NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का शुक्रबार पुस ४ , २०८२
रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु शुक्रबार पुस ४ , २०८२
बंगलादेश फेरि अशान्त, हसिनाका विरोधी हादीको हत्या शुक्रबार पुस ४ , २०८२
Next
Prev

समाचार

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
Reading Time: 1 min read
A A
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ पुस , काठमाण्डौ ।

युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीचको ‘फिनालिसिमा’ कतारमा हुने भएको छ । यी दुई टोली आगामी मार्चमा कतारमा आमनेसामने हुने भएका हुन् । युरोपेली फुटबल निकाय युइएफएले बिहीबार यसको घोषणा गरेको हो ।

दुई महादेशीय च्याम्पियनबीचको यो प्रतिस्पर्धा सन् २०२१ मा पुनः सुरु गरिएको थियो । युइएफए र दक्षिण अमेरिकी फुटबल महासंघले फिफाको दुई वर्षे विश्वकप आयोजना गर्ने योजनाको कडा विरोध गरेका थिए ।

LS Auto

सन् २०२२ को फिनालिसिमा खेलमा लिओनल मेसीको अर्जेन्टिनाले इटालीलाई ३–० ले पराजित गरेको थियो । अब अर्जेन्टिना पुनः कतारको लुसाइल स्टेडियममा फर्कनेछ । यही स्टेडियमा उसले तीन वर्षअघि विश्वकपको उपाधि जितेको थियो ।

यो खेल सन् २०२६ मार्च २७ मा आयोजना हुनेछ र स्थानीय समय अनुसार राति ९ बजे किक–अफ हुनेछ । स्पेन र अर्जेन्टिना अहिलेसम्म १४ पटक भेट भएका छन्। दुवै टोलीले समान रूपमा ६–६ खेल जितेका छन् ।

मार्च २७ मा हुने खेलमा मेस्सीले पहिलोपटक बार्सिलोनाका उदाउँदा स्टार लामिन यमलसँग सामना गर्न सक्ने सम्भावना पनि छ । अर्जेन्टिना हालको फाइनलिसिमा डिफेन्डिङ च्याम्पियन पनि हो ।

उसले सन् २०२२ मा लन्डनको वेम्ब्ली स्टेडियममा इटालीलाई ३–० ले पराजित गर्दै उपाधि जितेको थियो । त्यसअघि सन् १९९३ मा पनि अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टीमा हराउँदै फाइनलिसिमा जितेको थियो ।

१९९३ पछि यो प्रतियोगिता २०२२ सम्म आयोजना भएको थिएन । फाइनलिसिमा इतिहासमा फ्रान्सले पनि एकपटक उपाधि जितेको छ । फ्रान्सले सन् १९८५ मा उरुग्वेलाई पराजित गर्दै यो ट्रफी जितेको थियो ।

यसैबीच अब्देररज्जाक हमेद अल्लाहले दुई गोल गर्दै मोरोक्कोलाई अरब कपको उपाधि दिलाएका छन् । लुसाइल स्टेडियममा बिहीबार भएको फाइनलमा मोरोक्कोले अतिरिक्त समयमा जोर्डनलाई ३–२ ले हराएको हो ।

हमेद अल्लाहले ८८औं मिनेटमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याए । त्यसपछि उनले नै १००औं मिनेटमा निर्णायक गोल गर्दै अफ्रिका कप अफ नेसन्सअघि मोरोक्कोलाई उपाधि दिलाए ।

फाइनल खेलको सुरुआतमै मोरोक्कोले अग्रता लिएको थियो । खेलको चार मिनेट नपुग्दै ओसामा तन्नानेले सेन्टर लाइन पछाडिबाट सानदार प्रहार गर्दै गोल गरेका थिए । जोर्डनका अली ओल्वानले ४८औं मिनेटमा हेडरमार्फत बराबरी गोल गरे ।

६८औं मिनेटमा पेनाल्टीमार्फत उनले नै जोर्डनलाई २–१ को अग्रता दिलाएका थिए । तर, अन्तिम क्षणमा हमेदले खेल मोरोक्कोको पक्षमा मोडेका हुन् । यता रास्मुस होइलुन्डको उत्कृष्ट प्रदर्शनमा डिफेन्डिङ सिरी ‘ए’ च्याम्पियन नापोलीले एसी मिलानलाई २–० ले पराजित गर्दै बिहीबार इटालियन सुपर कपको फाइनलमा स्थान बनाएको छ ।

म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी होइलुन्डले एक गोलमा असिस्ट गरे भने अर्को गोल आफैंले गर्दै नापोलीलाई सोमबार हुने फाइनलमा पु¥याए । फाइनलमा नापोलीले शुक्रबार हुने इटालियन कप विजेता बोलोन्या र सिरी ‘ए’ उपविजेता इन्टर मिलानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

साउदी अरेबियामा आयोजना भइरहेको इटालियन सुपर कपमा गत सिजनको सिरी ‘ए’ र इटालियन कपका विजेता तथा उपविजेताहरू सहभागी हुन्छन् । मिलान भने इटालियन कप फाइनलमा बोलोन्यासँग पराजित भएको थियो ।

गत सिजन इटालियन सुपर कप जितेको मिलानले यस खेलमा पछाडिको भागमा अरबी अक्षरमा नाम लेखिएको विशेष जर्सी लगाएको थियो । दुवै टोली धेरै चोटका समस्यासँग जुधिरहेका थिए।

तर, नापोलीले अगस्टमा मांसपेशी च्यातिएपछि बाहिर रहेका रोमेलु लुकाकुलाई पहिलोपटक टोलीमा फर्काएको थियो। सम्भावित पेनाल्टीको अवस्थाका लागि समावेश गरिएका लुकाकु बेन्चमै रहे र दुवै गोलमा उत्सव मनाएका थिए ।

नापोलीले पहिलो हाफ सकिनुअघि अग्रता लियो। मिलानका गोलकिपर माइक मैन्यानले होइलुन्डको लोअर क्रसलाई औंलाको टुप्पो लगाए पनि बल झन् डेविड नेरेसको बाटोमा पुग्यो, जसलाई उनले ब्याक पोस्टमा सजिलै गोलमा परिणत गरे ।

६४औं मिनेटमा होइलुन्डले आफैं गोल गर्दै स्कोर २–० बनाए। लियोनार्डो स्पिनाज्जोलाको थ्रु बलमा उनले एङ्गलबाट प्रहार गर्दै गोल गरेका थिए। स्पिनाज्जोलाले नै पहिलो गोलमा पनि होइलुन्डलाई पास दिएका थिए ।

Tags: #नापोली इटालियन सुपर कप#मोरोक्कोलाई अरब कप

लोकप्रीय

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२

विचार

थप समाचार

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का
अन्तर्राष्ट्रिय

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने
ताजा समाचार

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने
अन्तर्राष्ट्रिय

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

रुसको S–४०० सिस्टममा युक्रेन ड्रोन हान्यो, पुटिनलाई ठूलो झट्का

शुक्रबार पुस ४ , २०८२
थुनामुक्त हुन भैरहवा पुग्दै रवि लामिछाने

रवि केहीबेरमा रुपन्देहीबाट छुट्ने, चितवनमा भोलि सभा

शुक्रबार पुस ४ , २०८२
कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

कतारमा मेस्सी र लामिन यमल आमनेसामने हुने

शुक्रबार पुस ४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.