ये २ टिमले फाइनलमा स्थान बनाएका छन् भने दुई पटक अवसर पाएर पनि विराटनगर फाइनलमा पुग्नबाट बन्चित भएको छ ।

लिग चरणमा सुदूरपश्चिमको खेल उत्कृष्ट रह्यो । यो टोलीले ७ खेलमा ६ जित निकाल्यो । फाइनलसम्म पुग्दा सुदूरपश्चिमलाई पराजित गर्ने एकमात्रै टिम विराटनगर हो । सबैभन्दा कमजोर साबिक विजेता जनकपुर बोल्ट्स देखियो ।

LS Auto

सातमा एक खेल मात्रै जितेर यो टोली तालिकाको पुछारमा पुग्यो । साबिक विजेता जनकपुरका लागि यो सिजन बिर्सनलायक बन्यो । ८ टोली मध्ये केहीका कप्तानहरूको प्रदर्शन उत्कृष्ट रह्यो भने केहीको प्रदर्शन मध्यम र केहीको बिर्सनलायक देखिएको छ ।

प्रमुख उपाधि दाबेदार मानिएको दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोल्यस विराटनगर किङ्सविरुद्ध मात्रै कमजोर देखियो । ४९ बल रहँदै ६ विकेटले उक्त खेल हार्दा तालिकमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा उक्लियो ।

फलत ः यो टिमले पहिलो क्वालिफायरमा यही टोलीको सामना गर्यो । तर दोस्रो पटक क्वालिफायरमा भेट भएको विराटनगरले हार्यो । अलडाउन्डर मध्यक्रममका ब्याटर दीपेन्द्रको सम्झनलायक इनिङ भनेको कर्णालीविरुद्ध थियो ।

यस खेलमा पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चचिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जारी सिजनमा सुदूरपश्चिमले बनाएको यो कम स्कोर हो । सुरुवातीक्रमका ब्याटरहरू सस्तैमा आउट हुँदा दीपेन्द्रले यो इनिङ सम्हाले ।

सुदूरपश्चिम ८ ओभरको तेस्रो बलमा ४ विकेटको क्षतिमा ४६ रनको अवस्थामा हुँदा दीपेन्द्र क्रिजमा आएका थिए । उनले २८ बलमा ३९ रन जोड्न १ चौका र २ छक्का प्रहार गरे । उनैले सर्वाधिक बढी रन जोडे ।

सुदूरपश्चिमको इनिङ थोरै उकासियो । यस खेलमा दीपेन्द्रले कर्णालीका ४ विकेट लिए । उनले ओपनरद्वय प्रियांक पञ्चाल र मार्क वाटको महत्त्वपूर्ण विकेट लिएका थिए। उनको अलराउन्ड प्रदर्शनले यो खेल सुदूरपश्चिमको पक्षमा गएको हो ।

लिग चरणमा उनले सबैभन्दा बढी विकेट र रन बनाएको खेल यही हो । उनले काठमाडौं गोर्खाजसँगको खेलमा पनि ३० बलमा ३९ रन जोडे । अन्य खेलमा उनको प्रदर्शन जितका लागि अरु खेलाडीलाई साथ दिन मात्रै सीमित भयो ।

विराटनगरसँगको खेलमा उनको बलिङ फितलो बन्यो । २ ओभर बलिङ गर्दा उनले विकेटविहीन रहँदै ३८ रन खर्चिए । यस इनिङमा उनको ब्याटिङ पनि चलेन । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने जारी सिजनको लिग चरणमा सर्वाधिक १७ विकेट लिने बलर हुन् ।

प्रतियोगिता पहिलो क्वालिफायरमा पुग्दा सन्दीपलाई सुदूरपश्चिमका अविनाश बोहोराले उछिनेका थिए । तर उनले दोस्रो क्वाफायरमा २ विकेट लिँदै उनलाई उछिने । तर टिमलाई भने फाइनलसम्म पुर्याउन सकेनन् ।

राष्ट्रिय टिमका पूर्वकप्तान तथा विराटनगरका कप्तान स्पिन बलर लामिछानेले काठमाडौं गोर्खाजविरुद्ध सबैभन्दा कम १ विकेट र जनकपुरविरुद्ध सबैभन्दा बढी ४ विकेट लिए । उनलै सबै खेलमा पूरै चार ओभर बलिङ गरेका छन् ।

