×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

६ पुष २०८२

६ पुष , काठमाण्डौ ।

सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले रिहा गर्न आदेश दिएलगत्तै दुई साताअघि नक्खु कारागारमा पुगेर लामिछानेलाई भेटेका सुधन गुरुङ उत्साहित देखिए।

Advertisement
Advertisement

बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले अब अन्तिम एकताको समय आएको बताए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपालाई बधाई। जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक छु। अब अन्तिम एकताको समय आयो।’

गुरुङले लामिछानेको रिहाइसँगै नयाँ सिराबाट जनताको शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने संकेत गरेका छन्। लामिछाने जेलबाहिर आएपछि ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङसहित काठमाडौं महानगरका मेयर बालेन शाह समेतलाई एक बनाएर चुनावमा लैजाने आफूहरूको प्रयासले सार्थक रूप लिन लागेको गुरुङजस्तै रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले पनि बताएका छन्।

ऊर्जामन्त्री घिसिङले यसअघि बालेन शाहसँग भेट गरेको तस्बिर सार्वजनिक गरेका थिए। सरकारमा रहेका कारण घिसिङ प्रत्यक्ष नदेखिए पनि उनकै अगुवाइमा बनेको भनिएको उज्यालो नेपाल पार्टीका नेता डा. अभिषेकराज सिंहले पनि लामिछाने जेलबाहिर आएपछि उनीसँगको संवाद सहज हुने बताएका छन् ।

यसअघि रवि जेलमा रहेका कारण मन्त्रीका रुपमा उनलाई भेट्न जान अनुकुल नभएको केही उज्यालो नेपालका नेताहरुले बताएका छन् । अब लामिछाने बाहिर आएपछि आगामी निर्वाचनमा घिसिङ र बालेनसँगको सहकार्य सहज हुने रास्वपा नेता पुकार बम र गणेश कार्कीले बताएका छन् ।

उनीहरू पछिल्लो समय अन्य शक्तिहरूसँगको कुराकानीमा सक्रिय रास्वपाका नेता हुन् । फेरि स्वयम रविले समेत राष्ट्रहितका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताइसकेका छन् । चितवनमा विशेष सम्बोधन गर्दै रास्वपाका सभापति लामिछानेले जेनजीको साथ लिएर अब आफूहरू देश बनाउन लाग्ने उद्घोष गरेका हुन्।

उनले रास्वपा २०८४ को चुनाव कुरिरहेका बेला जेनजीले बीचमै सरकारमाथि हस्तक्षेप गरेर सत्ता पल्टाइदिएको भन्दै खुसी व्यक्त गरे। जेनजीले सरकारलाई तागत देखाइदिएको उनले बताए।

देशको संरचना जलेको देखेर आफूलाई दुःख लागेको बताउँदै लामिछानेले थपे, ‘सिंहदरबार पनि बनाउँला, न्यायालय पनि बनाउँला तर वर्षौँदेखि खोसिएको हाम्रो सपना कसले बनाउँछ? हामी बनाउँछौँ। जेनजीको साथ लिएर अब देश बनाउन हामी लाग्छौँ। रास्वपा लाग्छ।’

उनले जेनजी भाइबहिनीको साथमा अब रवि दाइ थपिएको बताए। यसअघि कतिपयले उज्यालो नेपाल पार्टीको नेतृत्वमा आउने आंकलन गरिएका कुलमान घिसिङले रवि लामिछाने जेलमै भएका कारण आफूलाई पार्टी नेतृत्व दिन माग गरिएको खबरहरु आएका थिए।

तर रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले यसको पुष्टि गरेका छैनन्। अब रवि पनि सभापतिको जिम्मेवारीमा फर्किसकेकाले निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत चयन हुने ११० जना उम्मेदवारका लागि बन्दसूची पेस गर्ने अन्तिम समयसीमा पुस १४ गतेसम्म दिएको अवस्थामा त्यसअघि नै एकता वा तालमेलबारे टुङ्गो लगाउने प्रयासमा आफूहरू रहेको छलफलमा संलग्न नेताहरूले बताएका छन्।

पुराना दललाई धक्का दिने हो भने नयाँहरू मिल्नैपर्ने लामिछानेको विश्लेषण छ। त्यही भएर नख्खु कारागारमा रहँदा पनि घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनको टिमसँग संवाद गर्न उनले कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल लगायत नेतालाई जिम्मा दिएका थिए। असोजदेखि मंसिरसम्म यी उनीहरूबीच पटकपटक छलफल चले पनि पदमा कुरा मिल्न सकेको थिएन।

नेताहरूका अनुसार घिसिङले सुरुमा रास्वपा सभापति मागेका थिए। यो प्रस्ताव बालेनका निकट सहयोगी कुमार बेनले नख्खु पुगेर लामिछानेलाई सुनाएका थिए। तर, त्यसलाई लामिछानेले अस्वीकार गरे।

रवि लामिछाने थुनामा रहेकोले रास्वपा कार्यवाहक सभापति दिनुपर्ने अर्को प्रस्ताव घिसिङ पक्षले राख्यो। त्यसबाहेक ४० प्रतिशत केन्द्रीय सदस्य आफूहरूले पाउनुपर्ने घिसिङ पक्षको माग थियो। यसमा पनि रास्वपाको वार्ता टोली तयार भएन।

त्यसपछि उज्यालो नेपाल पार्टीका नेताहरू अघि बढेका थिए । तर कुलमानलाई समेत सरकारमा रहेका कारण दलको प्रचार र तयारीमा खटिन नसकेको अवस्था, दलीय संरचनाविस्तारमा सुस्तता र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दिँदै आएको चुनौतीले रास्वपामा मिल्नुको विकल्प नरहेको विश्लेषकहरु टिप्पणी गर्दछन् ।

चुनावको तयारीमा रहेका हर्कले जसरी आक्रमक रुपमा प्रचार प्रसार र आफ्ना एजेण्डाहरु जनतामाझ पुर्याइरहेका छन्, त्यसमा कुलमानको उज्यालो गछुवा गतिमा धेरै पछाडि देखिएको छ।
यस्तो अवस्थामा उज्यालोले रास्वपासँग मिल्ने विषयलाई फेरि अगाडि बढाउने र रास्वपाले समेत लामिछानेले नै त्यसको अगुवाइ गर्ने रास्वपाका नेताहरुले बताएका छन्। नेता विराजभक्तले भनेका छन्, ‘यसका लागि सभापति बाहिर आएपछि हामीलाई सहज भयो। अब कुलमान र बालेन्द्रसँग भेटघाट गर्न पनि सहज भयो,’ उनले भने, ‘अहिले भएको प्रगतिमा आधारित भएर सभापतिलाई ब्रिफिङ भएपछि यो प्रक्रियालाई उहाँले नै अगाडि बढाउनुहुन्छ।’

रूपन्देहीबाट शुक्रबार थुनामुक्त भएर लामिछाने चितवन हुँदै काठमाडौं पुगी आज घण्टी घरमा पुगेर सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । उनले आज मात्रैसम्बोधन गर्दै भएका राजनीतिक प्रगतिहरुको जानकारी लिएपछि राजनीतिक रुपमा आफूले टिप्पणी गर्ने बताएका छन् ।

लामिछानेको स्वागतपछि आजै रास्वपाको केन्द्रीय समितिको बैठक बसेको छ । बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरेका थिए ।

लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताए । जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उनको भनाइ छ । मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने रास्वपा सरकारसँगै रहेको स्पष्ट पारेका छन् ।

निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिए । रविले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरु आफ्नो रोटि सेक्ने प्रयास गरिरहेको भन्दै वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top