×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

आईएसविरुद्ध अमेरिकाले सुरु ग¥यो ’ठूलो सैन्य आक्रमण’

५ पुष , काठमाण्डौ ।

अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ’ठूलो सैन्य आक्रमण’ सुरु गरेको बताएको छ । यो कारबाही त्यहाँ तैनाथ अमेरिकी सेनामाथि भएको घातक आक्रमणको प्रतिक्रियामा गरिएको अमेरिकाको भनाइ छ ।

Advertisement
Advertisement

अमेरिकाका रक्षा सचिव पिट हेगसेथले भने, ’अपरेसन हकआई स्ट्राइकको उद्देश्य आईएस लडाकु, उनीहरूका पूर्वाधार र हतियार भण्डार नष्ट गर्नु हो।’ अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएअनुसार मध्य सिरियाका धेरै स्थानलाई लक्ष्य गर्दै हमलामा लडाकु जेट, हेलिकप्टर र तोपखाना प्रयोग गरिएको थियो।

अमेरिकाले हमलामा जोर्डनी विमानहरू पनि संलग्न रहेको बताएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आईएसको गढहरूमा ’धेरै बलियो’ आक्रमण गरिरहेको बताएका छन् ।

यो कारबाही डिसेम्बर १३ मा सिरियाली सहर पालमिरामा आईएसको आक्रमणपछि गरिएको हो, जसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको मृत्यु भएको थियो ।

यता पाकिस्तानले पनि इस्लामिक स्टेट जिहादी समूहको क्षेत्रीय शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के) का एक वरिष्ठ नेतालाई पक्राउ गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध अनुगमन समूहको प्रतिवेदन सार्वजनिक भएपछि एक वरिष्ठ पाकिस्तानी गुप्तचर अधिकारीले शुक्रबार यसबारे जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा नोभेम्बरमा पेस गरिएको प्रतिबन्ध अनुगमन समितिको प्रतिवेदनअनुसार आइएस–के का प्रवक्ताका रूपमा पनि काम गरेका सुल्तान अजिज आजमलाई गत मे १६ तारिखमा पक्राउ गरिएको थियो ।

ती अधिकारीका अनुसार आजम प्रवक्ता मात्र नभई यस क्षेत्रका आइएस–के का शीर्ष नेतामध्ये एक मानिन्थे । ती अधिकारीले भने, “आजमको भूमिका अत्यन्तै महत्त्वपूर्ण थियो, त्यसैले पक्राउपछिको सोधपुछ र अनुसन्धानलाई ध्यानमा राख्दै तत्काल सार्वजनिक गरिएको थिएन । यसले आतङ्कवादविरोधी कारबाहीमा नकारात्मक असर पर्न सक्थ्यो ।”

गुप्तचर अधिकारी तथा संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले आजम कुन देशमा पक्राउ परेका थिए भन्ने विषय भने स्पष्ट गरेको छैन । आइएस–के ले पछिल्ला वर्षहरूमा अफगानिस्तान, पाकिस्तान तथा अन्य केही मुलुकमा भएका सबैभन्दा भयावह आक्रमणहरूको जिम्मेवारी लिँदै आएको छ ।

तीमध्ये धेरै आक्रमणमा सर्वसाधारणलाई नै निशाना बनाइएको छ । सन् २०२४ को मार्चमा समूहका बन्दुकधारीहरूले मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण गर्दा १४० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

त्यसैगरी, सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान र पाकिस्तान दुवैमा आइएस–केको शृङ्खलाबद्ध घातक आक्रमण जारी रहेका छन् । तालिबान अधिकारीहरूले सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको दाबी गर्दै आइएस–के तथा अन्य आतङ्कवादी समूहहरूविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

तर पाकिस्तानले भने अफगानिस्तानको भूमि आतङ्कवादी समूहहरूलाई शरण दिन प्रयोग भइरहेको आरोप लगाउँदै आएको छ । पछिल्ला महिनाहरूमा सीमा क्षेत्रमा भएका घातक झडपका कारण दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

इस्लामाबादले आतङ्कवादी सञ्जालहरूविरुद्ध सीमा क्षेत्रमा सघन कारबाही अघि बढाएको जनाएको छ । सुरक्षा स्रोतहरूका अनुसार अक्टोबरमा अफगान भूभागमा गरिएको हवाई आक्रमण पाकिस्तानी तालिबानलाई लक्षित थियो ।

संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले अफगान तालिबान र पाकिस्तान दुवैको कारबाहीका कारण आइएस–के को क्षमतामा क्षति पुगेको उल्लेख गरेको छ । प्रतिवेदनमा भनिएको छ, “समग्रमा, अफगान वास्तविक अधिकारीहरू र पाकिस्तानद्वारा गरिएका आतङ्कवादविरोधी प्रयासका कारण आइएसआइएल–के को क्षमता कमजोर बनेको छ ।”

यद्यपि, समूह अझै लचिलो रहेको र अफगानिस्तानको उत्तर तथा पूर्वी क्षेत्रमा यसको लुकेका अखडाहरू पूर्ण रूपमा समाप्त नभएको प्रतिवेदनले जनाएको छ । अनुमानअनुसार आइएस–के सँग करिब दुई हजार लडाकू सक्रिय छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार समूहका नेताहरूले क्षमता विस्तार गर्ने र अफगान सीमा बाहिर पनि आक्रमण गर्न सक्ने उद्देश्यले स्लीपर सेलहरूको सञ्जाल विस्तार तथा भर्ती अभियान तीव्र पारेका छन् ।

अमेरिकास्थित थिङ्क–ट्याङ्क जेम्सटाउन फाउन्डेसनका अनुसार सुल्तान अजिज आजम अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तका हुन्, जुन पाकिस्तानको सिमानासँग जोडिएको आइएस–केको गढ मानिन्छ ।

फाउन्डेसनका अनुसार आजम एक कवि र लेखकका रूपमा पनि चिनिन्थे र सन् २०१५ मा आइएस–के मा सामेल हुनुअघि उनका लेखन सामग्री फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने गरेका थिए ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top