×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

ट्रम्पले नेपालसहित २९ देशबाट फिर्ता बोलाए राजदूत

८ पुष , काठमाण्डौ ।

दुई दिनअघि नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसँग बिदाइ भेटघाट गरे । यी भेटका क्रममा राजदूत सोङले चीनले नेपाललाई कुटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए ।

Advertisement
Advertisement

उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे । राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताए ।

उनले केही दिनअघि नेपाल–चीन आर्थिक सहकार्य र लगानी सम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताए। उनले आफ्नो चीन वर्षे कार्यकालमा सभामुखसहित नेपालका शीर्ष नेताहरूको न्यानो र सकारात्मक सहयोग सदैव स्मरणीय रहने बताए ।

चिनियाँ राजदूतले विदाई भेट गरिरहँदा उता नेपालका लागि अमेरिकाका राजदूत पनि फर्किने भएका छन् । नेपालमा निर्वाचनको मिति नजिकिँदै गर्दा शक्तिराष्ट्रले आफ्ना राजदूत फिर्ता बोलाउन थालेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपाललगायत एकसाथ ३० देशका आफ्ना राजदूत र वरिष्ठ कूटनीतिज्ञलाई एकै साथ फिर्ता बोलाउने निर्णय गरेको छ ।

ट्रम्पको यो निर्णयसँगै नेपालका निम्ति अमेरिकी राजदूत डिन आर. थम्पसन छिट्टै स्वदेश फर्कने तयारीमा छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, राजदूत थम्पसनलाई माघको पहिलोदेखि दोस्रो साताभित्र अमेरिका फर्कन भनिएको छ ।

ट्रम्प प्रशासनले एकसाथ नेपाल, श्रीलंका, ग्वाटेमाला, सुरिनाम, बुरुन्डी, क्यामरुन, काबो भर्डे, गाबोन, आइभेरी कोस्ट, माडागास्कर, मौरिसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया, युगान्डा, फिजी, लाओस, मार्सल आइल्यान्ड, पपुवा न्युगिनी, फिलिपिन्स, भियतनाम, आर्मेनिया, उत्तरी म्यासेडोनिया, मोन्टेनेग्रो, स्लोभाकिया, अल्जेरिया र इजिप्टका निम्ति आफ्ना राजदूत तथा वरिष्ठ कूटनीतिज्ञ फिर्ता बोलाउने निर्णय गरेको हो ।

ट्रम्प प्रशासनले फिर्ता बोलाएका राजदूतलाई यससम्बन्धी जानकारी गएको साता नै दिइएको जनाइएको छ । उनीहरूलाई सन् २०२६ जनवरीमा कार्यकाल सकिने जानकारी गराइएको थियो । ट्रम्प प्रशासनले फिर्ता बोलाएका सबै राजदूत जो बाइडेन राष्ट्रपति हुँदा नियुक्त गरिएकाहरू हुन् ।

चीनले पनि यहाँबाट आफ्ना राजदूत छन सोङलाई फिर्ता बोलाइसकेको छ । राजदूत छनले बिदाइ भेट पनि गरिसकेका छन् । उनी बुधबार स्वदेश फर्कंदै छन् । भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि विकसित घटनाक्रमका विषयमा चीन सन्तुष्ट छैन ।

विशेष गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा चिनियाँ कम्पनीविरुद्ध मुद्दा दर्ता , तिब्बती शरणार्थीको बढ्दो गतिविधिलगायत विषयमा चीनले पछिल्ला दिन नेपाल सरकारसमक्ष खुलेरै असन्तुष्टि जनाउँदै आएको थियो ।

सोहीक्रममा चीनले नेपालका निम्ति आफ्ना राजदूत छनलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यता, नेपालका निम्ति भारतीय राजदूत नवीन श्रीवास्तव अस्वस्थ छन् । केही दिनअघि काठमाडौंको चम्पादेवीमा हाइकिङ जाँदा उनी अचेत भएका थिए ।

त्यहाँबाट उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । उनी धापासीस्थित ग्रान्डी अस्पतालमा मुटुको अपरेसनपश्चात् ‘डिस्चार्ज’ भई हाल दूतावासमा आराम गरिरहेका छन् ।

स्वास्थ्य अवस्थाका कारण भारतीय राजदूत पछिल्ला दिनमा सक्रिय छैनन् । उता ट्रम्प प्रशासनको यो कदमले विदेश नीतिमा ठूलो परिवर्तनको तयारी देखाउने बताइएको छ ।

राष्ट्रपति ट्रम्पको ‘अमेरिका फस्र्ट’ प्राथमिकताहरू पूर्ण रूपमा समर्थन गर्ने कर्मचारीहरूको नियुक्ति गर्नका लागि राजदूत र अन्य वरिष्ठ दुतावासका पदहरूबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउन लागेको बताइएको छ ।

विदेश विभागका दुई अधिकारीहरूले नाम नछाप्ने सर्तमा बताएअनुसार, गत हप्ता कम्तिमा २९ देशमा खटिएका राजदूतहरूलाई सूचना दिइएको छ । उनीहरूको सेवा जनवरीमा समाप्त हुने भनिएको छ ।

यी सबैलाई गत बुधबारदेखि वाशिङ्टनका अधिकारीहरूबाट नोटिसहरू प्राप्त हुन थालेका थिए । अमेरिकी राजदूतहरू राष्ट्रपतिको इच्छाअनुसार काम गर्छन्, यद्यपि सामान्यतया उनीहरू तीनदेखि चार वर्षसम्म पदमा रहन्छन् ।

नोटिस प्राप्त गर्ने यी सबै राजदूतहरूको नियुक्ति बाइडेनको कार्यकालमा भएको थियो । अहिलेसम्म अमेरिकाको स्टेट डिपार्टमेन्ट (विदेश विभाग) ले यसलाई सामान्य प्रक्रिया मात्र भनेको छ ।

यो निर्णयको सबैभन्दा बढी असर अफ्रिकी देशहरूमा परेको छ । अफ्रिकाका १३ देशहरू बुरुन्डी, कैमरुन, केप भर्डे, ग्याबोन, आइभरी कोस्ट, मडागास्कर, मरिसस, नाइजर, नाइजेरिया, रवान्डा, सेनेगल, सोमालिया र युगान्डाबाट राजदूतहरू फिर्ता बोलाइँदै छन् ।

एसियामा ६ देशहरूमा फिजी, लाओस, मार्शल आइल्यान्ड्स, पापुआ न्यू गिनी, फिलिपिन्स र भियतनाममा तैनाथ अमेरिकी राजदूतहरूलाई पनि बदलिँदै गरेको बताइएको छ ।

युरोपमा आर्मेनिया, नर्थ मेसेडोनिया, मण्टेनेग्रो र स्लोभाकियालगायत छन् । यसबाहेक, मध्यपूर्वका दुई–दुई देश अल्जेरिया र इजिप्टबाट पनि राजदूत फिर्ता बोलाइएको बताइएको छ ।

त्यस्तै, दक्षिण तथा मध्य एसियाका नेपाल र श्रीलंका र पश्चिमी गोलार्धका ग्वाटेमाला र सुरिनामबाट पनि डिप्लोम्याटहरूलाई फिर्ता बोलाइँदै गरेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top