×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव

९ पुष २०८२

९ पुष , काठमाण्डौ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्षनेताबीच मंगलबार शीतल निवासमा भएको छलफलमा निर्वाचनलाई सफल पार्ने समझदारी भएको छ। यसका लागि वातावरण तयार पार्न फेरि वालुवाटारमा छलफलमा बस्ने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकारले जानकारी दिएका छन्।

Advertisement
Advertisement

तर छलफलमा भने दुई धार देखिएको खबर बाहिरिएको छ । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पमल दाहाल प्रचण्ड फागुन २१ गते नै चुनाव हुनु पर्ने अडानमा प्रस्तुत भएका थिए भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भने चुनावको वातावरण नभएको भन्दै संसद् पुनस्र्थापनाको पक्षमा उभिए।

आउँदो फागुन २१ गते तोकिएको चुनावका लागि वातावरण बनाउने प्रयास अन्तर्गत राष्ट्रपति पौडेलले प्रधानमन्त्री र ठूला दलहरूबीच समझदारी बनाउन छलफल गरेका थिए। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कार्कीको नेतृत्वमा चुनावी सरकार बनेयता पहिलो पटक शीर्षनेताबीच छलफल भएको हो।

छलफलमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी चुनाव विरोधी नभएको तर त्यसका लागि वातावरण नबनेको भनाइ राखेका थिए। ओलीले छलफलमा सिधै संसद् पुनस्र्थापनाको कुरा नउठाए पनि चुनाव हुने अवस्था नभएकाले पुनस्र्थापनातिर जानु पर्ने संकेत गरेका थिए।

‘हामी चुनाव विरोधी होइनौँ, चुनावमा जान तयार छौँ तर अहिले देशभर घुम्ने अवस्था नै छैन,’ ओलीको भनाइ उधृत गर्दै एमालेका एक नेताले भने। ओलीले आफूलाई स्थान हद लगाएर काठमाडौँ बाहिर जानबाट समेत रोकिएको अवस्थामा कसरी चुनावी वातावरण बन्न सक्छ भनेर प्रश्न गरेका थिए।

कांग्रेस सभापति देउवाले पनि चुनावी वातावरण नबनेको कुरा छलफलमा राखेका थिए। तोकिएको मितिमा चुनाव हुन नसक्दा संसद् पुनस्र्थापनाको विकल्पमा जानु पर्ने देउवाको संकेत थियो। नेकपाका संयोजक प्रचण्ड भने छलफलमा प्रष्ट रुपमा चुनावको पक्षमा उभिए।

प्रचण्डले निरनतर चुनावको पक्षमा बोल्दै आएका छन्। ‘हामी सुरुदेखि नै चुनावकै पक्षमा उभिँदै आएका छौँ, सबै मिलेर वातावरण बनाउँ र चुनावमै जाउँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘सुरक्षाको व्यवस्था सरकारले मिलाउनुपर्छ, मिलाउँछ।’

पहिलो पटक शीर्षनेतालाई एकै थलोमा भेटेकी प्रधानमन्त्री कार्कीले उनीहरूलाई सुरक्षाप्रति आस्वस्त पार्न खोज्दै चुनावको तयारी गर्न जोड दिएकी थिइन । ‘चुनावी वातावरण सरकारले बनाउँछ। सुरक्षाको व्यवस्था हुन्छ,’ कार्कीको भनाइ थियो, ‘देशव्यापी रुपमा सुरक्षाकर्मी परिचालित हुन्छन्, सुरक्षाको चिन्ता गर्नु पर्दैन।’

छलफलमा राष्ट्रपति पौडेलले ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको’ स्मरण गराउँदै ‘निर्वाचन सफल बनाउन सबै पक्ष लाग्नु पर्ने’ बताएका थिए।

शीतल निवासमा मंगलबार भएको छलफललाई प्रधानमन्त्री कार्की र ठूला पार्टीका शीर्षनेताबीच ‘आइस ब्रेक’का रुपमा लिइएको छ। वातावरण छैन भन्दै ठूला दुई पार्टीका नेताले चुनावमा जाने अवस्था नरहेको बताइरहँदा राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्डले भने चुनाव हुनै पर्ने अडान राखेका छन्।

प्रधानमन्त्री कार्कीले यो छलफलले निरन्तरता पाउनु पर्ने भन्दै अर्को बैठक आफूले बालुवाटारमै राख्ने बताएकी छन्। यो भेटघाटमा एमाले अध्यक्ष ओलीले भने आफूलाई जाँचबुझ आयोगले बयान लिन लागेको विषय पनि उठाए।

यसअघि जस्तै असन्तुष्टि पोखे। राष्ट्रपति कार्यालय सम्वद्ध स्रोतका अनुसार ओलीले चुनावी वातावरण नबनेको उल्लेख गर्दै छलफलको बीचमा भनेका थिए, ‘यो कार्की आयोगको काम छैन, किन बनाएको? मसँग कुरा गर्नुछ भने गुन्डुको मेरो घरमै पठाइदिनुस्, म जे–जे भन्नु छ, त्यहीँ भनौँला।’

ओलीले आफ्नो बयान लिन घरमै आए स्वीकार गर्ने तर जाँचबुझ आयोगको कार्यालय सिंहदरबार भने नजाने संकेत पछिल्ला दिनमा गरिरहेका थिए। शीतल निवासमा मंगलबार राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा संयोजक प्रचण्डको सामुन्ने त्यही कुरा दोहो¥याएका हुन्।

केही दिनअघि एक अन्तर्वार्तापनि ओलीले बयान दिन नजाने घरमा आए चिया खुवाएर कुरा गरेर पठाइदिने बताएका थिए । जाँचबुझ आयोगले केही दिनमै बयानका लागि ओलीलाई पत्राचार गर्ने तयारी गरेको छ।

मंगलबार ओली सरकारकै गृहमन्त्री रमेश लेखकलाई बोलाउँदै पत्राचार गरेको छ। लेखकले अहिलेसम्म पत्र प्राप्त नभएको बताएका छन्। पत्र प्राप्त भइसकेपछि बयान दिने÷नदिने, दिए कहिले दिने भन्ने निर्णय गर्ने प्रतिक्रिया लेखकको छ।

लेखकको बयानपछि ओलीलाई बोलाउने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताएका छन् । तर ओलीले भने आयोग गठन गर्ने प्रधानमन्त्री र राष्ट्रपति सामु नै बयान दिन नजाने दोहो¥याएका छन्।

ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बयान दिन्छन्, दिँदैनन् भन्ने धेरैलाई चासो छ। ओलीले त नदिने पटकपटक दोहो¥याइरहेका छन्। उनी बयानमा नआए आयोग घरमै गएर बयान लिन जान सक्ने , जरिवाना गरेर छाडिदिने र प्रहरी लगाएर ल्याउने तीन विकल्प देखिएका छन् ।

यसमा पनि सबैभन्दा सहज भनेको बयान लिन घर जाने नै देखिएको छ। चुनावको वातावरण नबिर्गान पनि आयोगले पहिलो विकल्प रोज्न सक्ने संभवाना रहेको विश्लेषण गरिएको छ ।

Advertisement

हिजो मात्रै सरकारी टोलीले एमाले कार्यालय पुगेर ओलीमाथिको स्थान हद खोल्ने बारे सकारात्मक जवाफ दिएका छन । जाँचबुझ आयोगले ओली र लेखक बाहेक अन्य सबैमाथिको स्थान हद फुकुवा गरिसकेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top