एनआईसी एशियाको निक्षेप १६५ अर्ब पुग्यो, निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक

एनआईसी एशियाको निक्षेप १६५ अर्ब पुग्यो, निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक

काठमाडौं,असोज २०
एनआईसी एशिया बैंकले आर्थिक बर्षको पहिलो त्रैमासमा १४ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो ।

यो वृद्धिसँगै बैंक निक्षेप परिचालनमा निजी क्षेत्रको सबैभन्दा ठुलो कायमै छ । गत आर्थिक बर्षको अन्तिममा समेत सो बैंक सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैंक बनेको थियो ।

यस्तै, बैंकको कर्जा लगानीमा पनि विस्तार भई १ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक भएको उनले दावी गरे ।

बैंकको वासलातको आकार पनि बढेर २ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । ग्राहक संख्या १२ लाख १९ हजार पुगेको बैंकले जनाएको छ ।बैंकको मुलुकभर २५६ शाखा कार्यालय, २४९ एटीएम, २२ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उनको दावी छ ।

हालसम्मग्राहकको बढेर १२ लाख १९ हजार रहेको छ । १५ महिनाको अवधिमा बैंकले झण्डै ८० अर्ब रुपैयाँ निक्षेप परिचालन बढाएको छ । आक्रामक रुपमा बजारमा विस्तारमा गएपछि बैंकको निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको हो ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.