NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
Reading Time: 1 min read
A A
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा आज नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् ।

त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ ।

लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो ।

लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो पटकको फाइनलमा उपाधि जित्ने लक्ष्यमा छ । यसपटक लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो ।

त्यस्तै अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक लिग चरणमा सुदूरसँगको हार बिर्सेर उपाधि उचाल्ने योजनामा छ ।यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको हो ।

दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ । अर्कोतर्फ लुम्बिनीले यस सिजन उतारचढाव बेहोर्दै फाइनलसम्मको यात्रा तय गरेको हो । पछिल्ला खेलहरुमा लुम्बिनीले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै जितको लय कायम राखेको छ र त्यो लयलाई फाइनलमा पनि निरन्तरता दिँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

यता नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान एवम् अलराउन्डर दीपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा अब्बल देखिएको छ ।

लिगको अन्तिम खेल मात्र एकपक्षीय रूपमा गुमाउँदा बाँकी खेलमा प्रभावशाली प्रदर्शन गरेको छ र अब फाइनलमा पनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । सुदूरपश्चिमका लागि नेपाली र विदेशी खेलाडी दुवैबाट अपेक्षित प्रदर्शन भइरहेको छ ।

त्यही कारण सन्तुलित देखिएको सुदूरपश्चिम लिग चरणबाटै उपाधिको दाबेदार टोलीमा रूपमा हेरिएको छ । अर्कोतर्फ लुम्बिनीको लयमा भने उतारचढाव देखिएको थियो । लिग चरणमा सुरुवाती खेल जितेर त्यसपछि लगातार तीन हार बेहोरेको लुम्बिनीले अन्तिमका तीन खेल फेरि जितेर प्लेअफमा स्थान बनाएको थियो ।

कुनै समय एक हारले पनि प्रतियोगिताबाट बाहिरिने अवस्थामा रहेको लुम्बिनीले शानदार पुनरागमन गर्दै इलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले अनि २४ घण्टाभित्रै भएको दोस्रो क्‍वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा पुग्यो ।

लुम्बिनीले प्रतियोगिताको बीचमा विदेशी खेलाडीदेखि टिम कम्बिनेसनसम्म परिवर्तन गरेको थियो । त्यसले पनि लुम्बिनीको टोलीमा सकारात्मक परिवर्तन ल्याएको छ । मध्यक्रमको ब्याटिङमा अझै सुधारको अपेक्षा राख्न सकिन्छ ।

यस्तो भएमा लुम्बिनीको ब्याटिङ अझ बलियो देखिनेछ । एनपीएलका दुवै संस्करणमा गरेर सुदूरपश्चिम र लुम्बिनी २ पटक आमनेसामने भएका छन् । दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको छ ।

गत संस्करण भएको खेलमा सुदूरले लुम्बिनीमाथि ४२ रनको जित हासिल गरेको थियो । सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा १४५ रन मात्र बनाएको थियो ।

यस्तै यस संस्करणको खेलमा सुदूरपश्चिमले ७ विकेटको सहज जित हासिल ग¥यो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेटको क्षतिमा १९औं ओभरको दोस्रो बलमा पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि ब्याटिङमा विनोद भण्डारी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण हुनेछ । तीनजना खेलाडीले धेरै रन बनाएका छन् । विनोदले ८ खेलमा २६४ रन, आरिफ शेखले १८० रन तथा दीपेन्द्रले १४९ रन बनाएका छन् ।

बलिङमा अविनाश बोहरा, स्कट कुग्लेइन र हर्मीत सिंह प्रभावकारी हुनेछन् । अविनाशले १६ विकेट लिएका छन् भने हर्मीतले १२ अनि कुग्लेइनले १० विकेट लिएका छन्। यता लुम्बिनीका लागि ब्याटिङमा रोहित पौडेल, डार्शी शर्ट र निरोशन डिक्‍वेलाको प्रदर्शनले महत्व राख्नेछ ।

रोहितले ९ खेलमा २६० रन बनाएका छन् । उनलाई अस्ट्रेलियन डार्शी शर्टले साथ दिइरहेका छन् जसले २४२ रन बनाएका छन् । निरोशन डिक्‍वेलाले ५ खेलमा १२६ रन बनाएका छन् । लुम्बिनीका लागि ब्याटिङमा सबैबाट केही योगदान भइरहेको छ ।

बलिङमा शानदार लयमा रहेका शेर मल्ल र रुबेन ट्रम्पलमन घातक साबित हुन सक्छन् । शेर मल्लले ९ खेलमा १४ विकेट तथा ट्रम्पलमनले १२ विकेट लिएका छन् । शेर प्रतियोगिताकै तेस्रो सर्वाधिक विकेट टेकर हुन् ।

यी दुईले मिलेर विपक्षीलाई सुरुवातदेखि नै समस्यामा पार्दै आएका छन् । यसबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ‘हाउसफूल’ दर्शकमाझ सुदूरपश्चिम आफ्नो वर्चस्व कायम राख्दै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ ।