काठमाडौंविरुद्ध उनले एक विकेट लिँदा २४ बलमा २६ रन दिए । उनले बलभन्दा बढी रन दिएको इनिङ यही हो । लिगकै सबैभन्दा बलियो देखिएको सुदूरपश्चिम रोयल्सविरुद्ध उनले ३ विकेट लिए ।

उनले २४ बलमा २० रन मात्रै दिए । बलिङमा सन्दीप निर्णायक बन्दा सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लागेको थियो । जनकपुर बोल्ट्सविरुद्ध विराटनगरको जित निकाल्न सन्दीपले चार विकेट लिए ।

जारी सिजनमा उनले सर्वाधिक विकेट र कसिलो बलिङ गरेको इनिङ यही हो । लुम्बिनीसँग हारेको खेलमा उनले चार ओभर बलिङ गर्दा २ विकेटसहित २० रन मात्रै दिए । चितवन राइनोजसँग हारेको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २ विकेट लिएर २४ रन दिए ।

लुम्बिनीसँगको खेलमा सन्दीपले २ विकेट लिए तर विराटनगरका ब्याटरहरू नचल्दा यो खेल लुम्बिनीको पक्षमा गयो । विराटनगर फाइनलमा नपुगेपछि सर्वाधिक विकेटधारी सन्दीपलाई सर्वाेत्कृष्ट खेलाडी मध्ये एकका रुपमा हेरिएको छ ।

कर्णाली याक्सका कप्तान सोमपाल टिमकै भरोसा भएका फास्ट बलर हुन् । तर, समग्रमा उनको बलिङ कमजोर देखिएको छ । सात इनिङमा १४४ बल फ्याँक्दा उनले २१६ रन खर्चिए । सोमपालले यस सिजन ९ विकेट लिए । पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजविरुद्ध उनी विकेटविहीन रहे ।

उनको फितलो प्रदर्शन पोखराविरुद्ध रह्यो । उनले त्यस इनिङमा २४ बलमा ५० रन खर्चिए भने विकेट लिन सकेनन् । काठमाडौंविरुद्ध सोमपालको बलिङ कमजोर देखियो । यस इनिङमा उनले १८ बल फ्याँक्दा ३५ रन खर्चिए भने विकेट हात पारेनन् ।

जनकपुरविरुद्धको इनिङमा मात्रै सोमपालले बलभन्दा कम रन दिए । जसमा २ ओभर बलिङ गर्दा ११ रन दिए । एक विकेट पनि लिए । सोमपालले सर्वाधिक विकेट लिएको इनिङ सुदूरपश्चिमविरुद्धको हो ।

त्यसबेला उनले २४ बलमा ३२ रन खर्चिए ३ विकेट लिए । उनी कुनै खेलमा जितको निर्णायक बन्न सकेनन् । काठमान्डु गोर्खाजका कप्तान तथा बलर करण केसीले ८ खेलमा १७३ बल फ्याँक्दा २१४ रन खर्चिएर १३ विकेट लिएका छन् ।

उनी सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ स्थानमा छन् । उनले सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गर्दा उनले ४ विकेट लिएर ३० रन खर्चिए । तर, पनि यस खेलको जित विपक्षीको हातमा गयो ।

चितवनसँगको खेलमा करणले ओपनर दीपक बोहोरलाई शून्यमै आउट गराए । यस खेलमा ४ ओभर बलिङ गर्दा २ विकेट लिएर २३ रन दिए । बलभन्दा कम रन दिएको उनको इनिङ यही हो ।

कर्णालीविरुद्ध ४ ओभर बलिङ गर्दा उनले १ विकेट लिँदै २६ रन खर्चिए । पोखरासँगको खेलमा कप्तान तथा ओपनर कुशल भुर्तेलको विकेट पनि करणले नै लिए । त्यस खेलमा उनले २ विकेट लिएर २५ रन दिए ।

विराटनगरसँगको खेलमा ओपनर लोकेश बमको विकेट पनि करणले नै लिए । काठमाडौंले हारेको यस खेलमा करणले ३ ओभर १ बल फ्याँक्दा २८ रन खर्चिएर १ विकेट लिए । जनकपुरविरुद्धको खेलमा भने करणको बलिङ कमजोर देखिन्छ ।

