×

NEPAL TIMES UPDATES

Playing
Israel–Lebanon बीच वासिंगटनमा वार्ता, रोकिएला यु द्ध ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुजमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026

बालेन कहिलेसम्म मेयर ? सुनिताको हातमा महानगर, रविका दाइको दाबी

१३ पुष २०८२

१३ पुष , काठमाण्डौ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रधानमन्त्रीको उमेद्वार हुने शर्तमा आज विहान रवि लामिछानेसंग सहमतिपत्रमा हस्ताक्षर गरेसंगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतितर्फ अघि बढेका छन् ।

Advertisement
Advertisement

त्यसो हुँदा अब उनले मेयर पदबाट राजीनामा दिनु पर्ने हुन्छ। किनभने फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ । सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

निर्वाचनपछि बालेन रास्वपा संसदीय दलको नेता बन्ने र प्रधानमन्त्रीको उम्मेदवारी बन्ने सहमतिअनुसार बालेनले निर्वाचनमा भाग लिनुपर्ने छ । तर, निर्वाचनमा भाग लिनका लागि उनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुपर्ने हुन्छ ।

त्यसका लागि उनले ६ गते नै वा त्यो भन्दा अघि राजीनामा दिइसक्नुपर्ने निर्वाचन आयोगका अधिकारीले बताएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताअगाडि स्थानीय तह वा प्रदेश तहको जनप्रतिनिधि हो भने राजीनामा दिनुपर्ने कानुनी प्रावधान रहने भन्दै राजीनामा दिनुपर्ने बताएका छन् ।

त्यसो हुँदा उनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको कार्यवाहक नेतृत्व सम्हाल्नुपर्नेछ । अर्थात अब अगामी माघ पहिलो हप्ताबाट काठमाडौं महानगरपालिकाको कमाण्ड उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने छिन् ।

सुनिता कार्यवाहक मेयर भएर महानगरको नेतृत्वमा आउने भएकी हुन् । बालेनले भने राजीनामा ५ गते वा ६ गते नै दिएर मनोनयन दर्ता गर्नुपर्नेछ । अर्थात अब उनीसंग काठमाडौं महानगरपालिकाको मेयर पद दुई सातामात्रै छ ।

मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरको सबै प्रक्रिया पु¥याएर बालेनले दुई साताभित्रमा राजीनामा दिने बताए । “उचित समय आएपछि मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ । महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साता÷१५ दिनभित्रै राजीनामा गर्नुहुन्छ,” उनले भने ।

कानूनत एक वर्ष भन्दा बढी समय कार्यकाल बाँकी रहदै मेय उपमेयरकोदि रिक्त भए उपनिर्वाचन हुने प्रावधान छ । यद्यपि यो सरकारमा भर पर्नेछ । यता काठमाडौंको मेयरको कुर्सीमा अब बालेनको ठाउँमा आफू बस्ने रवि लामिछानेका दाजु हरिशरण लामिछानेले आशा गरेका छन् ।

उनले काठमाडौँ महानगरपालिकाको भावी मेयरमा आफ्नो दाबी रहने सङ्केत गरेका छन् । उनले काठमाडौँ महानगरमा आफ्नो स्वतन्त्र उम्मेदवारी रहने सम्भावना रहेको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन– ’दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ’स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’

रवि र बालेनको यो एकतालाई लिएर एकथरीले खुसी र आशा व्यक्त गरिरहेका छन् भने अर्काथरीले आशंका र षडयन्त्र भन्दै विरोध गरिरहेका छन् । विरोध गर्नेमा सबैभन्दा अघि नेकपा एमाले देखिएको छ ।

उसले बालेन र रवि मिल्दा देश अब युक्रेन बन्नेसम्मको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले रवि र बालेनबीचको सहमतिलाई लिएर यस्तै टिप्पणी गरेका छन् ।

उनले भदौ २३ र २४ गतेको घटनाको योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको भन्दै कटाक्ष छन् । आजै एमाले महासचिव पोखरेलको उक्त प्रतिक्रिया आएको हो ।

“भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो । त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो,“ पोखरेलले फेसबुकमा लेखेका छन्, “यी विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै छ ।“

पोखरेलले भदौ २३ र २४ को घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण भएको पनि दाबी गरेका छन् । अनि दोस्रो चरणको तयारी सुरु भएको उल्लेख गरेका छन् ।

“भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो,“ पोखरेलले फेसबुकमा लेखेका छन्, “अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदै छ ।“

उनले यस्तो ’गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक’ रहेको पनि उल्लेख गरेका छन् । “नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ,“ उनले लेखेका छन् ।

शंकरले यस्तो टिप्पणी गरिरहँदा उनकै उपमहासचिव योगेश भट्टराईले भने आफ्नो पार्टी र नेतृत्व नै सुध्रिन आवस्यक रहेको बताएका छन् । रास्वपा र बालेनबीचको एकताले चुनौति बढेको टिप्पणी गरेका उनले त्यसको सामना गर्न आफूहरु नै सच्चिनु पर्ने जनाएका छन् ।

रवि र बालेनबीच एकताको सहमति भएपछि रामाजिक सञ्जालमा उनले चुनौति बढेको टिप्पणी गरेका हुन् । ‘बाह्यय चुनौति बढिरहेको छ । जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक एकता बलियो बनाऔँ। राष्ट्र र जनताका एजेण्डा बोकौँ। बिगतका कमजोरीप्रति आत्मालोचित होऔँ। विनम्र बनौँ। कार्यशैली सुधार गरौँ।’

भट्टराई एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली इतरको खेमाबाट उपमहासचिवमा विजयी भएका नेता हुन् । जेनजी आन्दोलनपछि उनले एमालेको अबको नेतृत्व केपी ओलीबाट हुन नसक्ने अभिव्यक्ति दिँदै आएका थिए।

ओलीले आफ्ना कमिकमजोरीप्रति क्षमायाचना नगरेको भन्दै उनले ओलीको तीव्र आलोचना गर्दै आएका छन् । यता एमालेमा सचिव महेश बस्नेतले भने रास्वपासँग मिलेपछि बालेनमाथिको आकर्षण घट्ने टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ। “काम गर्ने कालू, मकै खाने भालु” जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनता संगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै छ। भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए। त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन्। यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो।

उनले थप लेखेका छन्, अबको चुनावको मुख्य प्रश्न , सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने? जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ। समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो। नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top