×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

साफ महिला क्लब च्याम्पियनसिपः पहिलो उपाधि जित्ने लक्ष्यमा एपीएफ

५ पुष २०८२

५ पुष , काठमाण्डौ ।

साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लब खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।

इस्ट बङ्गाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अङ्क जोड्दै शीर्ष स्थानमा र समान खेलमा २ जीत २ बराबरीसहित ८ अङ्क जोड्दै एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । लिग चरणको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् ।

साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ गतेदेखि काठमाण्डौमा शुरू भएको हो । उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।

एपीएफ र इस्ट बंगाल दुवै टोली साफ क्लब च्याम्पियनसिप पहिलो संस्करणको उपाधि जित्ने दाउमा छन् । राउन्ड रोबिनमा आधारित खेलमा इस्ट बंगाल शीर्ष र एपीएफ दोस्रो स्थानमा रहँदै फाइनलमा भिड्न लागेका हुन् ।

जारी प्रतियोगितामा एपीएफ र इस्ट बंगाल दुवै अपराजित टोली हुन् । एपीएफले पहिलो खेलमा बंगलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० ले हराएको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड महिला एफसीसँग गोलरहित बराबरी गरेको थियो ।

पाकिस्तानको कराँची एफसीविरुद्ध १–० को जित हासिल गरेको एपीएफले राउन्ड रोबिनको अन्तिम खेलमा इस्ट बंगालसँग गोलरहित बराबरी गर्दै अंक बाँड्यो । यता इस्ट बंगालले नसरिन स्पोट्र्स एकेडेमीलाई ७–०, कराँची एफसीलाई २–०, ट्रान्सपोर्ट युनाइटेडलाई ४–० ले हराएको थियो।

एपीएफसँग भने उसले गोलरहित बराबरी ग¥यो । यससंगै इस्ट बंगाल शीर्षस्थान र एपीएफ दोस्रो स्थानमा रहँदा भुटानको ट्रान्सपोर्ट युनाइटेड ३ अंक बनाएर तेस्रो स्थानमा रह्यो ।

समान २ अंक भए पनि गोलअन्तरमा अघि रहँदै पाकिस्तानको कराँची सिटी चौथो र बंगलादेशको नसरिन एकेडेमी पुछारमा रहेर च्याम्पियनसिप सकाएका छन् । यो प्रतियोगिता क्लबहरुले खेलेपनि राष्ट्रकै प्रतिनिधित्व भएकोले यस फाइनलका लागि तयारी रहेको र उपाधि जित्नका लागि खेल्ने एपीएफकी कप्तान अनिता बस्नतेले बताएकी छन् ।

‘हामी फाइनलमा इस्ट बंगालको सामना गर्न तयार छौं । क्लबभन्दा पनि देशलाई नै प्रतिनिधित्व गरिरहेका छौं अनि पहिलोपटक उपाधि जित्नका लागि उत्साहित पनि छौं।’ नेपालको महिला फुटबल टिमले अहिलेसम्म धेरै पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन ।

एपीएफ त्यो उपाधि भोक पूरा गर्न चाहन्छ । यस पटक घरेलु मैदानमा भएपनि एपीफमा सावित्रा भण्डारी, प्रिती राई र एन्जिला तुम्बापो सुब्बा जस्ता खेलाडी छैनन् । यस्तै सबिता राना मगर चोटका कारण खेल्न पाएकी छैनन् ।

मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेले मुख्य खेलाडीहरु नभएपनि फाइनलमा उपाधि जित्नकै लागि खेल्ने बताएका छन् । यस्तै इस्ट बंगालका प्रशिक्षक एन्टोनीले पनि फाइनलमा गुमाउने कुन कुरा नहुने भएकोले जितकै लागि खेल्ने बताएका छन् ।

यसबीच फाइनलसम्म आइपुग्दा इस्ट बंगाल बलियो टोलीको रुपमा देखिएको छ । यद्यपी एपीएफलाई घरेलु मैदानको र दर्शको एडभान्टेज छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top