उनले लुम्बिनी लायन्सविरुद्ध ४ ओभर बलिङ गर्दा एक विकेट लिँदै ३६ रन खर्चिए । चितवन राइनोजका कप्तान तथा ब्याटर कुशल मल्लको प्रदर्शन यस सिजनमा बिर्सनलायक रह्यो । उनको ब्याटिङ कुनै खेलमा पनि चलेन ।

उनले बनाएको सर्वाधिक ३० रन हो । जनकपुरसँगको त्यो खेलमा पनि चितवनले हा¥यो । बलिङमा पनि उनी कमजोर देखिए । विराटनगरविरुद्धको खेलमा उनले ३ ओभर ५ बल फ्याँक्दा ४६ रनसम्म खर्चिए ।यो सिजनमा कुशलको न ब्याटिङ चल्यो न बलिङ ।

पोखरा एभेन्जर्सका कप्तान तथा ब्याटर कुशल भुर्तेलको यस सिजनमा प्रदर्शन सुखद हुन सकेन । तर पनि उनले २ खेलमा अर्धशतक प्रहार गरे । मजबुत देखिएका सुदूरपश्चिम र विराटनगर जस्ता टोलीविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् ।

तर, पोखराले यी दुवै खेल भने हा¥यो । कुशल दुई खेल लुम्बिनी र जनकपुरविरुद्ध डक आउट भए । अन्यमा उनको प्रदर्शन सम्झनलायक छैन । नेपाली राष्ट्रिय टिम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको ब्याटिङ एनपीएलको यस सिजनमा मध्यम देखिन्छ ।

उनले कर्णालीविरुद्ध सर्वाधिक ४९ रन जोडे । यो खेलको जित लुम्बिनीको पक्षमा परेन । पोखराविरुद्ध उनले सर्वाधिक दोस्रो ४० रन बनाए । यस इनिङमा उनले लुम्बिनीबाट सर्वाधिक रन बनाएका थिए ।

उनको रनको आडमा लुम्बिनीले खेल जित्यो । जनकपुरविरुद्ध सर्वाधिक ३४ रन बनाए । यही खेल जितेर लुम्बिनीले प्लेअफमा स्थानमा बनाएको हो । यो महत्त्वपूर्ण खेलमा उनकै ब्याटिङले लुम्बिनीले जितेको हो ।

लुम्बिनीले रोहितको ३९ रनको साथमा चितवनविरुद्ध जित निकाल्यो । विराटनगरविरुद्ध समूह चरणमा उनी शून्मै आउट भए । यद्यपि विराटनगरसँगको हिजो दोस्रो क्वालिफायरमा भने रोहितको दोस्रो सर्वाधिक ३४ रन निर्णायक बन्यो ।

यससँगै रोहित सर्वाधिक रनकर्तामा तेस्रो स्थानमा उक्लिएका छन् । उनले ९ खेलमा २६० रन जोडेका छन् । यद्यपि उनले शतक र अर्धशतक भने प्रहार गर्न सकेनन् । एनपीएलमा उनलाई सर्वाेत्कृष्ट खेलाडी मध्ये एकका रुपमा हेरिएको छ।

साबिक विजेता जनकपुरले अनिल साहको कप्तानीमा पोखरा, विराटनगर र काठमाडौंविरुद्धको तीन खेल मात्रै खल्यो । उनको कप्तानीको विषयमा आलोचना भएपछि जनकपुरले कप्तानको जिम्मेवारी अन्य दुई खेलाडीलाई दियो ।

जनकपुरका अनिल साहको यो वर्ष ब्याटिङ र बलिङ दुवै फ्लप भएको छ । यो टिमले एक मात्रै जित निकालेको छ ।

Tags: #८ कप्तानको प्रर्दशन#एनपीएलका क्याप्टेन#नेपाल प्रिमियर लिग#नेपाल प्रिमियर लिग (एनपीएल)

लोकप्रीय

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

विचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२

थप समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले
अन्तर्राष्ट्रिय

युरोपको सबैभन्दा गरिब देशको सत्ता जनताले ढाले

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ?

शुक्रबार मंसिर २६ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलका क्याप्टेनः कस्तो रह्यो ८ कप्तानको प्रर्दशन ?

शुक्रबार मंसिर २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.