NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे बुधबार पुस २ , २०८२
फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ? बुधबार पुस २ , २०८२
एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म मङ्लबार पुस १ , २०८२
Next
Prev

समाचार

एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

बुधबार पुस २ , २०८२
Reading Time: 1 min read
A A
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ पुस , काठमाण्डौ ।

एमालेमा एघारौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेपछि मतदान सुरु भएको छ । हिजो विहान ११ बजेदेखि पटक पटक सर्दै आएको मतदान प्रक्रिया आज विहानबाट सुरु भएको हो ।

मतदानका लागि प्रतिनिधिहरू लाइन लागिसकेको अवस्थामा हिजो विद्युतीय मतदान मेसिनमा प्राविधिक समस्या आएको भन्दै राति निर्वाचन प्रक्रिया स्थगन गरिएको थियो । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता सोमबार नै सकिएकाले मंगलबार दिउँसो मतदान सुरु गर्ने तालिका सार्वजनिक गरिएको थियो ।

LS Auto

तर विद्युतीय मेसिनमा उम्मेदवारको नाम चढाउन ढिला भएपछि राति ७ बजे मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । मतदानका लागि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलसमेत लाइनमा थिए ।

तर सवा ८ बजेतिर महासचिव शंकर पोखरेलले मतदान स्थगन गरिएको घोषणा गरेका थिए । एमालेले नेतृत्व चयनका लागि ‘राम–लक्ष्मण इनोभेसन’ कम्पनीले बनाएका विद्युतीय मेसिन प्रयोग गर्दै छ ।

महाधिवेशन निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाम युनिकोडमा लेख्नुपर्नेमा केहीको प्रीति फन्टमा ‘इन्ट्री’ भएकाले समस्या आएको थियो । ‘मेसिनमा देखिएको समस्या समाधान गरेर बुधबार बिहान ८ बजे मतदान सुरु गर्ने निर्णय भएको छ,’ आयोगका उपाध्यक्ष सानुराज पोखरेलले भने, ‘अध्यक्षका उम्मेदवारद्वयको सहमतिमै मतदान सार्ने निर्णय भएको हो ।’

राम– लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले मंगलबार अपराह्न पाएको विवरण ‘मर्ज’ गर्दा समय लागेकाले मतदान सार्नुपरेको बताएका छन् । एमालेले विद्युतीय मतदान मेसिन प्रयोग गरी छिटो नतिजा निकाल्ने तयारी गरेको थियो ।

मंगलबार राति पनि मतदान सुरु हुन नसक्दा प्रतिनिधिहरू असन्तुष्टि पोख्दै हलबाट बाहिरिएका थिए । मतदानमा ढिलाइकै कारण एमालेको महाधिवेशन एक दिन लम्बिएको छ ।

ईश्वर पोखरेल पक्षले शान्ति–सुरक्षा लगायतलाई ध्यानमा राखी दिउँसो मतदानको व्यवस्था मिलाउन आग्रह गरेको थियो । पोखरेल पक्षका उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले दिउँसो मतदान गर्दा सुरक्षालगायत अन्य विषयमा सहज हुने भन्दै आयोगको ध्यानाकर्षण गराएको बताएका थिए ।

मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको छ । एक मतदातालाई मतदान गर्न ३० देखि ४० मिनेट लाग्नेछ । महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी छन् ।

आयोगका अनुसार प्राविधिक समस्या नआए मतदान सकिन करिब १० घण्टा लाग्नेछ । मतदान सकिएको तीन घण्टामा परिणाम दिन सकिने आयोगको भनाइ छ ।अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म छान्न मतदान हुने हो।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चयन हुँदैछन्। ३०१ जना केन्द्रीय सदस्य छान्नका लागि लागि मतदान भइरहेको छ । मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ।

टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि उम्मेदवारको फोटोमा स्वष्तिक चिन्ह देखिन्छ।

निर्वाचन आयोगले प्रमाणिकरण गरेको मेसिनमा माथिदेखि तल अर्थात् अध्यक्षदेखि केन्द्रीय सदस्यको अर्डरमा उम्मेदवारको नाम रहेका छन्। पदीय मर्यादाक्रमअनुसार पहिलोलाई मतदान गरेपछि मात्र दोस्रोलाई मतदान गर्न पाइन्छ।

सबै उम्मेदवारलाई गरेको मतदान नम्बरलाई पहिला मेसिनको गणना एकाईले रेकर्ड गर्छ। मतदान सफल भएको संकेत दिन ‘बिप’ आवाज अथवा अडियो सन्देश सुनाउँछ।

केपी शर्मा ओली र ईश्वर पोखरेल पक्ष प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । मतपत्रमा अध्यक्षतर्फ १ नम्बरमा ईश्वर पोखरेल र २ नम्बरमा केपी शर्मा ओलीको नाम छ । पाँच उपाध्यक्षमा ११ जना प्रतिस्पर्धामा छन् ।

अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा (बादल), विन्दा पाण्डे र विष्णुप्रसाद पौडेलको नाम मतपत्रमा क्रमैसँग राखिएको छ ।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार छन् । तीन उपमहासचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीको नाम क्रमैसँग मतपत्रमा राखिएको छ ।

९ सचिवका लागि २० जना प्रतिस्पर्धामा उत्रिएका छन् । अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुल बाँस्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्मा अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मत कार्की सचिवका उम्मेदवार हुन् ।

प्रत्येक प्रदेशको भूगोल ‘क्लस्टर’ बाट ९ केन्द्रीय सदस्य छान्ने व्यवस्था छ । त्यसमा खुला ५, महिला ३ र ४० वर्षमुनिका एक युवा हुन्छन् । सुदूरपश्चिम भूगोलको खुलातर्फ ५ सिटका लागि १६ जना उम्मेदवार छन् ।

४० वर्षमुनिका युवा केन्द्रीय सदस्य एक सिटका लागि दुई जना प्रतिस्पर्धामा छन् । खुलाबाट आउने ७२ केन्द्रीय सदस्यमा १६७ उम्मेदवार छन् । पदाधिकारीमा उम्मेदवारी दिनेहरू खुला सदस्यमा स्वतः उम्मेदवार बन्ने व्यवस्था एमालेको विधानमा छ ।

४० वर्षमुनिका दुई जना पनि निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा ५२ महिलाका लागि ७१ उम्मेदवार प्रतिस्पर्धामा छन् । पदाधिकारी र केन्द्रीय कमिटीसहित ३ सय १ जनाका लागि ६ सय ३ उम्मेदवारी परेको थियो ।

त्यसमध्ये ११ निर्विरोध भएका छन् । उपमहासचिवका उम्मेदवार राजेन्द्र गौतमसहित १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

बन्दसत्र स्थल भृकुटीमण्डप क्षेत्रमा उम्मेदवारका पर्चा–पम्पलेट, भिजिटिङ कार्ड छ्यापछ्याप्ती छन् । कतिपय ब्यानरसहित विहानैदेखि मत मागिरहेका छन् ।

Tags: #एमालेमा एघारौं महाधिवेशन#एमालेमा महासंग्राम

लोकप्रीय

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

बुधबार पुस २ , २०८२

विचार

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

बुधबार पुस २ , २०८२

थप समाचार

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध
ताजा समाचार

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे
ताजा समाचार

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक
ताजा समाचार

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?
ताजा समाचार

एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.