NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव बुधबार पुस ९ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
Reading Time: 1 min read
A A
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ पुष , काठमाण्डौ।

नेपालको पूर्वाेत्तर छिमेकी भारतीय राज्य असमको कार्बी आङ्लोङ जिल्लामा हिंसा भड्किएको छ। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लामा तैनाथ एक अधिकारीले प्रदर्शनकारीहरूका दुई समूहबीचको झडपमा कम्तीमा ८ जना घाइते भएको बताएका छन् ।

भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्नुपरेको थियो। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म पश्चिम कार्बी आङ्लोङको अवस्थालाई नजिकबाट नियालिरहेको छु। मंगलबारको अशान्तिमा दुई जनाले ज्यान गुमाउनु धेरै दुःखद छ।’

LS Auto

शान्ति कायम राख्न बुधबार खेरोनीमा थप सुरक्षा बल तैनाथ गरिने उनले बताए। उनले भनेका छन्, ‘हामी संवादमार्फत समस्या समाधान गर्न सम्बन्धित सबैसँग निरन्तर सम्पर्कमा छौँ।’ भारतीय सञ्चारमाध्यमका अनुसार खेरोनी प्रहरी चौकीअन्तर्गत फेलाङ्पीमा डिसेम्बर ६ देखि स्थानीय आदिवासी भोक हडतालमा छन्।

उनीहरूले आफ्नो क्षेत्रमा बाहिरी मानिसले अतिक्रमण गरेको भन्दै अवैध बस्ती हटाउन माग गरिरहेका छन्। यस क्रममा सोमबार प्रदर्शनकारीहरूले खेरोनी प्रहरी चौकी क्षेत्रमा रहेको भाजपा नेतृत्वको कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलिराम रोङ्हाङको घरमा आगजनी गरेका थिए।

त्यसपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागु गरेको थियो, तर मंगलबार फेरि हिंसा भड्कियो। असमका प्रहरी महानिर्देशक हरमित सिंहले प्रदर्शनकारीहरूसँगको झडपमा ३४ प्रहरी अधिकारी घाइते भएको बताएका छन्।

कार्बी आङ्लोङ भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत स्थापित एक स्वायत्त क्षेत्र हो। यसैबीच असम सरकारले शान्ति र अमनचयन कायम राख्न भन्दै पश्चिम कार्बी आङ्लोङ र कार्बी आङ्लोङ दुवै जिल्लामा इन्टरनेट सेवा बन्द गराएको छ।

कार्बी आङ्लोङमा जारी हिंसाका बीच त्यहाँका नेपाली बस्तीमा पनि तोडफोड भएको बताइएको छ। बीबीसी हिन्दीका अनुसार प्रदर्शनकारीहरूले खेरोनी र आसपासका नेपाली बस्तीमा पनि व्यापक तोडफोड गरेको रिपोर्ट आएको हो।

स्थानीय पत्रकार सुशान्त राईले भनेका छन्, ‘केही प्रदर्शनकारीहरूले निजी घर र पसलहरूमा क्षति पु¥याएका छन् र धेरैवटा सवारीसाधनमा तोडफोड गरेका छन्।’ कार्बी आङ्लोङ जिल्ला भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत स्थापित एक स्वायत्त क्षेत्र हो, जहाँ आरक्षित जग्गा अतिक्रमण गरी बाहिरी मानिस बसेको आरोप लगाउँदै स्थानीय आदिवासी डिसेम्बर ६ देखि आन्दोलनमा छन्।

उनीहरूले त्यहाँ रहेका अवैध बस्ती हटाइनुपर्ने माग गरिरहेका छन्। विरोध प्रदर्शनका क्रममा सोमबार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा उक्त क्षेत्रमा तोडफोड र आगजनी भएको हो। त्यस क्रममा प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (भाजपा) का जिल्ला तहका एक शीर्ष नेताको घरमा आगजनीसमेत गरेका छन्।

भाजपाको नेतृत्वमा रहेको कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलीराम रोङ्हाङको घरमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन्। प्रदर्शनकारी र रोङ्हाङबीच बैठक हुने तयारी भइरहेको बेला भिडले उनको घरमा आगजनी गरेको आरोप छ।

तर आगजनीका बेला भाजपा नेताको परिवारको कुनै पनि सदस्य घरमा थिएनन्। भारतीय संचारमाध्यामका अनुशार सोमबारको दिन अवस्था त्यतिबेला बिग्रियो, जब भोक हड्तालमा बसेका मानिसहरूलाई त्यहाँबाट हटाइयो।

प्रहरीका अनुसार करिब १५ दिनदेखि अनशनमा बसेका कारण उनीहरूको स्वास्थ्य बिग्रिन सक्ने जोखिम थियो, त्यसैले उपचारका लागि उनीहरूलाई गुवाहाटी पठाइएको हो। तर स्थानीयवासीहरूले यसलाई पक्राउको रूपमा बुझे, जसका कारण आक्रोश फैलियो र हिंसात्मक घटना भड्कियो।

घटनापछि तुलिराम रोंगहाङले सञ्चारमाध्यमसँग कुरा गर्दै प्रदर्शनकारीहरूलाई पक्राउ नगरिएको र सम्पूर्ण घटना गलतफहमीको परिणाम भएको बताए। उनले परिषदलाई भोक हड्तालप्रति कुनै आपत्ति नरहेको र यस विषयको समाधान वार्ताबाट निकालिनुपर्ने स्पष्ट पारे।

उनका अनुसार प्रदर्शनकारीहरूलाई दिफूमा छलफलका लागि बोलाइएको थियो र परिषदको सम्मेलन कक्षमा बैठक पनि तय गरिएको थियो। तर उपचारका लागि गुवाहाटी लैजानुलाई नै पक्राउ ठानिएको रहेछ।

अधिकारीहरूका अनुसार डोंकामुकाममा अवस्था नियन्त्रणमा आएपछि खेरोनी क्षेत्रमा तनाव बढ्यो। त्यहाँ प्रहरी चौकी नजिक ढुंगामुढा भएका घटना भए र केही असामाजिक तत्वहरूले बिहारी र नेपाली समुदायजस्ता अल्पसंख्यक समूहलाई निशाना बनाउने प्रयास गरे।

त्यसपछि सम्पूर्ण क्षेत्रमा फ्ल्याग मार्च र कडा निगरानी सुरु गरिएको छ। फेब्रुअरी २०२४ मा रोंगहाङले कार्बी आंगलोङ र पश्चिम कार्बी आंगलोङमा आरक्षित चरागाह भूमि बाट अतिक्रमण हटाउने घोषणा गरेका थिए।

त्यतिबेला डोंकामुकाम सर्कल र फुलोनी सर्कलमा सयौँ परिवार अवैध रूपमा बसोबास गरिरहेको बताइएको थियो। तर प्रभावित पक्षहरूले यो निर्णयलाई उच्च अदालतमा चुनौती दिएका छन् र मुद्दा हाल अदालतमा विचाराधीन छ।

रोंगहाङका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेकाले हाल कुनै पनि कारबाही गर्नु कानुनविपरीत हुनेछ।

Tags: #असममा इन्टरनेट बन्द#असममा नेपालीको भागाभाग#भारतको असममा भड्कियो हिंसा

लोकप्रीय

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
ताजा समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?
अन्तर्राष्ट्रिय

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव
ताजा समाचार

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.