NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे बुधबार पुस २ , २०८२
फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन बुधबार पुस २ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ? बुधबार पुस २ , २०८२
एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म मङ्लबार पुस १ , २०८२
Next
Prev

समाचार

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
Reading Time: 1 min read
A A
एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ पुस , काठमाण्डौ ।

नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत अहिअ‍े नेतृत्व चयनका लागि मतदान भइरहेको छ । भृकुटीमण्डपमा अध्यक्षका प्रत्याशीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेर सुरु गरेपछि अहिले प्रतिनिधिहरुले धमाधम मतदान गरिरहेका छन् ।

सुरुमा मतदान गरेका ओली र पोखरेललाई ४० मिनेट समय लागेको थियो। अहिले एक पटकमा ५० जना भित्र पठाइएको छ । भित्र छिरेपछि सुरुमा प्रतिनिधि कार्ड स्क्यान गरिन्छ । निश्चित ठाउँमा पुगेपछि प्वाल पारिन्छ ।

त्यसपछि बुथ ‘मेसिन’मा प्रवेश हुन्छ । भित्र फोटोसहित उम्मेदवारको सूची छ । मत हालेकाहरुको अनुभव अनुसार मेसिनमा घरीघरी टच नभएर डबल ट्याप गर्नु परेको छ । त्यो गर्दा बेलाबेला भोट ‘विथड्र’ हुन्छ ।

त्यसपछि पुनः मत हाल्न मेसिनले स्क्रिनमा सूचना दिन्छ । जति उम्मेदवार छन्, त्यतिलाई मत हाल्न मेसिनले जनाउ दिन्छ । सङ्ख्यामा केही छुटे मेसिनले ‘यति भोट हाल्न बाँकी छ’ भन्छ । त्यसपछि मतदाताले भोट हाल्नसक्छन् ।

उम्मेदवारहरूको सूची भोटिङ मेसिनको १५ वटा पेजमा बाँडिएको छ। प्रत्येक पेजमा नाम भएका सबै उम्मेदवारलाई भोट हालेपछि अर्को पेजमा जान पाइन्छ। एउटा पेजमा भएका सबै उम्मेदवारलाई भोट हाल्यो कि हालेन भनेर स्क्रिनमै संकेत चिह्न आउँछ।

एउटा पेजबाट अर्को पेजमा फड्किनुअघि सबैलाई भोट हालियो कि हालिएन भनेर जाँच्न पाइन्छ। एकचोटि अगाडिको पेजमा फड्किएपछि फेरि फर्किएर आउन पाइँदैन। मतदान गरेका प्रतिनिधिहरुका अनुसार एक जनालाई २५ देखि ४० मिनेटसम्म समय लागेको छ ।

प्रविधिमैत्री मान्छेलाई २५ मिनेट लाग्ने उनीहरुको अनुभव छ । भित्र फोन लिन दिइएको छैन । तर, लिस्ट बोकेर जान दिइएको छ । अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेललाई लगभग बराबर समय लागेको छ।

ओलीले करिब ४० मिनेटमा सबैलाई भोट हालेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिएका छन् । उनका अनुसार अर्का अध्यक्ष दाबेदार ईश्वर पोखरेलले पनि लगभग यति नै समयमा भोट हालेर सकेका थिए।

उनीहरू दुई जनाले सँगसँगै मतदान सुरू गरेको र सक्दा पनि झन्डै एकै समयमा सकेको रिमालले जानकारी दिए। ओली खेमाबाट उपाध्यक्ष उम्मेदवार विष्णु पौडेलले २५ मिनेटमा भोट हालेका थिए भने पोखरेल समूहबाट महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको थियो।

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। ओली र पोखरेल दुवैले आ–आफ्नो समूह बनाएर प्रतिस्पर्धा गर्दैछन्। जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्।

५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्।

महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्।

९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्।

जारी महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् भने ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्। सबैलाई भोट हाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्छ।

भृकुटीमण्डपमा बिहान ८ बजेदेखि सुरू हुने भनिएको मतदान केही ढिला गरी साढे ९ बजेदेखि मात्रै मतदान सुरू भएको हो। विहान ९ बजेर १० मिनेट जाँदा पहिलो मतदान भएको विद्युतीय भोटिङ मेसिनमा ११ बजेर १० मिनेट जाँदासम्म २०० जनाले मतदान गरेका छन् ।

विद्युतीय भोटिङ मेसिनका व्यवस्थापक रामप्रसाद रिमालका अनुसार मतदाताले सुस्त गतिमा मतदान गरिरहेका कारण ढिलाई भएको हो । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान रहेको रिमालले बताए ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

Tags: #ओली र ईश्वर#मतदाताका हातमा प्यानल लिस्ट

लोकप्रीय

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

बुधबार पुस २ , २०८२

विचार

थप समाचार

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध
ताजा समाचार

एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?
ताजा समाचार

एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

बुधबार पुस २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

एमालेमा आज मतदान,११ सदस्यसहित लेखामा निर्विरोध

ओली र ईश्वरले गरे सँगै मतदान, मतदाताका हातमा प्यानल लिस्ट

बुधबार पुस २ , २०८२
बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बम विस्फोटका अभियुक्तलाई हर्कले निलम्बन गरे

बुधबार पुस २ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

फागुनको निर्वाचनमा कठोर आचारसंहिता,के के गर्न पाइदैन

बुधबार पुस २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.