×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

९ पुष २०८२

९ पुष , काठमाण्डौ।

विभिन्न प्रकरणमा पटक पटक पक्राउ पर्दै आएका अभियन्ता डा. निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए।

Advertisement
Advertisement

जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन्। मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ ।

सो आन्दोलनमा समेत भुसाल देखिएका थिए । विभिन्न ९ बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. भुसालले आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र राजनीतिक प्रणाली सुधार गर्नका लागि आफू ‘वार कि पार’ को लडाइँमा उत्रिएको बताए।

उनले तत्काल प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरे। अनसनरत भुसालले आफूलाई कार्यकारी अधिकारसहितको प्रधानमन्त्री दिए एक महिनाभित्र देशको कायापलट गर्ने दाबी गरे।

‘यदि म वा हाम्रो टिमबाट प्रधानमन्त्री भयो भने एक महिनाभित्र ९ वटै माग पूरा गर्छौं,’ उनले चुनौती दिँदै भने, ‘यदि गर्न सकिनँ भने मलाई यही माइतीघरमा ल्याएर झुन्ड्याइदिए हुन्छ।’

उनले ४६ सालयताका सबै नेता, कर्मचारी र उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई जेल कोच्ने र उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने योजना सुनाए। भुसालले देशले संघीयताको आर्थिक भार थेग्न नसक्ने भन्दै प्रदेश सभा र राष्ट्रिय सभा तत्काल खारेज गर्नुपर्ने माग दोहो¥याए।

‘यो देश हिरा हो तर हामीले चिन्न सकेनौँ,’ उनले भने, ‘संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नगरेसम्म देशमा स्थिरता आउँदैन। थोत्रा दल र थोत्रा नेताबाट अब पार लाग्दैन।’ सरकारले आफ्ना मागलाई बेवास्ता गरे बङ्गलादेशको जस्तो अवस्था आउन सक्ने उनले चेतावनी दिए।

‘अस्ति भर्खर ७८ जनाले ज्यान गुमाए, यो सामान्य कुरा होइन,’ उनले भने, ‘हामी शान्तिपूर्ण रूपमा अनसन बसेका छौँ, माग पूरा गर्न एक महिना पनि लाग्दैन, १० दिनमा हुन्छ। यदि सरकारले सुनेन भने परिणाम गम्भीर हुनेछ।’

डा. भुसालले आफू अनसनमा बसिसकेपछि माग पूरा नभएसम्म वा आफ्नो मृत्यु नभएसम्म अनसन नतोड्ने दृढता व्यक्त गरे। पछिल्लो पटक भुसाल प्रधानमन्त्री, गृहमन्त्री र केपी शर्मा ओलीविरुद्ध दिएको अभिब्यक्तिकै कारण पक्राउ परेका थिए ।

गएको कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका निकोलस कात्तिक २५ गते धरौटीमा रिहा भएका थिए । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले भुसाललाई धरौटी लिएर वा साधारण तारेखमा रिहा गर्न आवश्यक प्रक्रिया मिलाउनु भनि आदेश जारी गरेको थियो।

भुसाललाई प्रहरीले गोर्खाको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो। भुसालले कात्तिक १३ गते संवाद डवलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए।

सोही कारण पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रताविपरित भएको भन्दै भुसाल रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो। यसअघि पनि पक्राउ पर्दा भने भुसालले लागुऔषध खाएको पाइएपछि प्रहरीले सुधार केन्द्र लैजाने सर्तमा परिवारको जिम्मा लगाएको थियो।

तर परिवारले सुधार केन्द्र लगेका थिएनन्। प्रहरी हिरासतबाट छुटेपछि उनले अराजक अभिव्यक्ति दिएका थिए। उनी रवि लामिछानेको हिरासतको तस्विर सार्वजनिक गरेको अभियोगमा पनि पक्राउ परेका थिए ।

यता तीन दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वमा संयुक्त जेनजी आन्दोलन जारी छ । जेनजीको भावनाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको छ ।

जेनजी अगुवा हरिश भट्टका अनुसार, प्रशासनको अनुमति नदिएपछि दैनिक प्रहरीले हटाउन खोजिरहेको छ । “हाम्रो आन्दोलन जारी छ । प्रशासनले अनुमति दिएन । दुई दिन प्रहरीले आन्दोलनमाथि दमन गरेको छ ।

जेनजीका मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहन्छ, उनीहरुले भनेका छन् । संविधान पुनर्लेखनसँगै सर्वपक्षीय सरकार गठन गरी देशलाई निकास दिनुपर्ने माग जेनजीहरूको छ । पहिलो दिन सोमबार प्रहरीले दुई दर्जनभन्दा बढी जेनजीलाई नियन्त्रणमा लिएको थियो ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top