यता, लुम्बिनी गत सिजनको चोटलाई उपाधिले निको पार्ने लक्ष्यमा छ । “प्रतियोगिता दौरान कुनै समय हामीलाई प्लेअफसम्म आइपुग्न पनि सबै खेल जित्नु पर्ने दबाब थियो। अब अन्तिम एक खेलमा पनि यस्तै लय रहनेछ भन्ने आशा लिएको छुँ,” दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जितपछि फाइनलबारे लुम्बिनी लायन्सका ब्याटर डार्सी शर्टले भनेका थिए ।

गत सिजन सबैभन्दा खराव प्रदर्शनसहित तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको टिम हो, लुम्बिनी लायन्स । यो सिजन पनि १४० रनको औसत ब्याटिङ भए पनि लिग चरणको आफ्नो चौथो खेलदेखि पछिल्ला पाँच खेलमा लगातार जितसहित लुम्बिनीले फाइनल यात्रा तय गरेको छ ।

लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हारको नतिजासँगै आठ अंक जोड्दै चौथो स्थानसहित लुम्बिनी प्लेअफमा आएको थियो । जहाँबाट लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसहित दोस्रो क्वालिफायर यात्रा तय ग¥यो ।

दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको सहज जित निकालेसँगै लुम्बिनी गत सिजनको पिडा भुलाउँदै फाइनल प्रवेश गरेको हो । लुुम्बिनीले लिग चरणको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

तर, यसपछिका लगातार तीन खेलमा हार बेहोरेपछि लुम्बिनीले प्लेअफ पुग्न लिगका बाँकी सबै खेल जित्नुपर्ने समीकरण बनेको थियो । लुम्बिनी दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटले, तेस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २२ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग नै १४३ रनले पराजित भएको थियो ।

तर, पाँचौँ खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको, छैटौँ खेलमा विराटनगर किंग्सविरुद्ध पाँच विकेटको र सातौँ खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकालेको थियो ।

यता फाइनलअघि सुदूरपश्चिमका बलर स्कट कुग्गेलिनले गत वर्षको निराशा र यो वर्षको आत्मविश्वास एकैपटक सुनाउँदै भने, “फाइनल पक्कै पनि फरक हुनेछ । हामी साँच्चै यो उपाधि जित्न चाहन्छौँ । दोस्रो स्थान खासै राम्रो हुँदैन । हामी त्यहाँबाट उठ्न आवश्यक छ,” ।

गत सिजन पनि यस्तै लयसहित सुदूरले फाइनल यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा जनकपुरसँग निराश हुँदा एनपीएल च्याम्पियन बन्ने सपना सुदूरले पूरा गर्न पाएन । यस सिजन लिग चरणका सातमध्ये ६ जितसहित सुदूरले १२ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो ।

प्लेअफको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको कीर्तिमानी जुन रनका आधारमा यो सिजनकै फराकिलो जित हो, त्यो सहित सुदूरले लगातार दोस्रो पटक फाइनलमा स्थान सुनिश्चित ग¥यो ।

‘फ्यान फेबरेट’ सुदूरपश्चिम नै क्रिकेट विश्लेषकको नजरमा पनि उपाधिको मुख्य दाबेदार हो । सुदूरपश्चिमले लिग चरणका पहिलोदेखि ६ खेलसम्म लगातार जित निकालेको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरले दोस्रो संस्करणको पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो ।

दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले, चौथो खेलमा लुम्बिनीलाई नै सात विकेटले, पाँचौँ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले र छैटौँ खेलमा चितवनलाई ४९ रनले निराश बनाएको थियो ।

लिग चरणको सातौँ खेलमा भने सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो । लिग चरणको अन्तिम खेलमा विराटनगरसँग हार बेहोरे पनि पहिलो क्वालिफायरमा भने सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको टिमलाई नै निराश बनाएको थियो ।

यही सानदार लयसहित लगातार फाइनल आएको सुदूरपश्चिमले आफ्नो प्रभुत्व प्रमाणित गर्दै ‘फ्यान–फेवरेट’को मान्यतालाई उपाधिमा बदल्नेछ ? पुछारबाट उठेको लुम्बिनीले सिजनकै सबैभन्दा ठूलो चमत्कार पूरा गर्नेछ ? उत्तर आज साँझ ७ बजेसम्ममा आउने छ ।

यससंगै प्रतियोगिताका ३१ खेल सकिदा बहुप्रतिक्षित फाइनल खेल आज दिउँसो ३ः३० देखी सुरु हुँदै छ । प्रतियोगितामा लिगचरणमा २८ खेल हुँदा प्लेअफमा ३ खेल सकिसकेका छन् । अब फाइनल प्रतिस्पर्धा बहुप्रतिक्षित बनेको हो ।

एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीले पुरस्कारका रूपमा कार पाउनेछन् । यसमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी र कप्तान दीपेन्द्रसिंह ऐरी तथा लुम्बिनीबाट कप्तान रोहित पौडेलमध्ये एक जना खेलाडी सर्वोकृष्ट बन्न सक्ने सम्भावना छ ।

Tags: #एनपिएलले नयाँ च्याम्पियन पाउँदै#एनपीएल क्रिकेट#एनपीएल सिजन–२#नेपाल प्रिमियर लिग

लोकप्रीय

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

विचार

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

थप समाचार

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.